राजमार्ग चार लेन बन्ने
२४ माघ २०७१
•
६ मिनेट पाठ
राजमार्ग चार लेन बन्ने
काठमाडौं-साबिकका राजमार्गले बढ्दो सवारी चाप धान्न नसक्ने अवस्था आइरहँदा सरकारले पूर्व–पश्चिम र यसमा जोडिने सबै सहायक राजमार्ग चार लेनमा विस्तार गर्ने भएको छ। साँघुरा सडकका कारण सवारी दुर्घटनासमेत बढ्न थालेपछि राजमार्ग चार लेनमा विस्तार गरिने भएको हो।मुख्य तथा पूर्व–पश्चिम राजमार्गमा सवारीको चाप दुई गुणा बढे पनि लामो समयदेखि सरकारले सामान्य मर्मत सम्भारबाहेक सडक विस्तार गरेको छैन। राजमार्ग विस्तारको योजनाअनुसार सडक विभागले पूर्व–पश्चिम राजमार्ग काँकडभिट्टा–बुटवल खण्डको काम प्राथमिकताका साथ अगाडि बढाउने तयारी गरेको विभागका महानिर्देशक माधवकुमार कार्कीले बताए।
‘पूर्वमा सवारीको चाप अत्यधिक बढिसकेको छ, त्यहीअनुसार सडक विस्तार तथा चौडा पारिएको छैन,' उनले नागरिकसँग भने, ‘पहिलो खण्डमा बुटवलसम्मको काम हुनेछ, झन्डै ६ सय किलोमिटरको बाटो र यसमा पर्ने साढे तीन सय पुल चार लेन बनाइनेछ।' ‘ठूलो परियोजना' बनाउन नेपाल सरकारको बजेटले ‘सम्भव नहुने हुँदा' आर्थिक सहयोगबारे विश्व बैंकसँग छलफल भइरहेको उनले जानकारी दिए।
‘नेपालमा काम गर्ने विश्व बैंकका विज्ञ सहयोग उपलब्ध गराउनेमा सकारात्मक छन्। बैंकको केन्द्रीय कार्यालयलाई स्रोत उपलब्ध गराइदिन भन्दै विभागले गत महिना पत्राचारसमेत गरेको छ। तर बैंकको केन्द्रीय कार्यालयबाट प्रतिक्रिया नआएको उनले बताए। भौतिक पूर्वाधार तथा यातायात र अर्थ मन्त्रालयले समेत बैंकसँग छलफल गरिरहेकाले केही महिनाभित्र सहयोगको प्रतिबद्धता आउने कार्कीले दाबी गरे।
पूर्व–पश्चिम राजमार्ग चार लेन बनाउन लगानीको स्रोत जुटेपछि बुटवल–कोहलपुर र कोहलपुर–महेन्द्रनगर तीन खण्ड गरी मुख्य राजमार्गको काम सक्ने भौतिक पूर्वाधार मन्त्रालयका अधिकारी बताउँछन्। ‘मुख्य राजमार्ग चार लेन बनेपछि सहायक राजमार्ग पनि सोही स्तरमा विस्तार गर्न जरुरी छ, ‘विभागका एक इन्जिनियरले भने। देशका मुख्य सहर तथा पहाडी क्षेत्रबाट मुख्य राजमार्ग जोड्ने सडकसमेत सवारी चापको अनुपातमा निकै साँघुरा भइसकेका छन्।
सडक विभागका अनुसार वीरगन्ज–पथलैया–नारायणगढ, नारायणगढ–मुग्लिन, मुग्लिन–काठमाडौं, मुग्लिन–पोखरा राजमार्ग चार लेन बनाउन अहिले अध्ययन भइरहेको छ। नारायणगढ–मुग्लिन खण्ड सडक बनाउन विश्व बैंकले आर्थिक सहयोग दिने प्रतिबद्धता जनाएको छ। यो खण्ड निर्माण गर्न ठेकेदार छान्ने अन्तिम काम भइरहेको विभागले जनाएको छ। लगानीका लागि भने विश्व बैंकसँग छलफल भइरहेको छ।
नारायणगढ–मुग्लिन खण्डसँगै विभागले मुग्लिन–पोखराको काम सुरु गर्ने योजना बनाएको छ। पोखरा देशकै तेस्ा्रो ठूलो सहर भएकाले यहाँ आन्तरिक तथा बाह्य पर्यटकको चाप बढदै गएको छ। अपेक्षितरुपमा सडक साँघुरो हुँदा मुग्लिनदेखि तनहुँको दमौलीसम्म बर्खामा बढी दुर्घटना हुने गरेको छ। दुर्घटना कम गर्न पनि सडक चौडा पार्ने योजना बनाइएको कार्कीले बताए। विभागले अबको करिब सात वर्षभित्र लक्षित राजमार्ग विस्तारको काम सक्ने लक्ष्य राखेको छ।
चार लेन सडक विस्तारसँगै भक्तपुर सूर्यविनायकदेखि धुलिखेल सडक तीन वर्षमा ६ लेनमा विस्तार गर्ने लक्ष्य राखिएको छ। काठमाडौंबाट बनेपा हुँदै पूर्व जाने सवारी बढेको र उक्त क्षेत्रका सडक अधिक साँघुरा भएकाले धुलिखेलदेखि चीनको खासासम्म चार लेन सडक विस्तारको काम अगाडि बढाइने भएको छ। चीनसँगको व्यापार बढ्दै गएको र ठूला मालवाहक ट्रक ओहोरदोहोर गर्ने हुँदा यस खण्डको विस्तार प्राथमिकतामा राखिएको उनले बताए। आवश्यक लगानीका लागि चीन सरकारसँग छलफल भइरहेको पनि विभागले जानकारी दिएको छ।
देशभर ठूला र रणनीतिक सडकलाई चार र ६ लेनमा विस्तार गर्ने गरी बृहत् योजना बनाउन लागेको महानिर्देशक कार्कीले बताए। उनका अनुसार हालसम्म विभागमा अध्ययन गरिएका र दाताले लगानी गर्नयोग्य परियोजनाको विस्तृत अध्ययन भएको छैन। योजनाले देशभर सम्भाव्य आयोजना छान्ने र यसको विस्तृत इन्जिनियरिङ अध्ययन (डिपिआर) तयार पार्नेछ। सोही योजनाका आधारमा सरकारसँग आवश्यक बजेट व्यवस्था गर्न आग्रह गरिनेछ। यस्तै ठूला परियोजनामा दातासँग सहयोगका लागि परामर्शसमेत अगाडि बढाइनेछ।


अर्को समाचार
बेलहिया–बुटवलमा अपाङ्गतामैत्री आकाशे पुल
०६ भदौ २०७६
•
२ मिनेट पाठ
बेलहिया–बुटवलमा अपाङ्गतामैत्री आकाशे पुल
लुम्बिनी- सिद्धार्थ राजमार्ग अन्तर्गतको बेलहियादेखि बुटवलसम्मको ६ लेन सडकमा नौ वटा आकाशे पुल निर्माण सम्पन्न भइसकेका छन् भने बाँकी ११ वटा बन्ने क्रममा छन्।     




साँढे २७ किलोमिटरको उक्त क्षेत्रलाई बेलहिया बुटवल छ लेन व्यापारिक मार्ग पनि भनिन्छ। बेलहिया बुटवल छ लेन व्यापारिक मार्ग आयोजनामार्फत नै उक्त पुल निर्माण भएका हुन्। पूर्णतया अपाङ्गमैत्री रहेका हरेक आकाशे पुल ३० मिटर लम्बाइ, साँढे २ मिटर चौडाइ र ५ मिटर उचाइका छन्।

उक्त आकाशे पुलमा ढलानसहितको बेस बिममाथि स्टिलको रड र रेलिङसमेत राखिएको छ। पुलको दुवै तर्फ सोलार बत्ती जडान भएका छन्। बेलहियादेखि बुटवलसम्मको सडकखण्ड अन्तर्गत आँखा अस्पतालचोक, देवकोटाचोक र ब्रमेलीटोलचोक भैरहवामा आकाशे पुल निर्माण भइसकेको छ। यसैगरी तिलोत्तमा नगरपलिका अन्तर्गतको ड्राईभर टोल र बुटवलका जोगीकुटि, होराइजनचोक, कालीका स्कुल अगाडि, राजमार्ग चौराहा, मिलनचोकमा आकाशे पुल निर्माण सम्पन्न भई प्रयोगमा आइसकेकोे बेलहिया बुटवल व्यापारिक मार्ग आयोजनाका प्रमुख इञ्जिनीयर जीवेन्द्र मिश्रले बताए।    

साँढे २७ किलोमिटर दुरीको बेलहिया बुटवल सडक पाँच अर्ब ८६ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको छ। उक्त आयोजना अन्तर्गत नै २० वटा आकाशे पुल बनाउन थालिएको हो। बाँकी पुल दुई महीनाभित्र ठेक्का प्रक्रिया शुरु गरी निर्माणकार्य अगाडि बढाइने इञ्जिनीयर मिश्रले बताए।    

उनले भने,“यात्रुको चाप र दुर्घटना सम्भावित क्षेत्रलाई मध्यनजर गर्दै बाँकी कहाँ कहाँ राख्ने भन्ने अध्ययन गरेर अरु आकाशे पुल निर्माण गरिनेछ।”रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस