इलाम- 'भारतखण्डे उत्तरायणे, स्वर्णभूमि पुण्यभूमि' जगन्नाथ शर्माले पक्कै यो उक्ति सुनेका थिए। त्यसैले उनी भारतको हरियाणास्थित सरसोदबाट २०१८ सालमा इलाम आइपुगे। पूर्वमा ब्रम्हपुत्र, पश्चिममा हिन्दुकुश, उत्तरमा मानसरोवर र दक्षिणमा गंगासम्मलाई हिमवतखण्ड भनिन्छ। हिन्दु धर्म मान्ने शर्मा त्यो उपनिषदमा भारतमाथिको 'स्वर्णभूमि पुण्यभूमि' भनिएको नेपाली भूभागलाई कर्मथलो बनाउन आतुर हुँदै मधेशबाट पहाड उक्लिएका थिए।
हरियाणाको हिसारबाट श्रीमती सुरजीदेवीस"गै तीन छोरा लिएर रेल चढेका शर्मा जलपाइगुडी ओर्लिंदा छक्क थिएनन्। त्यो उनले पहिल्यै टेकेको भूमि थियो। छक्क त कलिलै उमेरका छोराहरु थिए, जो खरसाङको उकालो हु"दै घूमपहाड फेरो मारेर बुबा आमास"ग मानेभञ्ज्याङबाट इलामतिर आउ"दैथिए। ५३ वर्षअघि त्यसरी इलाम भित्रिएको हरियाणाको शर्मा परिवार अहिलेसम्मै इलाम छ। 'पवित्र भूमि' नेपालमा उनीहरुको पहिचान फेरि"दैछ।
करिब ४० वर्षको उमेरमा इलाम आइपुगेका जगन्नाथ (पण्डित मोदी) स्वर्गवास भइसकेका छन्। सुरजीदेवी पनि संसारमा छैनन्। तर, उनीहरुकै हात समाएर आएका छोराहरु राजकुमार, सुकवीर, वेदप्रकाश इलाममा 'ठूला व्यापारी' मानिन्छन्। इलाममै जन्मेका हरिकेश पनि व्यापारमा जम्दैछन्। छोरी सकुन्तला चाहि" विवाहपछि भारत छन्। सन्तानको हाँगो जति फैलि"दैछ, इलामको व्यापारमा उनीहरुको वर्चस्व उत्तिकै गतिमा मौलाइरहेको छ।
रोजगारीको खोजीमा धेरै नेपाली भारततिर भौतारिरह"दा भारतीय शर्मा परिवारको प्रगति लोभलाग्दो छ। पुर्ख्यौली थलो हिसारको जहाजपुरमा धेरै नेपालीको दुःख देखेका उनीहरु इलाममै मालामाल छन्। नेपाल–भारतबीच सदियौंदेखिको सम्बन्ध मजबुत पार्न शर्मा जस्तै परिवारको दरिलो साथ छ। अध्ययन, विहावारी, उपचार, व्यापार निम्ति भारत आउजाउ गरिरहने उनीहरु अचेल 'इलामलाई पहिलो, हरियाणालाई दोस्रो' घर भन्न रुचाउ"छन्।
नेपाली संस्कृतिस"ग अभ्यस्त बन्दै जा"दा छोरा खालले नेपालबाटै विवाह गरेका छन्। इलामेली संस्कृतिमा घुलमिल हु"दा छोरी बुहारीको मुहारबाट घुम्टो हटेको छ। व्यापारको कमाइबाट सामाजिक कामलाई थोरबहुत सघाउ"दैछन्। ५३ वर्षमा शर्मा परिवारको चौथो पुस्ता हुर्किंदैछ। जगन्नाथका दुई पनाति जन्मिइसकेका छन् तर कसैले भारत फर्किने मन गरेका छैनन्। संस्कृति मिल्दोजुल्दो हु"दा नेपालमै उनीहरु भिजेका छन्।
मिठाइमा मन
'मिठाइ होस् त मोदीको जस्तो' इलाममा ग्रामीण भेगका बुढापाका भन्दै हुन्छन्, 'जिब्रोमै झुन्डिने स्वादको हुन्छ।' २०३० सालदेखि सदरमुकामस्थित चोकबजार नजिकै पण्डित मोदीले सुरु गरेको मिठाइ दोकान कायमै छ। इलामको पर्याय मानिने 'बम्बइसन' नामक दूधजन्य परिकार चल्तीमा ल्याउने मोदी नै हुन्। कोसेलीका रुपमा मनग्गे कारोबार हुने बम्बइसन इलामेलीको प्रिय मिठाइ हो। इलामबाटै सुरु भएर पूर्वमा यसको व्यापार फैलि"दो छ।
बुवाले सुरु गरेको मिठाइ व्यापारको विरासत जेठा राजकुमार र माइला सुकवीरले थामेका छन्। 'शर्मा मिष्ठान्न भण्डार' र 'अंकित मिष्ठान्न भण्डार' चल्तीका पसल हुन्। दैनिक हजारौं रुपैया"को कारोवार हुने पसल चाडवाडमा झनै खचाखच हुन्छन्। आठ/आठजना कामदार राखेका उनीहरु स्वयं बिहानदेखि बेलुकीसम्म व्यस्त रहन्छन्। पसलमा बम्बइसन, मालपुवा, जेरी, रसभरी, लालमोहन, लड्डुसहित मिठाइका धेरै परिकार पाइन्छन्।
'सुरुमा चिया दोकान भनिन्थ्यो, अचेल मिठाइ दोकान,' आफ्नो व्यापारबारे राजकुमार भन्छन्, 'पहिले दुइटा कुर्सी टेबल राख्दा पसल चल्थ्यो, अचेल धेरै कुरा जुटाउनुपर्छ।' बदलि"दो समाजमा व्यापार शैली बदलिने नै भयो। त्यो उनीहरुलाई राम्रै थाहा छ। त्यसैले चोकमा पुरानो पसल भत्काएर नया" घर बन्दैछ। जग्गामात्रै एक करोड ६५ लाख रुपैया"को। घर बनाइसक्दा लगानी धेरै हुन्छ। तर उनीहरु चिन्तित छैनन्। छिट्टै लगानी उठ्नेमा ढुक्क छन्।
ट्याक्सी स्ट्यान्ड नजिकै साइँला वेदप्रकाशको 'प्रियंका मिष्ठान्न भण्डार' पनि चल्तीमै छ। पाइने परिकार उस्तै हुन्। नेपाली व्यवसायीले दूधजन्य परिकारबाट मिठाइ बनाउने कौशल नपछ्याइरहेका बेला उनीहरुको व्यवसाय उदाहरणीय लाग्छ। 'बुबाले जे सिकाउनुभो त्यही पेसा जीवन बिताउने माध्यम भो,' कम बोल्ने वेदप्रकाश मुस्कुराए, 'झर्को नमानी काम गर्दा असफल नभइने रहेछ, मिठाइको काममा मन भिज्यो भने मात्रै प्रगति हुन्छ।'
व्यापारमा बठ्याइँ
'व्यापार गर्नु त मोदीको जस्तो' इलामका व्यापारीमाझ यो पनि चल्तीकै ठट्यौली हो, 'जस्तै चुइयाँसँग पनि पैसा झार्ने गरी पगाल्छ।' शर्मा परिवारको विशेषता नै बिनम्र, इमान र लगन हो। हरेक ग्राहकस"ग निकट हु"दै मन जित्न खोज्ने, मुस्कुराउ"दै अर्डर लिने र अपेक्षा गरेकै सेवा दिनाले व्यापारमा उनीहरु सफल भएका हुन्। ग्राहकले ५० रुपैया"को परिकार माग्दा एक सयको पस्किएर पनि पैसा असुल्न सक्ने व्यापारिक कौशल उनीहरुमा भेटिन्छ।
'हामीले सबै नचिने पनि इलामबासी प्रायःले हामीलाई चिन्छन्,' पसलमै भेटिएका सुकवीर सुनाउ"छन्, 'हरेकस"ग आत्मीय व्यवहार हुन्छ, कसैले पैसा खर्चिन आनाकानी गर्दैनन्।' सदरमुकाममा हाट लाग्ने दिन आइतबार र बिहीबार मिष्ठान्न भण्डारमा भीडभाड हुन्छ। गाउ"बाट आउने धेरैजसो मोदीको पसल छिर्न भुल्दैनन्। कार्यालयका सेवाग्राही, संघ–संस्थाका कर्मचारी, सुरक्षाकर्मी, यात्रुदेखि राजनीतिकर्मी, विद्यार्थीसमेत उनीहरुकै पसलमा छिर्छन्।
इलामेलीले मोदीको मिठाइ रोज्ने कारण थुप्रै छन्। विश्वास जितेकालाई उनीहरु बा"की दिन डराउ"दैनन्। कामदार राखेकाले अर्डर गर्नासाथ भनेकै ठाउ" सामान पुर्यािउ"छन्। झर्कोफर्को गर्दैनन्। कतिसम्म भने, काबेली पुल उद्घाटनका बेला पा"चथर–ताप्लेजुङ सीमासम्म उनीहरुकै पसलको खाजा लगिएको थियो। पसलदेखि ४०/५० किलोमिटर टाढाका पशुपतिनगर, फिक्कल, कन्याम, रा"के, मंगलबारे, गजुरमुखीतिरबाट त बाक्लै अर्डर आउँछ।
'व्यापार गरेको यतिका वर्षमा कसैस"ग झैझगडा परेको छैन,' सुकवीर सम्भि्कन्छन्, 'हामीले सकेको सेवा दिएका छौं, ग्राहक सन्तुष्टै होलान् र त ठाकठुक पर्दैन।' त्यसैको फल, शर्माका चार दाजुभाइले चोकबजारभित्रै चार घर बनाइसकेका छन्। पसल, स्टोर र घरमा राखिएका सामग्री उत्तिकै छन्। सबै सम्पत्ति जोड्दा सात करोड रुपैया"भन्दा धेरैका मालिक उनीहरु श्रम गर्न हिच्किचाउ"दैनन्। भुइँ पुछ्नेदेखि पैसा बु‰नेसम्म आफैं गर्छन्।
नेपालै प्यारो
'यतै जन्मेर होला, मलाई त नेपालै प्यारो,' शर्मा परिवारका कान्छा हरिकेश भन्छन्, 'हरियाणा त काम पर्दामात्रै आउजाउ हो।' हरियाणाबाटै विवाह गरेका उनी किराना पसल गर्छन्। ठूलो छोरा अभिषेकलाई भारतकै ग्वालियरमा मोडलिङ पढाउ"दैछन्। कान्छो र छोरी इलाममै अध्ययनरत छन्। स्कुलै इलाम पढेकाले पनि उनका दौंतरी धेरै छन्। उनीजस्तै छोराछोरी पनि हिन्दी बोल्न अप्ठेरो मान्छन्। संस्कृति नेपाली नै मनाउ"छन्।
जेठाका छोरा सशील, सुनील र अनिल हुन्। दुईजना बुबास"गै मिठाइ पसलमा संलग्न छन्। एकजनाको कस्मेटिक पसल छ। माइलाका छोराद्वय गोविन्द र नितेशले मिठाइ र किराना पसलमा हात हालेका छन्। साइँलाका दुई छोरामध्ये उज्ज्वल यतै छन् प्रज्ज्वल बैंग्लौर पढ्दैछन्। छोरीहरुको विवाह आफ्नै समुदायका युवकस"ग नेपालतिरै हुन थालेको छ। दसैं, तिहार जस्ता नेपाली पर्वमा उनीहरु उत्तिकै रमाउ"छन्। भाइटीका लगाउने चलन पुरानो हु"दैछ।
जन्मथलो मात्र होइन, देशै माया मारेर इलाम छिरेको लामो समय बित्दा पनि तीन दाजुभाइले नेपाली नागरिकता पाएका छैनन्। व्यापारमा नमूना बन्दै घर जग्गा जोडेर इलामेलीस"ग लामो समयदेखि घुलमिल हु"दासमेत राष्ट्रियताको कुरा झिकेर नागरिकता नदिइएकोमा उनीहरु दुःखी छन्। 'पोहोरको संविधानसभा चुनावमा त नागरिकता नभएको भनेर भोटै हाल्न दिइएन,' राजकुमारले सुनाए, 'यतिको विश्वास जित्दा नि हामीलाई पत्याइएन।'
छोरा खाललाई भने नागरिकताको समस्या छैन। सबैजना स्थानीय स्कुल कलेज पढ्दै उच्च शिक्षालाई अन्यत्र जान पाएका छन्। बुबास"गै आएका चार तथा पहिलेदेखि बसेका झन्डै ५० भारतीय मारवाडी परिवार पलायन भइसक्दासमेत शर्माहरु यहीँ छन्। 'बुबाले रोजेको ठाउ"मा हामी खुसी छौं, व्यापारमा सफलता असफलता भनेको आफैंमा भर पर्ने कुरा हो,' सुकवीर भन्छन्, 'बुवा यहीँ बित्नुभो, हामी बूढा हु"दै छौं, छोरा नाति यतै रहन्छन्।'