नेपाल टेलिकम आज (बिहिबार) देखि ११ बर्षमा प्रवेश गरेको छ। निजी क्षेत्रको सेवा प्रदायक कम्पनीसँग प्रतिस्पर्धा गरिरहेको टेलिकमले पछिल्लो पटक आफ्नो बजार हिस्सा बढाउँदै लगेको छ। नाफा र बजार हिस्सा बढाएपनि गुणस्तरमा उपभोक्ताको सधै गुनासो गर्छन। नागरिकका प्रकटकुमार शिशिरले टेलिकमको गुणस्तर र आगामी योजनाका विषयमा कम्पनीका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यसँग गरेको कुराकानी:टेलिकम ११ बर्षमा प्रवेश गरेको छ कम्पनीको सुचाङ्कमा भन्नु पर्दा कस्तो छ अवस्था?
हामी ११ बर्षको दौरानमा रहेका छौं। यो ११ बर्षमा हाम्रो ग्राहक २६ गुणाले बढेका छन्। हामीले सरकारलाई २० अर्बभन्दा बढि राजश्व तिर्दै आइरहेका छौं। ठूलो कर तिर्ने कम्पनीमा पर्दा हामी गर्व गरिरहेका छौं। एक बर्षको अवधिमा झन्डै ४० अर्ब बराबरको कारोबार भएको छ। अघिल्लो आर्थिक बर्षमा ११ अर्ब ५५ करोड खुद नाफा गरेको थियो। अहिले नाफाको ग्राफलाई उकालो लैजान तयारीमा छौं।
डाटामा बजार हिस्सा बढाउँदै लगेका छौं। ५५ प्रतिशत बजार हिस्सा नेपाल टेलिकमको रहेको छ। अब भ्याइस सेवाको बजार हिस्सा बढाउन आक्रमक रुपमा आँउदै छौं।
अब सेवाग्राहीको साझा प्रश्न सुरु गरौं। टेलिकमको गुणस्तर कहिलेसम्म सुधार हुन्छ?
कम्पनीले सेवाग्राहीहरुको भावनालाई आत्मसाथ गर्दै क्रमिक रुपमा सेवाको स्तरोन्नति गर्दै गईरहेको छ। आज राम्रो भएको सेवा भोलिका दिनमा स्तर ह्रास हुन सक्छ। गुणस्तरलाई धेरै कुराले प्रभाव पार्ने हुंदा गुणस्तर क्रमिक रुपमा सुधार भयो भनेर ढुक्क बस्ने अवस्था हुदैन। हामीले पुरानो सिष्टमलार्ई एक करोड लाइन क्षमताको सिष्टममा प्रतिस्थापन गर्ने क्रम जारी रहेको र काठमाण्डौंमा थप नयां उपकरणहरु जडानकै क्रममा रहेकाले सो पश्चात गुणस्तरमा अनुभूतिजन्य सुधार हुने अपेक्षा गरिएको छ।
जहिले टेलिकम र नेतृत्वले गुणस्तर सुधार्न लागिपरेको भनिरहेका हुन्छन तर वास्तविक रुपमा सुधारको अनुभूति उपभोक्ताले गर्न पाइरहेका छैनन् नी?
स्तरीय सेवा प्रवाहको सुनिश्चितता गर्दै सेवाग्राहीले तिरेको मूल्यको सन्ुतष्टि दिलाउने तर्फ हामी पूर्ण रुपमा सचेत र संवदेनशील छौं। हाम्रो उपस्थिति स्तरीय सेवा प्रवाह र सेवाग्राहीको सन्तुष्टि भन्ने मूल मान्यताबाट हाम्रा गतिविधि हरु निर्देशित हुनेछन्। जहाँसम्म गुणस्तर सुधारको कुरा छ मैले अगाडि पनि निबेदन गरिसके गुणस्तर भन्ने कुरा अचानक हुने विषय होइन गुणस्तर भन्ने विषय सापेक्ष हुन्छ। यही सन्दर्भलाई हेर्दा हाम्रो भूबनौट, शहरीकरणको अवस्था, भौतिक विकास एवं निर्माण कार्य, सेवा सञ्चालनको लागि आवश्यक पूर्वाधारजन्य स्रोत, ऊर्जा आपूर्ति जस्ता कुराहरुबाट गुणस्तर प्रभावित हुन्छ। यस्तै सेवाग्राहीले प्रयोग गर्ने डिभाइस, सेवाग्रही वस्ने स्थल वा कार्यस्थल, सेवाग्राहीहरुको आवादी देखि कम्पनीले विस्तार गरेको नेटवर्क, पूर्व्ााधार एवं जडान गरेको उपकरण सवैको समष्टिगत परिणाम गुणस्तरमा प्रतिविम्बित हुने हुँदा गुणस्तर सुधारको लागि समस्या भएका स्थानको पहिचान, उक्त स्थानमा समस्या आउनुको कारण र सुधारका सम्भावना र विकल्पहरुको योजनावद्ध ढंगबाट पहिचान गरी सेवाहरुको विस्तार एवं नियमित मर्मत संभार तर्फ ध्यान दिइनेछ।
जस्तो काठमाडौ उपत्यकामा हाल भइरहेको भौतिक निर्माणका क्रममा कम्पनीका संरचना एवं पूर्वाधारमा भएको क्षतिले हामिलाई सेवा नियमित तुल्याउन र गुणस्तर कायम राख्न चुनौती श्रृजना गरेको छ जसको लागि सरोकारावाला निकायसंग समन्वय गरी क्षति न्यूनीकरणको लागि प्रयास एवं क्षति भइसकेको हकमा सकेसम्म छिटो मर्मतको प्रयास गरिएको छ।
त्यस्तै मोवाइल सेवाको गुणस्तर सुधारकोलागि रेडियो नेटवर्क प्लानिङ गरी रेडियो सिग्नल कमजोर भएको स्थानमा, बढी सेवाग्राहीको आवादी भएको स्थान, सार्वजनिक रुपमा जमघट हुने स्थानमा द्यत्क् उपकरणहरुको संख्याका साथै क्षमता विस्तार, हिउँदको समयमा हुने ऊर्जा संकट संगै वैकल्पिक उपायको लागि नविकरणीय उर्जालगायतका विकल्पको प्रबन्ध मिलाउंदै जाने योजना छ। सेवाग्राहीको समस्यालाई सुनी समाधान गर्न उपभोक्ता सम्पर्क केन्द्रको उपकरण जडान भई सञ्चालनको क्रममा रहेको छ त्यस्तै एडिएसल, थि्रजी सेवाको बढ्दो प्रयोगसँग अन्तर्राष्ट्रिय हबसँग आबद्धताको लागि आवश्यक ब्यान्डविथ थप गर्ने तर्फ आवश्यक प्रक्रिया अगाडि बढीसकेको छ।
नियमन निकाय दुरसञ्चार प्राधिकरणका अध्यक्षले पनि टेलिकमले खराब गुणस्तरबाट लाभ लिइरहेको आरोप पनि लगाउनु भयो नी?
सेवाको अनुगमन गर्ने सर्वसाधारणलाई गुणस्तरीय सेवा उपभोगको वातावरण श्रृजना गराउने दायित्व प्रचलित कानूनले नेपाल दूरसंचार प्राधिकरणलाई दिएको अवस्थामा अध्यक्षज्यूबाट अभिव्यक्त चासोले हामीलाई हाम्रो व्यवसायमा ध्यानाकर्षण गराएको छ। दूरसंचार प्राधिकरणले निर्दिष्ट गरेको सीमा भित्र रहेर कम्पनीको सेवा प्रभाव गर्दै आई रहेको र आगामी दिनमा समेत निरन्तर रहने छ । प्रतिस्पर्धात्मक वजार प्रणालीमा हामीले सेवाग्राहीको भावना र मर्म बुझ्न नसक्दा आफ्नो वजार हिस्सा गुमाउने हो। सेवाग्राहीलाई सेवा छनौटको अवसर उपलब्ध भई सेवाग्राही स्वतन्त्र रहेको अवस्थामा हामीले आफ्ना प्रभुत्व कायम राख्न सेवाको स्तरोन्नतिको विकल्प छैन। हाम्रा सेवाग्राही र शुभचिन्तकहरुबाट अभिव्यक्त चासोलाई हामीले मार्गदर्शनको रुपमा ग्रहण गर्दै जाने छौं।
टेलिकममा धेरै योजना बन्छन तर कार्यान्वयन भएनन्। तपाईले यसअघि पनि नागरिकलाई धेरै योजना भन्नु भएको थियो। केहि प्रगती भएका छन त?
कम्पनीले बनाएका योजनाहरु केही कार्यान्वयनको चरणमा केही प्रारम्भिक अवस्थमा र केही अध्ययनको चरणमा रहेका छन्। प्रविधिसंग सम्बन्धित योजनाहरु विद्यमान प्रणाली र भविष्यमा आउने नयां प्रविधि बिच तादाम्यता मिलाउनु पर्ने अवस्था भएकोले परिणाम हासिल गर्न केही समय लाग्न जान्छ। स्वभाविक रुपमा प्रविधि र प्रणालीको अध्ययन गरी उपयुक्तताको आधारमा आापूर्ति प्रकृया प्रारम्भ गर्नु पर्ने, आपुर्ति प्रकृयाको लागि प्रचलित नीति नियम परिधि भित्र रहनु पर्दा क्षणिक रुपमा परिणाम खोज्नु हतारो हुन सक्छ। १ करोड लाइन क्षमताको योजनालाई निर्धारित लक्ष्य अनुरुप कार्यान्वयनको प्रयास भएको छ। पूर्वाधार युक्त उपकरण जडान भई रहेका छन््। फलतः दुर्गम क्षेत्रहरुमा सेवाको पहुच विस्तार भएको छ। हालसम्म ६६ जिल्लामा थि्रजी सेवाको पहँुच पुगिसकेको छ।
संस्थागत सुधार तर्फ माथिल्लो तहमा निश्चित अवधि सेवा गरे पश्चात स्वतः अवकास हुने व्यवस्था मिलाईएकोछ। कम्पनीमा प्रबन्ध निर्देशकको पदमा नेपाल सरकारबाट नियुक्त भएको कम्पनीको कर्मचारी प्रबन्ध निर्देशक पदबाट मुक्त हुंदा स्वतः लागू हुने व्यवस्था लागू गरिएको छ।
संगठनात्मक संरचना परिवर्तन र स्वेच्छिक अवकास योजना ल्याउने सम्बन्धमा विज्ञहरु सहितको कार्यदलबाट अध्ययन भैरहेको छ। सेवा विस्तारतर्फ पनि कम्पनीले वार्षिक कार्यक्रम र योजनामा प्रस्तावित योजनाहरु प्रकृयामा गई सकेका छन्।
टेलिकमको अबको योजना के छ?
कम्पनीको महत्वाकांक्षी योजनाको रुपमा रहेको एक करोड लाईन क्षमताको योजनाको बाँकी कार्यहरु सम्झौताको अवधि भित्र नै सम्पन्न गराई सेवाको पहुंच सवै क्षेत्रमा विस्तार गरिनेछ। टिडिएम स्विचलाई आइपीमा आधारित स्विचमा प्रतिस्थापन गरिनेछ। दुर्गम क्षेत्रहरुमा सेवाको पहुँच सहज बनाउन ट्रान्समिसन लिंकलाई भरपर्दो गराई स्तरिय सेवा प्रवाहको प्रबन्ध मिलाईनेछ। अप्टिकल फाइबरको नेटवर्कलाई डाटा सेवाको पहुँच विस्तार गर्ने र फाइबर टु द होमलाई समेत विस्तार गर्ने योजना रहेको छ। यसै गरी मर्मत सम्भार कार्य चुस्त बनाई गुणस्तरमा अभिवृद्धि गर्न डाटा सेन्टर र नेटवर्क अपरेसन सेन्टर स्थापना गर्ने योजना रहेको छ।
तपाईहरुको डाटाको बजार बढिरहेको तथ्याँकले देखाउँछ भ्वाइस सेवाका लागि बजार हिस्सा बढाउन योजना बनाउनुभएको छ?
कम्पनीले आफ्नो वजार हिस्सा अभिवृद्धि गराउनुका साथै त्यसलाई कायम राख्ने पनि नीति लिएको छ। सेवाको स्तरोन्नति गरी विद्यमान ग्राहकलाई कायम गराउने र सेवाको विविधिकरण गरी ग्राहक आधार वृद्धि गरिने नीति अख्तियारी गरिएको छ। चालू आर्थिकमा करिव २२ लाख ५० हजार ग्राहक आधार विस्तार गर्ने लक्ष्य राखिएकोमा लक्ष्य अनुरुप प्रगति समेत हासिल रहेको छ। आगामी बजारको सम्भावना डाटा सेवा नै भएको र प्रति ग्राहक औषत आय समेत डाटा सेवा तर्फ बढी हुने र डाटाबाट नै भ्वाइस सेवा समेत चलाउन सकिने भएकाले भ्वाइस अभिवृद्धि भन्दा डाटा नै हाम्रो प्राथमिकता रहनेछ।
टेलिकम फोरजीमा जानका लागि अध्ययन समिती बनाएको थियो। अहिले यसका विषयमा के भैरहेको छ?
निश्चित रुपमा कम्पनीले नयाँ प्रविधि र सेवा अवलम्वन गर्नु पर्ने आवश्यकता हुन्छ नै। यसरी नयां प्रविधि र प्रणाली ल्याउदा भई रहेको प्रणालीलाई समेत मध्यनजर गरी नयां प्रविधि ल्याउनु पर्ने भएकोले फोरजी ल्याउने सम्बन्धमा अध्ययन अझै पनि जारी छ।
टेलिकम भित्र विसंगती छ पनि भनिन्छ, तपाईले टेलिकमको प्रविधि र जनशक्तिको पनि अडिट हुन्छ भन्नु भएको थियो। काम सुरु भयो त?
कम्पनीको संरचना धेरै समय देखि यथावत रहेको छ। पुरानो प्रविधि र उपकरण बिशेषगरी केवल नेटबर्कको अवस्थाको संरचनामा सुधार भएको छैन। प्रविधिको परिवर्तन संगै कम्पनीको जनशक्ति लगायत प्राविधिक पक्षको पनि समसामयिकरुपमा अध्ययन गर्न आवश्यक हुन्छ। कम्पनी व्यवसायिक भई सकेको अवस्थामा लाभ र लागतको तुलनात्मक अध्ययन जरुरी छ। न्युनतम खर्चमा अधिकतम लाभ हासिल गर्ने गरी हामीले हाम्रा श्रोत साधनको व्यवस्थापनमा ध्यान दिनु पर्दछ। यसै मान्यतामा रहेर प्राविधिक तर्फ र जनशक्तिको तर्फको पनि परिक्षण गराउने सम्बन्धमा गृहकार्यमा लागेका छौं।
रणनीतिक साझेदारीका विषयमा टेलिकमले नचाहेको हो या मन्त्रालयले काम नगरेको हो। किन प्रक्रिया अगाडी बढेको छैन?
रणनीतिक साझेदारी कम्पनी, सरकार, कर्मचारी सवैको आवश्यकता हो। प्रतिस्पर्धात्मक वातावरणमा हाम्रो निर्णय प्रणालीलाई प्रभावकारी गराउन र स्वतन्त्र व्यवस्थापकीय संरचनाको लागि रणनीतिक साझेदार आवश्यक भएको कुरामा दुई मत छैन। यससम्बन्धी कार्वाही भई रहेको र यसको उपलब्धि हासिल गर्न हामी आतुर छौं। नेपाल सरकारबाट पनि यस तर्फ विशेष प्राथमिकता दिएको छ।
टेलिकमले पूर्वाधारका लागि कति लगानी गर्दै छ?
दूरसंचार प्रविधिसंग सम्बन्धित व्यवसाय अन्य पक्षसंग अन्तरसम्बन्धित हुन्छ। हाल पूर्वाधार सेयरिङ जस्ता विषयहरु बहसमा रहेका छन्। निष्त्रि्कय पूर्वाधार उपकरणहरुमा समान प्रकृतिको सेवा प्रदायक बिच सहकार्य हुन सके लागतमा न्यूनिकरण गर्न सकिन्छ। कम्पनीले आफ्नो बजेट बनाएर काम गर्ने हो। हामी बजेट अनुसार नै काम गरिरहेका छौं। प्रतिस्पर्धात्मक वातावरणले सेवा प्रदायकलाई लागत कम गराउन दवाव दिइ रहेको अवस्था भएकाले यस सम्बन्धमा कम्पनीबाट अध्ययन जारी राखिएको छ र सेवाग्राही प्रतिको दायित्व निर्वाहको क्रममा आवश्यक अवस्थामा कम्पनीले पर्याप्त रुपमा लगानी गर्न तयार रहेको छ। कम्पनीले लगानी गर्दा प्रतिफलको समेत सुरक्षण तर्फ ध्यान दिइनेछ। कम्पनीको आर्थिक पक्ष सवल र सुदृढ रहेको छ। प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्ने विषयमा कम्पनीले सकुचित हुनु पर्ने अवस्था छैन।
टेलिकम ११ औं बार्षिकोत्सवमा प्रवेश गरेको छ कम्पनीलाई बधाई, बार्षिकोत्सवको अवसरमा उपभोक्ताले केहि खुशीको खबर सुन्न पाउँछन त?
कम्पनीको वार्षिकोत्सवको अवसरमा हाम्रो खुशी र सुखमा सेवाग्राहीलाई पनि सहभागी गराउनु पर्छ भन्ने मान्यता प्रति हामी दृढ छौं। आजको कम्पनीको सफलताको प्रेरणा र जग नै हाम्रा आदरणीय सेवाग्राहीहरु भएको परिप्रेक्ष्यमा कम्पनीको लाभको हिस्सा हाम्रो सेवाग्राहीहरु नै भएकाले सेवाको महसुल एवं उपयोगमा छुट अवसर उपलब्ध गराउने छौं।