काठमाडौं-सरकारले माइक्रोब्रुअरी स्थापना मापदण्ड ल्याउन अन्तिम तयारी गरेको छ। ठूला रेस्टुरेन्टले आफैं बियर उत्पादन गरी बेच्न पाउने प्रावधानसहितको मापदण्ड बनाउन लागिएको हो।
माइक्रोब्रुअरी सञ्चालनको लागि तयार मापदण्डको मस्यौदा सहमतिको लागि अर्थ मन्त्रालय पठाइएको छ। अर्थको सहमतिपछि औद्योगिक प्रवर्द्धन बोर्डबाट स्वीकृत गराउने उद्योग विभागका महानिर्देशक महेश्वर न्यौपानेले बताए।‘अन्तःशुल्कको विषयमा सहमति माग्न मस्यौदा अर्थ मन्त्रालय पठाएका छौं,' न्यौपानेले भने, ‘अर्थले स्वीकृत गरेपछि बोर्डमा पेस हुन्छ।'
उद्योग मन्त्रालयले अर्थमा पठाएको मस्यौदाअनुसार अन्तः शुल्कको विषय आन्तरिक राजस्व विभागबाट तोकिए बमोजिम हुनेछ। यसमा आन्तरिक राजस्व विभागले तोकेको वा उपलब्ध गराएको सफ्टवेयर प्रोग्रामबाट मात्र बिजक जारी गर्नुपर्ने र उत्पादन वा बिक्रेताको बिजक जारी गर्ने सफ्टवेयर र कम्प्युटरमा आन्तरिक राजस्व विभागले अनलाइन कनेक्टिभिटीको माध्यमबाट निरन्तर पहुँच प्राप्त गर्ने सुविधा उपलब्ध गराउनुपर्ने उल्लेख छ।
तयार मस्यौदाअनुसार रेस्टुरेन्टको अभिन्न अंगको रुपमा वार्षिक ६ लाख लिटरभन्दा कम बियर उत्पादन गरी उत्पादन स्थलमै बिक्री वितरण गर्नेलाई माइक्रोब्रुअरी मानिने छ। यसरी सञ्चालन हुने माइक्रोब्रुअरी सहितको रेस्टुरेन्टको न्यूनतम क्षमता सय सिट हुनुपर्ने र सम्बन्धित निकायबाट मदिरा बिक्रीसम्बन्धी इजाजत लिनुपर्ने उल्लेख छ। माइक्रोब्रुअरी सहितको रेस्टुरेन्ट पर्यटनमूलक उद्योगको वर्गीकरणमा दर्ता हुनेछ।
माइक्रोब्रुअरी सहितको रेस्टुरेन्ट खोल्न नगरपालिका क्षेत्रमा मात्र अनुमति दिने, दुई लाख धरौटी राख्नुपर्ने, अनुमति लिएको ९० दिनभित्र उद्योग दर्ताको लागि आवेदन दिनुपर्ने, स्थानीय निकायको सिफारिस ल्याउनु पर्ने र अनुमति लिएको २ वर्षभित्र व्यावसायिक उत्पादन गरिसक्नुपर्ने मापदपण्डमा उल्लेख छ।
अनुमति दिँदा राखेको धरौटी उद्योगले व्यावसायिक उत्पादन सुरु भएको प्रमाण पेस भएमात्र फिर्ता गरिने नत्र जफत हुने व्यवस्था छ। अनुमति प्राप्त व्यक्तिको नाममा उद्योगले व्यावसायिक उत्पादन नगरेसम्म कम्तीमा २० प्रतिशत सेयर कायम रहेको हुनुपर्ने छ भने बोटलिङ गरी व्यापारिक उत्पादन गर्न पाइने छैन।
भौतिक संरचना तथा प्राविधिक पक्षअर्न्तगत बियरमा अल्कोहलको मात्रा अधिकतम ८ प्रतिशतसम्म हुनुपर्नेछ। पक्की भवनमा स्थापना गर्नुपर्ने, क्लिन इन प्रोसेस फेसेलिटी र प्रयोगशालाको व्यवस्था हुनुपर्ने पनि मापदण्डमा छ।
मापदण्डअनुसार उद्योगमा प्रयोग हुने ट्यांक र पाइपलाइन स्टेनलेस स्टिलको हुनुपर्ने छ भने प्लास्टिकको पाइपलाइन प्रयोग गर्नुपर्ने देखिए फुड ग्रेडको मात्र हुनुपर्नेछ। वातावरणीय प्रावधानअनुसार माइक्रोब्रुअरीबाट निष्कासन हुने तरल पदार्थलाई पूर्णरुपमा टि्रटमेन्ट गरी बिसर्जन गर्नुपर्ने, नेपाल सरकारको वातावरणीय मापदण्ड पूर्णरुपमा पालन गर्नुपर्ने लगायत प्रावधान मापदण्डमा छ। माइक्रोब्रुअरी उद्योगमा विदेशी लगानी ल्याउन सकिने छ।
माइक्रोब्रुअरीलाई अन्तर्राष्ट्रिय स्तरमा पर्यटकीय आकर्षणका रुपमा लिइन्छ। अमेरिका र युरोपमा यस्तो चलन व्यापक छ। पछिल्लो समय यो भारतसम्म आइपुगेको छ।
माइक्रोब्रुअरी स्थापना भए ग्राहकले फ्रेस र आफ्नै आँखा अगाडि बनेको बियर पिउन पाउनेछन्। विभिन्न फ्लेवरमा स्वाद लिने मौका पनि मिल्ने छ।
अध्ययन अनुसार नेपालमा वार्षिक ८ करोड ४० लाख बोटल हाराहारी बियर बजार रहेको अनुमान छ। बियर उत्पादन गर्ने उद्योग ६ वटा छन्। अहिले सरकारले मदिरा उत्पादन गर्ने उद्योग दर्तामा रोक लगाएको छ।