काठमाडौं-इन्टरनेट सेवा प्रदायक तीनवटा कम्पनीले इन्टरनेट प्रोटोकल टेलिभिजन (आइपी टिभी) सञ्चालन गर्ने तयारी थालेका छन्। नेपालमा पहिलोपटक यस्तो सेवा सुरु गर्न लागिएको हो।
आइपी टिभी सञ्चालनका लागि इन्टरनेट सेवा प्रदायक कम्पनीले क्यान इन्फोटेकमा समेत टिभी प्रदर्शनी गरेका थिए। सुबिसु, वर्ल्डलिंक र भायनेटले आइपी टिभीको जानकारी दिन इन्फोटेकमा प्रदर्शनी गरेका थिए।सञ्चालनमा आउन लागेको नेट टिभी ब्रान्डमा दुई कम्पनी वर्ल्डलिंक र भायनेटले सेवा दिने तयारी गरेका छन्। नेट टिभीका म्यानेजर कृष्ण अधिकारीले दुई कम्पनीसँग समन्वय गरेर नेट टिभी ब्रान्डमा आइपी टिभी सञ्चालन गर्ने लागिएको बताए। ‘उपभोक्ताले अबदेखि इन्टरनेटको माध्यमबाट टेलिभिजन हेर्न सक्छन्,' उनले भने। परम्परागत प्रसारण, सेटलाइट सिग्नल वा केबल टेलिभिजनभन्दा फरक रुपमा आइपी टेलिभिजन आउने उनले बताए।
आइपी टिभी सञ्चालनका लागि सूचना तथा सञ्चार मन्त्रालयमा निवेदन दिइसकेको उनले बताए। ‘लाइसेन्स प्राप्त हुनासाथ सेवा सुरु हुन्छ,' उनले भने।
आइपी टिभी सञ्चालनका लागि उपभोक्ताले एन्ड्रोइड बक्स जडान गर्नुपर्ने हुन्छ। कम्पनीले दिने बक्समा इन्टरनेट २ एमबिपिएस स्पिडमा चल्ने जनाइएको छ।
वर्ल्डलिंकका बिक्री अधिकृत महेश्वर थापाले कम्पनीले आइपी टिभी सञ्चालनका लागि अन्तिम तयारी गरेको बताए। ‘हामीले दिने सेवाबाट उच्च गतिको इन्टरनेट, आइपी टिभी र एउटै केबलको माध्यमबाट भ्वाइस सेवा हुन्छ,' उनले भने।
आइपी टिभीमा मुख्य तीन विशेषता हुनेछन्। लाइभ टिभी यसमा उपभोक्ताले टिभी हेरेकै समयमा देख्नेछन्। अर्काे रेकर्ड वा क्लाउड सिस्टममा राखेर पछि पुनः प्रसारणमा हेर्ने र अर्काे भिडियो अन डिमान्ड यसमा सेवा प्रदायकले भिडियोलाई क्लाउड डाटाबेसमा राख्ने छन् र उपभोक्ताले त्यो अप्सन प्रयोग गरेर हेर्न सक्छन्।
‘हामीले आइपी टिभीमा भिडियो अन डिमान्ड समेत राख्नेछौं र त्यसमा कार्टुन, फिल्म र गीतलगायत हुनेछन्,' थापाले भने।
दुई कम्पनी वर्ल्डलिंक र भायनेटले संयुक्त रुपमा एउटै कम्पनीको आइपी टिभी सञ्चालन गर्ने भए पनि अफर र स्किम फरक हुन सक्ने कम्पनीहरुले जनाएका छन्। अर्काे सेवा प्रदायक सुबिसुले भने आफैं सेवा सञ्चालन गर्नेछ।
सुबिसु केबल प्रालीका अध्यक्ष सुधिर पराजुलीले कम्पनी प्राविधिक रुपमा सेवा सञ्चालन गर्न तयार रहेको बताए। ‘हामी सबै कुरामा तयार छौं, प्राविधिक र कन्टेन्ट दुवैमा तयारी अवस्थामा छौं,' उनले भने, ‘आगामी वैशाखदेखि हाम्रो सेवा सञ्चालन हुन्छ।'
भायनेटका प्रवर्द्धन तथा बजार प्रबन्धक अजिज श्रेष्ठले सो कमपनीको सेवा वर्ल्डलिंकको भन्दा फरक हुने बताए। कम्पनी आइपी टिभीको प्रवर्द्धनमा लागिरहेको र चाँडै नै अफरको प्याकेजसहित आउने उनले बताए।
सूचना तथा सञ्चार मन्त्रालयले आइपी टिभी दर्ताका लागि ५ हजार, प्रत्येक च्यानलको लाइसेन्सका लागि २५ हजार रुपैयाँ शुल्क लिने जनाएको छ। त्यस्तै नवीकरणका लागि प्रत्येक वर्ष लाइसेन्स शुल्कको १० प्रतिशत लिनेछ।
मन्त्रालयका उपसचिव अनुप नेपालले हालसम्म आइपी टिभी सञ्चालनका लागि दुई कम्पनीले लाइसेन्स लिएको बताए। ओरियन्ट र सुबिसुले लाइसेन्स लिएका छन् भने नेट टिभी लाइसेन्स लिने प्रक्रियामा रहेको उनले बताए।
लाइसेन्स १८ महिना अवधिको रहने हुनाले ओरियन्टले लिएको लाइसेन्सको अवधि समाप्त भइसकेको नेपालले जानकारी दिए। लाइसेन्स लिएर सेवा सुरु नगरेपछि ओरियन्टको लाइसेन्स अवधि समाप्त भएको उनले बताए।
मन्त्रालयका अनुसार सुबिसुले अहिले १५ वटा च्यानलको लाइसेन्स लिएको छ। नेट टिभीले १८ वटा च्यानलको लागि आवेदन दिएको छ। सुबिसुले सेवा सञ्चालनसम्ममा च्यानल थप गर्ने जनाएको छ। कम्पनीहरुले ग्राहकसँग लिने शुल्क सेवा सञ्चालनपछि तोक्ने जनाएका छन्।