काठमाडौं-नेपालका मुख्य दाता एसियाली विकास बैंक (एडिबी) र विश्व बैंकले सहयोग दिने नीतिमा गरेको परिवर्तनका कारण दीर्घकालीन योजना निर्माणमा समस्या देखिने भएको छ। ऋण र अनुदान आधा–आधा सहयोग गर्दै आएका तिनले अब दिने सहयोग ऋणमात्रै हुनेछ। तर, विश्व बैंकको सहायता कोष र ‘गरिवी निवारणका लागि जापान सहायता कोष' मार्फत नेपालमा आउने सहयोग भने अनुदान हुनेछ।नेपालको ऋण तिर्ने क्षमता विकास भएको र अनुदान आवश्यक नपर्ने निचोड नकाल्दै आगामी आर्थिक वर्षदेखि उनीहरुले ऋणमात्रै दिने भएका हुन्। नेपालका मुख्य दाता दुई बैंकले सहयोग दिने नीतिमा गरेको परिवर्तनले सुरुमा योजना बनाउन तथा बजेट व्यवस्था गर्न सरकारलाई गाह्रो हुने अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय सहयोग समन्वय महाशाखा प्रमुख मधुकुमार मरासिनीले बताए।
‘विश्व बैंक र एडिबीले मुलुकको अर्थतन्त्रको आकार बढ्दै गएकाले अनुदान दिने नीति परिवर्तन गरेर ऋणमात्र दिने निर्णय गरेका हुन्,' उनले आइतबार नागरिकसँग भने, ‘देश द्वन्द्वबाट बाहिर आइसकेको छ। अहिले निर्वाचित सरकारले सत्ता चलाइरहेको छ। लगानीयोग्य वातावरण बन्दै गएकाले पनि सहयोग नीतिमा परिवर्तन भएको उनीहरुको तर्क छ।' दुवै निकायले अनुदान र ऋण गरेर वार्षिक करिब ४० अर्ब रुपैयाँ (३० करोड अमेरिकी डलर) सहयोग दिँदै आएका थिए।
विगत वर्षमा यी दुवै बैंकले नेपाललाई कुल गार्हस्थ उत्पादन (जिडिपी) को करिब ४५ प्रतिशतभन्दा बढी सहयोग उपलब्ध गराउँदै आएका थिए। आर्थिक गतिविधि बढ्दै गएको र राजस्व आम्दानी समेत बढेकाले उनीहरुले दिने सहयोग करिब ३० प्रतिशतमा झरिसकेको उनले जानकारी दिए। चालु वर्षसम्म वैदेशिक सहयोगको दरसमेत जिडिपीको झन्डै १८ प्रतिशतमा झरिसकेको छ,' उनले थपे, ‘यसले देशको अर्थतन्त्रको दायरा फराकिलो हुँदै गएको देखाउँछ।'
संविधान नबनेर मात्र केही द्विविधा देखिएको भन्दै मरासिनीले विस्तारै पूर्वाधार विकासले गति लिएको दाबी गरे। विश्व बैंक र एडिबीले सहयोग नीति परिवर्तन गरे पनि चालु वर्षसम्म दिएको सहयोग र सम्झौता भइसकेका आयोजनाको हकमा त्यो नियम लागू हुँदैन। आगामी आर्थिक वर्षका लागि आउने सहयोग वा नयाँ आयोजनामा हुने सम्झौतामा मात्र नयाँ नियम लागू हुने अर्थका अधिकारी बताउँछन्।
संविधानले पूर्णता नपाए पनि एडिबी, विश्व बैंकलगायत दाताले यहाँ लगानीमैत्री वातावरण बन्दै गएको बताएका छन्। दुई दाताले अनुदान नदिने निर्णय गरे पनि विगत वर्षभन्दा आउने वर्ष सहयोग रकम करिब ४५ प्रतिशतले बढाउने प्रतिबद्धता जनाएका छन्। आगामी आर्थिक वर्षका लागि दुई सय १७ अर्ब रुपैयाँ बराबरको वैदेशिक सहयोगको प्रतिबद्धता आइसकेको मन्त्रालयले जानकारी दिएको छ। गत वर्ष सोही अवधिसम्म जम्मा ५५ अर्ब रुपैयाँको प्रतिबद्धता आएको थियो।
दुई बैंकले दिने सहयोग ऋणमात्रै भए पनि ब्याज वार्षिक ०.७ प्रतिशत मात्र हुने हुँदा खासै असर नपर्ने मरासिनीको भनाइ छ। पूर्वाधार आयोजना निर्माण तथा ऋण तिर्ने अवधि ८ वर्ष तोकेर दाताको ऋण सहयोग भए पनि नेपालले उनीहरुलाई ३८ वर्षसम्म तिरे हुन्छ। मन्त्रालयका अनुसार दीर्घकालीन ऋण भएकाले चुक्ता गर्ने समयसम्म त्यो ५०/६० प्रतिशतसम्म अनुदान बराबर हुनेछ।
ठूला पूर्वाधार तथा जलविद्युत आयोजनाका लागि वैदेशिक सहयोगको कमी नहुने तर खर्च गर्ने क्षमता बढाउन सरकारले जोड दिनुपर्ने पनि मन्त्रालयका अधिकारी बताउँछन्। खर्च गर्न नसकेका कारण नै हरेक वर्ष दाताले दिन प्रतिबद्धता जनाएको रकम फिर्ता जाने गरेको छ। यो वर्ष एक सय २६ अर्ब रुपैयाँ वैदेशिक सहयोगको प्रतिबद्धता आएकाले त्यसको ५० प्रतिशत पनि खर्च नहुने राष्ट्रिय योजना आयोगका अधिकारी बताउँछन्। एडिबी र विश्व बैंकबाट गत वर्ष २० अर्ब रुपैयाँ अनुदान र ऋणको प्रतिबद्धता आएकाले त्यो रकम खर्च भएको थिएन।
आर्थिक वृद्धिलाई ध्यानमा राखेर मन्त्रालयले दातालाई उनीहरुले रोजेका ठूला आयोजनामा सहयोग गर्न आग्रह गरेको छ। विश्व बैंक र एडिबीको सहयोग छरिने गरेकाले यसलाई एकीकृत गरेर विकास आयोजनामा खर्च गर्ने लक्ष्यले मन्त्रालयले चालु वर्षदेखि ‘नयाँ विकास सहायता नीति' ल्याएको छ। यो नीतिअनुसार दाताले जुन क्षेत्रमा सहयोग दिन चाहेको छ, त्यसैमा दिन सक्छ।
एडिबीले तनहुँ जलविद्युत कम्पनीका लागि १५ करोड अमेरिकी डलरसहित दक्षिण एसिया उप–क्षेत्रीय आर्थिक सहयोग कोष (सासेक फन्ड) का लागि झन्डै ४४ अर्ब रुपैयाँ (४४ करोड अमेरिकी डलर) र सोलार पावर र इनर्जी इफिसियन्सी कार्यक्रमलाई १३ करोड अमेरिकी डलर दिने प्रतिबद्धता जनाएको छ। उसको सहयोगमा दूधकोसी जलाशययुक्त आयोजनाको विस्तृत अध्ययनसमेत भइरहेको छ।
एडिबीको करिब १० अर्ब रुपैयाँ सहयोगमा शिक्षा, स्वास्थ्य, खानेपानी लगायत क्षेत्रसँग सम्बन्धित एक दर्जन बढी आयोजनाको निर्माण पूरा भइसकेको छ। उसले हालसम्म दुई खर्ब रुपैयाँ बढीको सहयोग दिने सम्झौता भइसकेको छ। यस्तै, विश्व बैंकले चालु वर्षसम्म झन्डै ३ खर्ब रुपैयाँ सहयोगको प्रतिबद्धता जनाएको मन्त्रालयले जानकारी दिएको छ।
एक सय ४४ मेगावाटको कालीगण्डकी ‘ए' जलविद्युत आयोजनाको पुनःनिर्माण, काबेली प्रसारण लाइन आयोजना, नेपाल–भारत विद्युत प्रसाराण तथा व्यापार आयोजना, नेपाल–भारत क्षेत्रीय व्यापार तथा पारवहन र रानी जमरा कुलरिया सिँचाइ आयोजना विश्व बैंकको सहयोग रहेका मुख्य आयोजना हुन्। एडिबीले विद्युत संकटका लागि जलविद्युत विकास आयोजना, ऊर्जा क्षेत्रको क्षमता विकासलगायत झन्डै एक सय आयोजनामा सहयोगको प्रतिबद्धता जनाएको छ।