मर्यादा नाघेर राजदूतको 'प्रेस्क्रिप्सन'
२५ माघ २०७१
•
१८ मिनेट पाठ
मर्यादा नाघेर राजदूतको 'प्रेस्क्रिप्सन'
काठमाडौं- संविधान निर्माणका मुद्दामा प्रमुख राजनीतिक दलबीच दूरी बढिरहेका बेला काठमाडौंमा रहेका शक्तिराष्ट्रका राजदूतको 'राजनीतिक दौडधुप' बढेको छ। दलहरुबीच संवादको गति सुस्ताइरहँदा राजदूतहरुको 'प्रेस्क्रिप्सन' भने लम्बिँदो छ। उनीहरु आ-आफ्ना देशका स्वार्थअनुसार नेताहरुलाई भेटेर सुझाव दिइरहेका छन्।




कूटनीतिसम्बन्धी अन्तर्राष्ट्रिय भियना महासन्धि र कूटनीतिक आचारसंहिताविपरीत राजदूतहरु प्रमुख दलका शीर्ष नेतालाई संविधानमा के विषय समेट्ने, संविधान कसरी जारी गर्नेजस्ता शुद्ध राजनीतिक कोर्स सिकाइरहेका मात्र छैनन्, राज्यविप्लवको मुद्दा खेपिरहेका व्यक्तिलाई समेत मानवअधिकार रक्षाका नाममा भेटिरहेका छन्।

शुद्ध कूटनीतिक जिम्मेवारीका राजदूत राजनेताझैं किन दौडधुपमा छन्, उनीहरुका सुझावले नेपालको संविधान निर्माण प्रक्रिया र समग्र हितमा सहयोग गर्लान् त?

नेपाली कूटनीतिज्ञ उनीहरुका 'प्रेस्त्रि्कप्सन' ले नेपालमा शान्ति तथा स्थिरताको सट्टा 'स्थायी अस्थिरता' बढाउने तर्क गर्छन्।

'नेपाल अन्तर्राष्ट्रिय शक्तिको खेलमैदान बन्दैछ,' रुसका लागि पूर्व नेपाली राजदूत सूर्यकिरण गुरुङले नागरिकसँग भने, 'आफ्नो स्वार्थ पूरा गर्न विदेशीहरूले यहाँ स्थायी अस्थिरता खोजिरहेको देखिन्छ, स्थिरता भए चलखेल गर्ने बाटो बन्द हुन्छ, यो हाम्रै कमजोरीको परिणाम हो।'

प्रधानमन्त्री सुशील कोइरालाका विदेश मामिला सल्लाहकार दिनेश भट्टराई पनि विदेशीको 'स्थायी अस्थिरता' को चाहनालाई पूर्ण रूपमा नकार्न सक्दैनन्। संवेदनशील घडीमा नेपाल र नेपालीले नमागेको 'प्रेस्त्रि्कप्सन' आउनुलाई शुभसंकेत मान्न नसकिने उनको तर्क छ। 'यस्तो संवेदनशील घडीमा राजदूतले नमागेको प्रेस्त्रि्कप्सन नदिँदै राम्रो हुन्थ्यो,' भट्टराई थप्छन्, 'भू–राजनीतिक चुनौती व्यवस्थापन गर्न नसक्दा कतै हामी साँच्चै पीडित हुने त होइनौं भन्ने चिन्ता छ, यो बेलैमा बुझ्न जरुरी छ।'

राजदूतको असामान्य दौडधुपप्रति एकीकृत माओवादी उपाध्यक्ष तथा पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ पनि सशंकित छन्। यसलाई उनी 'संक्रमणकालीन संवेदनशीलताको कूटनीतिक उपेक्षा' ठान्छन्। 'राज्यविप्लव ठहराएर मुद्दा चलिरहेको व्यक्तिलाई राजदूतले भेट्न मिल्दैन, यो उनीहरुको सही कदम होइन,' श्रेष्ठले नागरिकसँग भने।

एमाले सभासद तथा पूर्व विदेश विभाग सचिव राजन भट्टराई पनि नेपालमा अस्थिरता बढ्नुपछाडिको एउटा कारक 'विश्वव्यापी राजनीतिक प्रतिस्पर्धा' लाई मान्छन्। प्रतिस्पर्धाको रणनीतिक प्रभाव नेपालसम्म फैलिएको उनको विश्वास छ। 'सहमति हुन नसकेका मुद्दामा विदेशीले खेल्न खोजेको देखिन्छ,' उनले भने।

नेपालमा विदेशीको आ–आफ्ना स्वार्थ छन्। त्यसमाथि नेपाल उदीयमान शक्तिराष्ट्र चीन र भारतको बीचमा रहनुले भूराजनीतिक संवेदनशीलता झन् बढेको हो। खासगरी नेपालमा भारत, चीन, अमेरिका र इयु राष्ट्रको स्वार्थले काम गरिरहेको छ।

'कूटनीतिलाई यो अवस्थामा पुर्याहउने नेपाली राजनीतिक दल र तिनका नेता नै हुन्। पी–फाइभ (अमेरिका, फ्रान्स, बेलायत, रुस र चीन), भारत र इयुका धेरैजसो राष्ट्रले कूटनीतिक आचारसंहिता हनन गरिरहेका छन्, हस्तक्षेप गरेका छन्,' भारतका लागि पूर्व नेपाली राजदूत लोकराज बराल भन्छन्, 'आफ्नो अनुकूल बोलिदिँदा समर्थन र प्रतिकूल बोल्दा विरोध गर्ने हाम्रै बानीका कारण उनीहरुले चलखेल गर्ने स्पेस पाएका हुन्।'

बरालका अनुसार इयु राष्ट्रहरू समावेशी भन्दै धार्मिक (क्रिस्चियानिटी) र जातीय समूहलाई आफ्नो पकडमा लिन खोजिरहेका छन्। यी समूहमा प्रभाव विस्तार गरी धर्म र जातमार्फत राजनीति गर्ने मनोकांक्षा उनीहरुमा देखिन्छ। उनीहरु चीनको बढ्दो आर्थिक शक्ति र प्रभावलाई पनि कम गर्न चाहन्छन्। मानवअधिकार, समावेशी, अभिव्यक्ति स्वतन्त्रताका कुरा उठाएर जनजाति र धार्मिक समूहलाई आफ्नो पकडमा लिन खोज्दैछन्, युरोपेली राष्ट्र। बरालका अनुसार उनीहरुको भित्री उद्देश्य क्रिस्चियानिटी फैलाउने र एन्टिकम्युनिस्ट क्रियाकलाप अघि बढाउने नै हो।

'धर्मपरिवर्तन सिद्धान्तको विरोध गर्ने होइन, कानुन बनाएर यस्ता कार्यलाई रोक्नुपर्छ, यो गरिबीका कारण भएको हो, गरिबी निवारण गर्नतिर सरकारको ध्यान पुगेको छैन,' बरालले भने। गुरुङका अनुसार नेपालमा अमेरिकाको स्वार्थ भने आफ्नो 'ग्लोबल पावर' कायम राख्ने, चीनको प्रभाव बढ्न नदिने र नेपालमा रहेका तिब्बती शरणार्थीमा छ। 'यहाँ अस्थिरता बनाउने र चीनलाई डिस्ट्रब गर्ने अमेरिकाको भित्री स्वार्थ हो,' गुरुङले भने।

तिब्बती शरणार्थीप्रति इयु राष्ट्रको पनि स्वार्थ जोडिन्छ। गुरुङको बुझाइमा चीनको स्वार्थ पनि यहीँनेर छ। चीन नेपालमा कुनै पनि हालमा तिब्बत तथा चीनविरोधी गतिविधि नहोस् भन्ने चाहन्छ। यही स्वार्थका लागि चीन जुनसुकै अवस्थामा नेपालमा स्थिरता र शान्ति भएको देख्न चाहन्छ। स्थिरता र शान्तिमा मात्र आफ्नो स्वार्थपूर्ति हुने चीनको ठम्याइ छ।

पश्चिमेली राष्ट्र नेपालमा क्रिस्चियन धर्मावलम्बी बढाएर आफ्नो समुदाय विस्तार गर्न चाहन्छन्। त्यसपछि मात्र तिब्बतसँगको धेरै सम्पर्क विस्तार गर्न सकिन्छ भन्ने बुझाइ उनीहरुको छ। यसलाई पश्चिमेली राष्ट्रले मात्र होइन, चीनले पनि राम्रैसँग बुझेको छ। चीन जहिले पनि 'थ्री टी' अर्थात् तियानमेन, तिब्बत र ताइवानको नाम निस्कनेबित्तिकै चनाखो हुने गर्छ। तिब्बतलाई लिएर चीन कति गम्भीर छ भन्ने भारतको चर्चित फ्रन्टलाइन पत्रिकाको सन् २०१४ डिसेम्बर अंकले बताउँछ।

पत्रिकाको आवरणकथा 'नेहरु लिगेसी' मा माओत्सेतुङले सन् १९६४ मा चीन भ्रमणमा रहेको नेपाली टोलीसँग भारतसँग युद्ध हुनुको कारण सीमा विवाद नभई तिब्बत भएको बताएको उल्लेख छ।

सन् १९५९ को तिब्बत घटनाका पछाडि भारतको हात रहेको बुझाइ माओको थियो। त्यति मात्र होइन, दलाई लामालाई शरण दिएर भारतले गल्ती गरेको ठहर माओले गरेका थिए। जसका कारण चीन र भारतबीच सन् १९६२ मा ठूलो युद्ध भएको थियो। 'नेहरुलाई सबक सिकाउन भारतमाथि आक्रमण गरिएको थियो,' पत्रिकामा उल्लेख छ।

चीन फेरि तिब्बतलाई लिएर यस्ता कुनै घटना भएको देख्न चाहँदैन।

अर्थ, बजार र शक्ति सबै कुरामा चीन अमेरिका र युरोपको प्रतिस्पर्धी हो। उनीहरुले अहिलेसम्म तिब्बतलाई नै समस्या देखेका छन्, जहाँ नेपालको भूमि प्रयोग गरेर अरु राष्ट्र खेल्न सक्छन्। नेपालमा स्थिरता भए त्यो सम्भव हुँदैन। यसका लागि भारतलाई कति साथ दिन सकिन्छ र लिन सकिन्छ भन्ने पक्ष पनि छ। भारतलाई सघाएर नेपालमा कसरी खेल्न सकिन्छ, यसलाई पनि उनीहरुले राम्रैसँग बुझेका छन्।

'पश्चिमी राष्ट्रबाट शक्ति अब एसियाली राष्ट्र (चीन र भारत) मा सर्दैछ। आफ्नो शक्ति क्षय हुँदै गएको र अरू बलियो बन्दै गएको महसुस पश्चिमी राष्ट्रले गरिसकेका छन्। यसलाई उनीहरुले थ्रेटका रूपमा लिएका छन्। यसकारण उनीहरु चीनलाई मात्र होइन, भारतलाई पनि कमजोर बनाउन चाहन्छन् ता कि आफ्नो शक्ति नगुमोस्,' पूर्वराजदूत गुरुङले भने।

अमेरिका र इयु राष्ट्र नेपालमा अस्थिरता भए तिब्बतमा पनि लोकतन्त्रको बिजारोपण गर्न सकिन्छ र चीन कमजोर हुन्छ भन्नेमा छन्। नेपालमा दिगो शान्ति स्थापना र सुरक्षा स्थिति मजबुत भए मात्र आफ्नो स्वार्थ पूरा हुने चीनले बुझेको छ। यसकारण पनि यहाँको सुरक्षा अवस्था मजबुत बनाउन धेरै सहयोग चीनले नेपालको सुरक्षा निकायमा गर्दै आएको छ भने ठीक उल्टो इयुले धार्मिक तथा जनजाति समूहमा। यसैकारण पनि चीन नेपालमा जुनसुकै अवस्थामा संविधान जारी होस्, संघीय राज्य ठाडोबाट कोरियोस् तर संख्या थोरै होस् भन्नेमा छ।

नरेन्द्र मोदी प्रधानमन्त्री नहुन्जेल भारतको स्वार्थ यहाँ कुनै पनि राजनीतिक दललाई बलियो रूपमा उभिन नदिई 'बार्गेनिङ पावर' बढाउने मात्र थियो। नेपालमा कुनै एक दल बलियो भई सरकार सञ्चालन गरे आफ्नो बार्गेनिङ पावर घट्ने भारतको बुझाइ छ। चीनको प्रभाव कम गर्न उसले पनि चाहेको छ।

'पहिला नेपालमा चिनियाँ लगानी आउँदा भारतको ठूलो विरोध हुन्थ्यो र योजनै रोकिन्थे तर अहिले मोदीले आफ्नै देशमा चिनियाँ लगानी भिœयाएका छन्। चीन र भारतको सहकार्य पश्चिमा राष्ट्रलाई मन परेको छैन,' पूर्वराजदूत गुरुङले भने।

...

एक पूर्वराजदूतका अनुसार नेपालमा आफ्नो स्वार्थपूर्ति गर्न सबै 'क्लाइन्ट' खोजीमा देखिन्छन्। इयु धार्मिक र जातीय कुरा सेलाउन नदिन जाति–जनजातिलाई क्लाइन्ट बनाइरहेको छ। थोरै जनजातिले मात्र हिन्दु संस्कृति अँगालेका छन्। यसकारण इयुले धार्मिक र जनजाति समूहलाई आफ्नो प्रभावमा पार्न खोजिरहेको छ। प्रभावमा पार्ने तरिका परियोजनासम्म छन्। अमेरिकाले भने तिब्बती शरणार्थीलाई क्लाइन्ट बनाउन चाहेको छ। तिब्बती शरणार्थीमार्फत नै चीनको बढ्दो शक्ति घटाउन सक्ने विश्वास उसको छ।

भारतको क्लाइन्ट भने राजनीतिक दलका नेता नै हुन्। भारतले सत्ता, सरकार, नेता, कर्मचारीतन्त्र सबैलाई आफ्नो प्रभावमा पारेको छ। यिनैमार्फत उसले आफ्नो स्वार्थ पूरा गर्दै आएको छ। मोदी भारतको प्रधानमन्त्री भएपछि परिस्थिति केही फेरिएको छ। मोदी आएपछि भारतीय जासुसी संस्था 'र' को प्रभाव केही घटेको छ। र, अहिले भारतीय प्रधानमन्त्री कार्यालय, विदेश मन्त्रालय र 'र' अलगअलग तरिकाले आफ्ना स्वार्थपूर्ति गर्न लागेका छन् जसले नेपाली नेतालाई 'भारतको आधिकारिक लाइन' बुझ्न हम्मेहम्मे परिरहेको छ।

'थिती राम्रो बसाले उनीहरुले खेल्ने ठाउँ कम पाउँछन्। हामी आफैंले तय गरेको मुद्दा पूरा गर्न सक्दैनौं, उनीहरु यस्तै अवस्था खोज्छन्,' एमाले सभासदसमेत रहेका राजन भट्टराईले भने, 'नेपालमा दीर्घकालीन स्थिरता हुनुपर्छ, नत्र यो क्षेत्रलाई असर गर्छ भन्ने हामीले छिमेकीलाई बुझाउन नसकेको हो कि उनीहरुले बुझ्न नचाहेका हुन्, बुझ्न जरुरी छ।'

नेपालको संघीयतामा पनि भारतको स्वार्थ जोडिएको छ। तराईमा धेरै राज्य हुनुहुँदैन भन्ने पक्षमा भारत देखिन्छ। संविधान निर्माणमा तराईलाई पहाडसँग जोड्न हुँदैन भन्ने भारतीयको तर्क सबैभन्दा डरलाग्दो रहेको भट्टराई बताउँछन्। भारतीय जासुसी संस्था 'र' का पूर्व कर्मचारी आरके यादवको पुस्तक 'मिसन र' मा उल्लेख गरिएको एक घटनालाई बिर्सन नहुने तर्क उनको छ। पुस्तकका अनुसार सिक्किमलाई भारतमा गाभेपछि तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले नेपालको तराईलाई पनि भारतमा गाभ्न रका प्रमुखलाई निर्देशन दिएकी थिइन्। छिट्टै राजनीतिक घटनाक्रम परिवर्तन भएपछि नेपालको तराई भाग गाभ्ने योजना तुहिएको थियो। गान्धीले चीनको प्रभाव कम गर्न नेपालको तराईलाई भारतमा गाभ्न निर्देशन दिएकी थिइन्।

'अहिले पहाडलाई चिरैचिरा पार्ने, तराईलाई टुक्रा गर्न पाइँदैन र पहाडसँग जोड्न पनि हुँदैन भन्ने आवाज उठेको छ। यो आवाज किन आइरहेको हो, बुझ्न जरुरी छ। यसले झस्का पसाएको छ,' उनले भने।

शीतयुद्ध समाप्तिसँगै चीन र भारतको उदय भएको हो। अमेरिका, रुस, जापान र युरोपेली राष्ट्र बिस्तारै शक्ति गुमाउँदैछन्। शीतयुद्धपछिको करिब साढे दुई दशकको फाइदा चीन र भारतलाई मिलेको छ। तुलनात्मक रुपमा शान्तिपूर्ण वातावरण हुँदा चीन र भारतले शक्ति बढाएको देखिन्छ। यो सिद्धान्तअनुसार नेपालमा अस्थिरता भए चीन र भारत दुवैलाई असर गर्छ।

'शीतयुद्ध सकियो, अब नयाँ वर्ल्ड अर्डर देखिने क्रम सुरु भएको छ। यसको प्रभावबाट जोगिन जतिसक्दो छिटो संक्रमणकाल अन्त्य गर्न जरुरी छ,' त्यसका लागि परराष्ट्र नीतिको आन्तरिक जग मजबुत बनाउन आवश्यक छ,' प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार भट्टराईले भने।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस