काठमाडौं-राष्ट्रिय योजना आयोगले आगामी वर्षको बजेटका लागि करिब ७ खर्ब रुपैयाँ बराबरको सिलिङ तोक्ने भएको छ। चालु आवको भन्दा झन्डै १३ प्रतिशत आकार बढाएर बजेट ल्याउने आयोगको तयारी छ।यो वर्षको बजेट ६ खर्ब १८ अर्ब रुपैयाँको थियो। आउने वर्ष जलविद्युत, पूर्वाधार निर्माण र कृषि क्षेत्रमा महŒवका योजना थपेर बजेट ल्याइने आयोग सदस्य चन्द्रमणि अधिकारीले बुधबार नागरिकलाई बताए। ‘आयोगले यसै साता सबै मन्त्रालयलाई बजेट सीमा पठाउने गरी अन्तिम छलफल गरिरहेको छ,' उनले भने।
आगामी वर्षका लागि ७ खर्ब रुपैयाँको बन्दोवस्त गर्न सरकारले पाँच खर्ब राजस्व संकलन गर्ने प्रक्षेपण गरेको छ। वैदेशिक ऋण तथा अनुदान करिब एक खर्ब ५० अर्ब रुपैयाँ आउने र ५० अर्ब रुपैयाँ हाराहारी आन्तरिक ऋण उठाउने योजना तय भएको अधिकारीले जानकारी दिए।
राजस्व आम्दानी पाँच खर्ब रुपैयाँ अनुमान गरिए पनि त्यसमा घटबढ हुन सक्ने आयोगको विश्लेषण छ। दक्षिण एसियाली खुला व्यापार सम्झौता (साफ्टा) अनुसार सन् २०१८ सम्म अतिकम विकसित देशले भन्सार दर शून्यदेखि पाँच प्रातिशत कायम गर्नुपर्ने छ। विश्व व्यापार संगठन (डब्लुटिओ) प्रावधान अनुसार पनि यो दर घटाउँदै लैजानुपर्छ।
नेपालको दुई तिहाइ व्यापार भारतसँग छ। भन्सार दर घटाउँदा मूल्य अभिवृद्धि करमा समेत असर गर्ने र राजस्व आम्दानी घट्न सक्ने आधिकारीको तर्क छ। तर पुँजीगत खर्च बढ्यो भने निर्माण सामग्रीको आयात बढेर राजस्वको दायरा फराकिलो हुने उनले बताए।
आयोगले आगामी वर्ष साढे ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ। राजनीतिक अस्थिरता रहिरहे पनि ६ प्रतिशतको वृद्धिदर सजिलै हासिल गर्न सकिने आयोगको विश्लेषण छ। राजनीतिक तरलता र लगानीयोग्य वातावरण अस्थिर भएकाले मूल्यवृद्धि चालु वर्षकै हाराहारी (करिब ८ प्रतिशत) रहने प्रक्षेपण गरेको छ।
यो वर्ष आर्थिक वृद्धिदरको लक्ष्य ६ प्रतिशत राखिएको थियो। तर हालसम्म विकास निर्माण तथा पुँजीगत खर्चको प्रगतिको आधारमा नेपाल राष्ट्र बैंकले वृद्धिदर साढे पाँच प्रतिशतभन्दा माथि नजाने विश्लेषण गरेको छ।
सरकारले यो वर्ष चार खर्ब २२ अर्ब रुपैयाँ राजस्व र करिब एक खर्ब २६ अर्ब रुपैयाँ वैदेशिक सहयोग उठाउने लक्ष्य राखेको छ। राजस्व आम्दानी शतप्रतिशत नै हुने भए पनि विकास खर्च न्यून भएकाले लक्षित वैदेशिक सहयोग नआउने अधिकारीले बताए।
सात खर्ब रुपैयाँको सिलिङ तोक्ने तयारी भए पनि राष्ट्रिय महŒवका कार्यक्रम आए र राजनीतिमा फेरबदल भए २–३ प्रतिशत थपिन सक्ने छ। आयोगले हरेक वर्ष पुस मसान्तभित्र आउने आर्थिक वर्षको सिलिङ तोकिसक्नुपर्छ। बजेट तथा कार्यक्रमबारे विकासे मन्त्रालयसँग थप छलफल गर्नुपर्ने भएकाले सिलिङ तोक्न ढिला भएको उनले बताए।
राजनीतिक अस्थिरता र मन्त्रालयले प्रारम्भिक कार्यक्रम पठाउन ढिला गरेकाले गत वर्ष पनि फागुन पहिलो साता सिलिङ तोकिएको थियो। बजेट तथा कार्यक्रम मन्त्रालयले नै कार्यान्वयन गर्ने हुँदा छलफल नगरी सिलिङ तोक्दा कार्यान्वयनमा समस्या देखिने आयोग अधिकारी बताउँछन्।
चालु वर्षको ६ खर्ब १८ अर्ब रुपैयाँमध्ये ५ खर्ब ५८ अर्ब रुपैयाँ (करिब ८८ प्रतिशत) खर्च हुने आयोगको अनुमान छ। यो कुल विनियोजित बजेटभन्दा ८८ अर्ब रुपैयाँ कम हो। ‘खर्च गर्ने क्षमता नबढाई बजेटको आकारमा मात्र बढाउँदा विकास देखिँदैन,' अधिकारीले भने, ‘आगामी वर्ष पुँजीगत बजेट बढाउने कार्यक्रम आउनेछन् यसले यसले चालु खर्चसमेत तान्छ।'
कुल गार्हस्थ उत्पादन, मूल्यवृद्धि र हालसम्मको खर्चको आधारमा अर्को वर्षको आकार, आम्दानी र खर्च प्रक्षेपण गरिएको उनले बताए। निजी क्षेत्रलाई सहभागी गराउने छुट्टै कार्ययोजना ल्याउन निर्देशन दिने र विकास खर्च बढाउन अनुमगन तथा मूल्यांकन चुस्त बनाउने गरी बजेट तथा कार्यक्रम ल्याउने आयोगको तयारी छ।
राष्ट्रिय गौरवका आयोजना समयमै निर्माण गर्न छुट्टै अनुमगन टोली गठन गरिने छ। आयोगमा कार्यक्रम स्वीकृत गर्न समय लाग्ने हुँदा खर्च कम हुने मन्त्रालयको औपचारिक तर्क आगामी वर्षदेखि दोहोरिने छैन। आयोगले अब कार्यक्रम स्वीकृत गर्न आउनै नपर्ने रणनीति बनाएको छ।
विकासमा निजी क्षेत्रको भूमिका किटान गर्न निर्देशन दिँदै आयोगले हरेक मन्त्रालयसँग उनीहरुलाई सहभागी गराउने वा सहजीकरण गर्ने योजनासमेत समावेश गर्न आग्रह गरेको छ। ‘कुल गार्हस्थ उत्पादनमा ठूलो हिस्सा ओगट्ने निजी क्षेत्रको सहभागिता प्राथमिकतामा राखिने छ, सरकारले त सहजीकरण गर्ने हो,' अधिकारीले भने।
खर्चको क्षमता विकास नगरी ठूलो अंकको सिलिङ तोक्दा जथाभावी योजना तथा कार्यक्रम आउने पनि आयोग अधिकारीको भनाइ छ। वैदेशिक सहायता अधिकांश पुँजीगत खर्चमा जान्छ।
अहिलेसम्म वैदेशिक सहयोगको खर्च अवस्था निराशाजनक रहेको सदस्य अधिकारीले बताए। चालु वर्षमा एक खर्ब १७ अर्ब रुपैयाँ पुँजीगत खर्च तोकिएकोमा ४५ प्रतिशतभन्दा बढी खर्च नहुने अर्थ मन्त्रालयले विश्लेषण गरेको छ।
सरकारले गत वर्ष करिब ५२ अर्ब रुपैयाँ स्वदेशी ऋण उठाउने लक्ष्य राखेको थियो। सरकारको ढुकुटीमा पर्याप्त तरलता भएकाले अहिलेसम्म यो उठाइएको छैन। स्वदेशी ऋण कुल ग्रार्हस्थ उत्पादनको २८ प्रतिशतमा झरिसकेको आयोगले जानकारी दियो। यस्तो ऋण शतप्रतिशतसम्म पुगे पनि आपत्ति नहुने आयोग अधिकारीको धारणा छ।