काठमाडौं- अर्थ मन्त्रालयले सार्क तयारीका नाममा 'अनावश्यक खर्च भएको' भन्दै औचित्य पुष्टि गर्न भनेपछि सम्बन्धित निकायहरूले धमाधम खर्च घटाउँदै भुक्तानी माग्न थालेका छन्।
केही निकायले पहिले पेस गरेको खर्चदाबीमा साढे २ करोड रुपैयाँसम्म घटाएर नयाँ विवरण पेस गरेका छन्। नयाँ विवरण पनि 'पत्यारिलो' नभएपछि अर्थले ती निकायको भुक्तानी अझै रोकेको छ।
स्रोतअनुसार स्थानीय विकास मन्त्रालयले सुरुमा ८ करोड ९ लाख ५६ हजार रुपैयाँ खर्च दाबी गरेकोमा घटाएर ५ करोड ६० लाख मात्र मागेको छ। अर्थले 'औचित्य पुष्टि नभएको' भन्दै रकम भुक्तानी गर्न अस्वीकार गरेपछि स्थानीय विकासले आफ्नो खर्चदाबीमा २ करोड ४९ लाख ५६ हजार रुपैयाँ कम गरेको हो। यो नयाँ विवरण पनि चित्तबुझ्दो नभएको अर्थस्रोतले बतायो।
यसअन्तर्गत काठमाडौं महानगरपालिकाले तीनकुनेमा गरेको बगैंचा निर्माण र रानीपोखरीमा पानीको फोहोरा निर्माणको खर्चदाबी घटाइएको छ। तीनकुनेमा बगैंचा निर्माण गर्न नसकेपछि महानगरपालिकाले अन्तिम समयमा टिनको जस्ताले बारेको थियो। पहिले जस्ताले बार्दा नै १ करोड खर्च भएको विवरण पठाइएकोमा अहिले १४ लाख ९० हजार रुपैयाँ मागिएको छ। रानीपोखरीमा पानीको फोहोरा निर्माणमा पहिले ५ करोड खर्च देखाइएको थियो, अहिले ३ करोड ६६ लाख दाबी गरिएको छ।
महानगरपालिकाले झन्डा राख्ने पोल निर्माण गर्न १ करोड र सडक सफा गर्ने गाडीमा ८६ लाख रुपैयाँ खर्च पेस गरेको थियो। यी दुई शीर्षकमा भने कुनै संशोधन गरिएको छैन।
धुलिखेल नगरपालिकाले पनि दुई हेलिप्याड बनाउन लागेको खर्चदाबी कटौती गरेको छ। पहिले २४ लाखको विवरण पेस गरिएकोमा अहिले १४ लाख मात्र मागिएको स्रोतले बतायो।
दबाबमा भुक्तानी
सुरुमा 'खर्चदाबी चित्तबुझ्दो नभएको' टिप्पणी गर्दै रकम निकासा रोकिए पनि केही निकायलाई भने कुनै कारण नखुलाई भुक्तानी दिइएको छ। यसरी भुक्तानी पाउनेमा सहरी विकास मन्त्रालयअन्तर्गत उपत्यका विकास प्राधिकरण र परराष्ट्र मन्त्रालय छन्।
प्राधिकरणले राजधानीका विभिन्न सडक सौन्दर्यीकरणका नाममा १० करोड ८६ लाख रुपैयाँ खर्चदाबी गरेको थियो। अर्थले 'अपत्यारिलो विवरण' पठाएको भन्दै निकासा रोकेको थियो। केही दिनअघि कुनै कारण नखुलाई ९ करोड ७१ लाख निकासा गरिएको स्रोतले बतायो।
प्राधिकरणले सहर सौन्दर्यीकरणमा नेपाल टेलिकमबाट भएको १ करोड १५ लाख रुपैयाँ खर्चसमेत आफ्नो विवरणमा समेटेको थियो। उसले यही रकम झिकेर नयाँ विवरण पठाएपछि भुक्तानी दिइएको अर्थस्रोत बताउँछ। प्राधिकरणले मागदाबी गरेका अन्य खर्च पनि चित्तबुझ्दो भने थिएन। सार्क तयारीअन्तर्गत नपर्ने कामबापत पनि उसले भुक्तानी मागेको थियो। नयाँ विवरणमा ती खर्च जस्ताका त्यस्तै छन्।
'यसबारे बारम्बार पत्र पठाएर खर्चको औचित्य पुष्टि गर्न ताकेता गर्दा पनि प्राधिकरणको तर्फबाट कुनै जवाफ आएको थिएन,' अर्थका एक उच्च अधिकारीले नागरिकसँग भने, 'माथिल्लो तहबाटै दबाब आएपछि भुक्तानी गर्न बाध्य भयौं।'
स्रोतअनुसार प्राधिकरणले माइतीघर–तीनकुने सडक सौन्दर्यीकरणका लागि २ करोड ६० लाख, लैनचौर–महाराजगन्ज तथा हात्तिसार–कमलपोखरी सडक सौन्दर्यीकरणका लागि ३ करोड २९ लाख र कमलपोखरी तथा नारायणचौर 'रिभाइटलाइजेसन' का लागि ३ करोड ८२ लाख खर्चदाबी गरेको थियो। यसमध्ये कमलपोखरीको काम सुरु भएकै छैन। नारायणचौरको काम पनि आधा मात्र सकिएको छ। कमलपोखरी र नारायणचौर पुनःनिर्माणका काम सार्क तयारीअन्तर्गत पर्दैनन्।
सुरक्षाकर्मीलाई 'सोल्टीको खाना'
अर्थ मन्त्रालयले होटल खर्चबापत ५ करोड रुपैयाँ भुक्तानी गर्न नमानेपछि परराष्ट्रले सुरक्षाकर्मीलाई 'सोल्टी होटलमा खाना खुवाएको' भन्दै डेढ करोड रुपैयाँको नयाँ बिल पेस गरेको छ।
अर्थले परराष्ट्रको ५ करोड होटल खर्चदाबीमा औचित्य खुलाउन भनेको थियो। जवाफमा 'सार्क सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई सोल्टी होटलमा खाना खुवाउनुपरेकाले बढी खर्च भएको' कारण देखाइएको हो। जबकि सार्क सुरक्षामा खटिएका तीनवटै सुरक्षा निकायका लागि छुट्टै बजेट व्यवस्था गरिएको थियो। उक्त खर्चले नपुगेर सुरक्षाकर्मीहरू च्युरा र चाउचाउ खाएर ड्युटीमा खटिएका थिए।
'सुरक्षाकर्मीले सोल्टीमै खाजा खाएको बिल पेस गरेपछि हामीले भुक्तानी रोक्न सकेनौं,' अर्थस्रोतले भन्यो, 'खरिद ऐन र आर्थिक प्रशासन ऐनअनुसार भुक्तानी गर्ने गरी ५ करोड निकासा गरिएको छ।'
अर्थले सार्क सम्मेलनको सुरक्षार्थ खटिएका सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी गरी तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मीलाई खाजा खर्च भनी २ करोड छुट्ट्याएको थियो। एक जना सुरक्षाकर्मीलाई दैनिक २ सय ५० रुपैयाँ उपलब्ध गराइएको थियो। अर्थले सुरक्षाकर्मीलाई आवश्यक पर्ने रकम रक्षा र गृह मन्त्रालयलाई उपलब्ध गराएको थियो।