चीनतिर तानिए युवती
२९ माघ २०७१
•
१४ मिनेट पाठ
चीनतिर तानिए युवती
काठमाडौं-तनहुँकी एक युवती अहिले राजधानी बसेर चीन जाने तयारी गरिरहेकी छन्। रोजगारका लागि छिमेकी देश चीन लैजाने सपना देखाएर एजेन्टले नै उनलाई राजधानी बोलायो र झटपट चिनियाँ नागरिकसँग बिहे पनि गराइदियो। तर, ती युवतीलाई चिनियाँ भाषा आउँदैन। न बुझिछन् न बोल्नै सक्छिन्। तिनलाई यत्ति थाहा छ, अबको केही दिनमै चिनियाँ दुलाहाले विदेश पुर्याैउनेछ। र, चिनियाँ सहरमै तिनको नयाँ करिअर सुरु हुनेछ।ती युवती मात्र होइन, अन्य ९ जना नेपाली युवती पनि चिनियाँ पुरुषसँग विवाह गरेर चीन उड्ने दिन कुरिरहेका छन्।
उनीहरु सबै एकसाथ चीन जानेछन् तर सबै एकै सहर होइन, कोही राजधानी बेइजिङ त कोही कुन्मिङ, कोही सांघाई त कोही हुयान। 
चीन प्रवेश गरेपछि कहाँ बस्ने, के काम गर्ने? उनीहरु कसैलाई पनि पत्तो छैन। 
जिन्दगीभर सँगै जिउनुपर्ने दुलाहा–दुलहीबीच विवाहअघि के के कुरा मिल्नुपर्छ? परम्पराअनुसार केकस्तो तयारी गर्नुपर्छ? 
‘एक–अर्काको भावना, रहनसहन, भाषा, संस्कृति, खानपान। उनीहरुलाई त्यो पनि मतलब छैन।
‘अब हाम्रो ग्रुपमा एक जना चिनियाँ केटो बाँकी छ उसको पनि विवाह भएपछि सबैजना सँगै चीन जाने हो,' तनहुँकी २१ वर्षीया अर्चना तामाङ (परिवर्तित)ले नागरिकसँग भनिन्, ‘भाषा उतै गएर सिक्ने हो।'
काठमाडौंमा अहिले यस्ता नेपाली युवती र चिनियाँ युवकबीच विवाह भइरहेको छ जसले न एकअर्कालाई विवाह हुनु साताअघिसम्म देखेकासम्म थिएनन्। कुराकानी त एकअर्काका भाषा बुझे पो!
भावना साटासाट गर्न उनीहरु तेस्रो साझा भाषा पनि जान्दैनन्। 
नेपाली युवतीले बोलेको नेपाली भाषा चिनियाँ युवकले बुझ्दैनन् चिनियाँ युवकले बोलेको चिनियाँ भाषा नेपाली युवतीले। तै पनि नेपाली कलिला युवती धमाधम चिनियाँ युवकसँग अदालती विवाह (कोर्ट म्यारिज) गरिरहेका छन्। 
यसरी विवाह गर्ने नेपाली युवती आफ्नो विवाहबारे आफन्तलाई समेत बताउँदैनन्। कसैले थाहा पाएर सोधिहाले ‘लभ म्यारिज' (प्रेम विवाह) भन्छन्। कसरी भेट भयो केटासित भनेर सोधे जिमेल, फेसबुक र भाइबारमार्फत कुराकानी गर्दा प्रेम बसेको बताउँछन्। तर उनीहरुलाई कुन भाषामा कुरा गरेको भनी सोधियो भने अक्क न बक्क पर्छन्। 
चीनमा फेसबुक र भाइबरले काम गर्दैन भन्ने पनि पत्तो छैन यी अबलालाई।
पछिल्ला दिन राजधानीमा नेपाली युवतीलाई चिनियाँ युवकसँग कानुनी विवाह गराएर चीन पुर्यानउने एजेन्टको गिरोह नै सक्रिय देखिएको छ।
आपसमा अपरिचित, एकअर्काको भाषा नबुझ्ने यस्ता नेपाली कलिला युवती र चिनियाँ पुरुषबीच विवाह गराउन नेपाल र चीन दुवै देशमा एजेन्टको गिरोह नै सक्रिय देखिन्छ। एजेन्टले विभिन्न प्रलोभन देखाई नेपाली युवतीको विवाह चिनियाँ पुरुषसँग गराउने गरेका छन्। यसबापत एजेन्टले चिनियाँ पुरुषसँग १९ लाख र नेपाली युवतीसँग १ लाख रुपैयाँ गरी २० लाख रुपैयाँसम्म असुल्छन्। त्यसपछि प्रक्रियामा लाग्ने नागरिकतादेखि राहदानी बनाउनेसम्मको खर्च एजेन्टले नै बेहोछन्। विवाह पनि एजेन्टले नै गराइदिन्छन्। विवाहमा साक्षी बस्ने पनि एजेन्ट, आफन्त बन्ने पनि एजेन्ट।
तामाङले आफू महाराजगन्जस्थित एक एजेन्ट (कोरियन अफिस) को कार्यालयमार्फत विवाह गरी चीन जान लागेको बताइन्। तर उक्त कार्यालय महाराजगन्जमा कहाँनेर छ र त्यसको सञ्चालकबारे भने केही बताउन चाहिनन्। ‘हामीभन्दा अघि तीन ग्रुप गइसके। एउटा ग्रुपमा १५ जनासम्म हुन्छन्,' उनले भनिन्।
चिनियाँ पुरुषसँग विवाह गर्न भनेर उनी १५ दिनअघि मात्र काठमाडौं आएकी थिइन्। आएको तीन दिनमै उनले चिनियाँ पुरुषसँग कोर्ट म्यारिज गरिन्। आफूसँग कोर्ट म्यारिज गर्ने केटोले १९ लाख र आफूले १ लाख रुपैयाँ एजेन्टलाई दिएको उनले बताइन्। 
आफूले एजेन्टलाई दिएको १ लाख रुपैयाँ पनि चिनियाँ पुरुषले नै उपलब्ध गराएको उनले सुनाइन्। ‘विवाह गराइदिएबापत एजेन्टलाई २० लाख रुपैयाँ बुझाउनुपर्छ। यो उनीहरुको रेट नै हो,' तामाङले भनिन्। 
उनका अनुसार केटाकेटी दुवै काठमाडौं आइपुगेपछि उनीहरुलाई ठमेलस्थित विभिन्न होटलमा राखिन्छ। बिहे गर्न आएका चिनियाँ पुरुष सबै धनाढ्य र उद्योगपति भनेर चिनाइन्छ।
त्यति मात्र होइन, युवतीले बस्ने, खाने, घुम्ने र पकेट खर्च पनि एकदेखि ३ लाखसम्म चिनियाँ दुलाहाबाटै पाउँछन्। 
‘कोर्ट म्यारिज गरे पनि नेपालमा बस्दासम्म सँगै सुत्नुपर्दैन। चीन पुगेपछि आफ्नो इच्छा,' अर्चनाले सुनाइन्। चिनियाँ पुरुषसँगै विवाह गर्नुको कारण र चीन गएपछि के गर्ने भन्नेचाहिँ उनले खुलाउन चाहिनन्। उनले भनिन्, ‘महिनाको ४० हजार रुपैयाँ नेपाल पठाइदिन्छु भनेको छ।'
चिनियाँसँग विवाह गरेपछि चिनियाँ भिसा सहजै लाग्छ। भिसाका लागि जिल्ला प्रशासन कार्यालयले जारी गर्ने विवाहको प्रमाणपत्रलाई परराष्ट्र मन्त्रालयको कन्सुलर विभागबाट प्रमाणीकरण गरेपछि बिनाझन्झट चिनियाँ भिसा लाग्ने उनले जनाइन्। 
परराष्ट्रको कन्सुलर विभागले चिनियाँ पुरुषसँग विवाह गरेका नेपाली महिला विवाह प्रमाणपत्र प्रमाणीकरण गर्न आउने गरेको बतायो। 
‘अहिले चिनियाँ पुरुषसँग विवाह गरी विवाह प्रमाणपत्र प्रमाणीकरण गर्न आउने एउटा ट्रेन्डजस्तो देखिएको छ। पहिले यस्तो थिएन। यसकारण किन यस्तो भइरहेको छ भन्ने हामी बुझ्ने प्रयास गर्दैछौं,' कन्सुलर विभागका निमित्त महानिर्देशक दीपक अधिकारीले बताए।
नेपाली महिला र चिनियाँ पुरुषबीच कोर्ट म्यारिज भएको तथ्यांक खोज्दा यो आर्थिक वर्ष २०७१/७२ सुरु भएयता ललितपुर जिल्ला प्रशासनमा ७ जोडी, भक्तपुरमा ६ जोडी र काठमाडौंमा एक जोडीले विवाह गरेको भेटिन्छ। 
‘चिनियाँ पुरुषसँग विवाह गर्ने अधिकांश महिला चीनसँग सिमाना जोडिएका जिल्लाका छन्,' ललितपुर जिल्ला प्रशासन कार्यालय विवाह शाखाका सालिकराम मिश्रले जानकारी दिए। 
विवाह गर्न नेपाल आउने केही चिनियाँ पुरुषको विवरणअनुसार उनीहरुको उमेर ३४ देखि ६० वर्षको छ। उनीहरुसँग विवाह गर्ने नेपाली महिलाको उमेर भने २१ देखि २५ वर्ष देखिन्छ। यसरी विवाह गर्ने धेरैको शैक्षिक योग्यता १० पास मात्र छ। चिनियाँ पुरुषसँग विवाह गर्ने महिला धेरैजसो डिस्को, डान्स, रेस्टुरेन्टमा काम गर्नेहरु रहेको छन्। तामाङका अनुसार कोर्ट म्यारिज गरिसकेपछि युवतीलाई मोबाइल प्रयोग गर्न प्रायः दिइँदैन। 
‘उनीहरुको देशका महिला बढी डिस्को जाने, पैसा खर्च गर्ने, काम नगर्ने प्रवृत्तिका भएकाले नेपाली केटीसँग विवाह गर्ने रहेछन्,' किन विवाह गर्न नेपाली केटी नै खोजेका होलान् भन्ने जिज्ञासामा उनले सुनाइन्।
सिन्धुपलाञ्चोकसँग सीमा जोडिएको चीनको नाका खासा बजारमा सञ्चालित डिस्को, डान्सहरुमा नेपाली युवती पुर्याकइएको र त्यहाँ उनीहरुलाई यौनधन्धामा लगाइने गरेको तथ्य बेलाबखतमा बाहिर आउने गरेको थियो। यस्तै मानवतस्करले विभिन्न प्रलोभन देखाई भारत हुँदै नेपाली युवतीलाई अफ्रिकी राष्ट्र युगान्डा, केन्या, नाइजेरियाका डान्स र डिस्कोमा पुर्यानएका तथ्य पनि बेलाबखत सार्वजनिक हुँदै आएका थिए। अवैध तरिकाले मलेसिया र खाडी राष्ट्रमा पुगी त्यहाँका डान्स र डिस्कोमा पनि नेपाली युवती काम गरिरहेका छन्। तर एजेन्टलाई लाखौं रुपैयाँ बुझाई नेपाली महिलासँग विवाह गरी चीन लाने यो ट्रेन्ड भने नौलो देखिएको अधिकारीले बताए। 
यसअघि दक्षिण कोरियामा भने विवाह गरी नेपाली महिला जाने गरेको भेटिन्छ। अहिले जसरी चिनियाँ पुरुषसँग विवाह गराइएको छ, ठिक त्यसरी नै एजेन्टहरुले लाखौं रुपैयाँ लिई नेपाली युवतीको विवाह कोरियन पुरुषसँग गराउँदै आएका थिए र यो क्रम अझै रोकिएको छैन। 
भाषा, संस्कृति, रहनसहन नबुझी प्रलोभनमा परी कोरियन नागरिकसँग विवाह गरी जाने महिलाले त्यहाँ यातना सहन नसकी आत्महत्या गर्न थालेपछि सरकारले छानबिन गर्न सन् २०१३ मा एउटा कार्यदल गठन गरेको थियो। सबै कुरा बुझेर विवाह गर्ने थोरै महिलाले मात्र त्यहाँ सुखी जीवन बिताएको निष्कर्ष कार्यदलले निकालेको थियो।
‘महिलाहरु कागजी रुपमा मात्र विवाह गर्ने र कोरियामा आएर काम गर्ने मानसिकता लिएर आएका हुन्छन्। कोरिया आइसकेपछि सोचेमुताविक काम नपाइने, भिसा नवीकरण गर्ने बेला कागज बनाउन जोडीले मोटो रकम माग्ने र सक्कली नै विवाह गरेकामा धेरैजसो आफूभन्दा धेरै पाको, अशिक्षित छन्,' कार्यदलले सन् २०१३ को डिसेम्बरमा सरकारलाई बुझाएको प्रतिवेदनमा उल्लेख छ। 
कोरियन नागरिकसँग विवाह गरी कोरिया भित्रने नेपाली महिलाको संख्या एक हजार बढी रहेको त्यतिबेलै प्रतिवेदनमा जनाइएको थियो। ‘उमेर धेरै खाइसकेका, विवाह गरेर पारपाचुके गरिसकेका, शारीरिक, मानसिक तथा आर्थिक रुपले अक्षम कोरियनले नेपाली केटीलाई नेपालमा विभिन्न प्रलोभन देखाउने, कोरियन कम्पनीको मालिक भनेर चिनाउने, आफूले सोचेको काम गर्न पाउने र स्वदेशमा पैसा पठाउन मिल्ने आदि प्रलोभन देखाई दलालले विवाह गराउने तर कोरिया पुगेपछि यौन शोषण गरी दुर्व्यवहार गरेका धेरै उदाहरण पाइएका छन्,' प्रतिवेदनमा छ।
कार्यदलले त्यतिबेलै सरकारलाई अवैधानिक रुपले विवाह गराउने समूहलाई बढीभन्दा बढी निगरानी राखी र कडा कारबाही गर्न सिफारिस गरेको भए पनि हालसम्म यस्ता एजेन्टलाई कारबाही हुन सकेको छैन। बरु एजेन्टलाई आफ्नो क्षेत्र विस्तार गर्दै चिनियाँ पुरुषसँग पनि विवाह गराई चीन पठाउन थालेका छन्।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस