सिन्धुपाल्चोक-जुरेमा गएको भीषण पहिरोले साउन १८ गते भत्काएको लामोसाँघु–बाह्रबीसे सडक खण्ड अहिले पनि अस्तब्यस्त छ। पहिरोले भत्केको सडक, पुरिएका घर र क्षतिग्रस्त बिजुलीका टावर अझै उस्तै छन्।सडक विभागले उक्त खण्डको सडकको सामान्य मर्मत मात्र गरेको छ। थुनिएको नदी खोल्ने प्रयास हुन सकेको छैन। कुनै पनि बेला सुक्खा पहिरोले नदी पुनः थुनिन सक्ने सम्भावना छ। थुनिएको नदी र बाटो खोल्ने जिम्मा नेपाली सेनालाई दिए पनि उसले चार महिनासम्म लक्षित काम गर्न नसकेको सडक विभागका उप–महानिर्देशक केशव शर्माले बताए।
‘थुनिएको पानी खोल्ने काम विभागको होइन, यो राज्यका अरु निकायले गर्नुपर्छ,' उनले शनिबार नागरिकसँग भने, ‘सडकको काम गर्न पाए बर्खाअघि नै ट्र्याक पूरै खोलेर ग्राबेल गर्न सकिन्छ।' मर्मत गरियो भने बर्खासम्म माथिबाट पहिरो खस्ने र तलबाट पानीले काट्ने डर नहुने पनि उनले बताए। उक्त क्षेत्रमा जमेको पानी वा थुनिएको नदीमा अझैसम्म करिब १५ मिटरसम्मको ताल यथावत छ।
आउँदो बर्खासम्म मर्मत र जोखिम व्यवस्थापन गरिएन भने पहिरो पुनः खसेर नदी थुनिन सक्ने शर्माको भनाइ छ। पहिरोका कारण त्यस क्षेत्रबाट अवरुद्ध भएको ६७ मेगावाट बिजुलीमध्ये अझै केही आयोजना क्षतिग्रस्त छन्। नेपाल विद्युत प्राधिकरणको १० मेगावाटको सुनकोसी विद्युतगृहको भत्केको दुई ढोका बनाइएको छैन। तैपनि उक्त आयोजनाबाट अहिले पाँच मेगावाट बिजुली उत्पादन भइरहेको केन्द्र प्रमुख सुरज दाहालले बताए।
‘बाढीले क्षतिग्रस्त दुई ढोका मर्मत गर्न ठेक्का प्रक्रिया सुरु भइसकेको छ,' उनले नागरिकसँग भने, ‘६ महिनाभित्र मर्मत सकिन्छ होला बर्खामा १० मेगावाट नै उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको छ।' सानिमा हाइड्रोपावर कम्पनीले बनाएको साढे दुई मेगावाट सुनकोसीको विद्युतगृह डुबेका कारण यसको मर्मत गरिएको छैन। उक्त कम्पनीले सरकारसँग क्षतिपूर्ति मागिरहेको छ।
त्यस क्षेत्रका अधिकांश आयोजना त सञ्चालनमा आइसकेका छन्। अन्यको मर्मत भइरहेको छ तर थुनिएको पानी खोलेर सडक मर्मत नगर्दासम्म पुनः हुने दुर्घटना टार्न नसकिने विभागका उप–महानिर्देशक शर्माले बताए। थुनिएको पानी खोल्ने काम अन्य वातावरण तथा जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयलाई दिए बाटोको काम ६ महिनाभित्र सजिलै सकिने उनको तर्क छ। चार महिनासम्म काम गरे पनि बीचमा नेपाली सेनाले काम छोड्दा थप समस्या आएको सडक विभागका अधिकारी बताउँछन्।
दिनमा सयौं सवारी लामोसाँघु हुँदै दोलखा, रामेछापसम्म चल्ने गर्छन्। नदीछेउबाट सानो ट्र्याक खोलिएको छ। त्यहाँबाट ठूला गाडी तथा ट्रक चल्न सक्दैनन्। नेपाल उद्योग वाणिज्य महासंघ र केही व्यवसायीको सहकार्यमा करिब तीन किलोमिटर वैकल्पिक सडक खनिएको छ। खासासँगको व्यापारका लागि उद्योगीले नै त्यो बाटो खनेका थिए।
उक्त सडक खण्डमा सवारी यातायात अहिले सामान्यजस्तो देखिए पनि आउँदो बर्खासम्म पहिरो पन्छाएर मर्मत नगर्ने हो भने पुनः पहिरो खसेर बाह्रबीसे बजारसमेत डुबाउन सक्ने एक स्थानीयले नागरिकलाई बताए। ‘पहिरोले सयौं स्थानीय विस्थापित भए, कति बेघरबार भए,' ती स्थानीयले भने, ‘सरकारबाट कतिले अहिलेसम्म राहत पाएका छैनन्।' फेरि यस्तै बिपत्ति आउने संकेत देखिएको छ तर सरकारले बेवास्ता गरेको उनको गुनासो छ।
जुरेमा फेरि पहिरो गयो भने यो वर्षभन्दा ठूलो मानव क्षति हुने स्थानीयको दाबी छ। अहिले त्यहाँ सडक विभागका केही स्काभेटरले पहिरो पन्छाउने काम गरिरहेका छन्। दोलखा रामेछाप चल्ने गाडी र खासाबाट आउने ठूला मालबाहक ट्रक घन्टौं रोकिएर त्यहाँबाट पार हुने गरेका छन्।