काठमाडौं- खाना पकाउने एलपी ग्यास आयात तथा बिक्रीवितरण गर्ने ५५ कम्पनीमध्ये झन्डै आधा मापदण्डविपरीत सञ्चालन हुँदै आए पनि आयल निगमले कारबाही गर्न सकेको छैन। भारतबाट ग्यास आयात गरी सिलिन्डरमा भरेर बेच्ने यी सबै कम्पनी महिनाको ५ सय टन कारोबार गर्ने गरी खुलेका हुन्। यसमध्ये २३ वटाले त्योभन्दा बढी बिक्री गर्न थालिसके। तर, उनीहरूले आफ्नो प्राविधिक क्षमता र अन्य मापदण्ड त्यसअनुरुप वृद्धि गरेका छैनन्। यसले सुरक्षा जोखिम बढाए पनि कारबाही हुन नसकेको निगमका अधिकारीहरू बताउँछन्।
नेपालमा सञ्चालित ग्यास उद्योगहरूले भारतीय तेल उद्योग सुरक्षा निर्देशनालयले बनाएको 'ओआइएसडी १६९' मापदण्ड पालना गर्नुपर्ने नियम छ। त्यसअनुसार एउटा उद्योगले मासिक ५ सय टनभन्दा बढी ग्यास 'रिफिलिङ' गर्न पाउँदैनन्। बढी रिफिलिङ गर्न सुरक्षा तथा गुणस्तरसम्बन्धी छुट्टै नियम पालना गर्नुपर्छ, जसलाई 'ओआइएसडी १४४' भनिन्छ। नेपालमा झन्डै आधा उद्योगले महिनाको ५ सय टनभन्दा बढी ग्यास बेच्न थालिसके पनि ओआइएसडी १४४ मापदण्ड अनुसरण नगरेको आयल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताए।
'ओआइएसडी १६९ ले सानो क्षमताका आधारमा पूर्वाधार मापदण्ड तोकेको हुन्छ, बढी कारोबार गर्दा पूर्वाधार त्यहीअनुरुप बढाउँदै लैजानुपर्छ,' उनले बिहीबार नागरिकसँग भने, 'नेपालमा धेरै उद्योगले कारोबार मात्र बढाएका छन्, पूर्वाधार बढाएका छैनन्।' यसरी कारोबार परिमाणअनुसार पूर्वाधार नबढाउनु गैरकानुनी र जोखिमपूर्ण भएको उनले बताए।
अधिकांश ग्यास उद्योगले आफ्नो स्टोरेज ट्यांकबाट ३० मिटरसम्म मात्र खाली जग्गा छाडेका छन्। जबकि, मासिक ५ सय टनभन्दा बढी ग्यास भर्नेले ६० मिटरसम्म खाली जग्गा छोड्नुपर्छ। 'क्षेत्रफल विस्तार नगरी उद्योगको क्षमता मात्र बढाउँदा ग्यास विस्फोट भएको अवस्थामा ठूलै जोखिम हुनसक्छ,' प्रवक्ता घिमिरेले भने।
यस्तो जोखिमपूर्ण अवस्थाबारे थाहा पाउँदा पाउँदै निगमले अहिलेसम्म कसैलाई पनि कारबाही गर्न सकेको छैन। कारबाही गर्न खोजे धेरै उद्योग बन्द गर्नुपर्ने अवस्था आउने भएकाले यसमा हात नहालेको निगमका अधिकारी बताउँछन्।
एलपी ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरेले पनि मापदण्डअनुरुप उद्योग सञ्चालन हुन नसकेको स्वीकार गरे। 'धेरै उद्योगले यो नियम पछ्याएका छैनन्,' उनले नागरिकसँग भने, 'यो नेपालको समस्या हो।'
उनका अनुसार नेपालमा ग्यास प्लान्ट खोल्न कुनै ऐनकानुन छैन। भारतमा भएको कानुनलाई नै अनुसरण गरेर नेपालमा ग्यास प्लान्ट खोल्नुपर्ने अवस्था रहेको उनको भनाइ छ। 'ओआइएसडी १४४ अनुसार उद्योग सञ्चालन गर्नुपर्ने भए धेरै बन्द हुनेछन्,' उनले भने।
अहिलेपनि नेपालसँग नयाँ ग्यास प्लान्ट खोल्न कुनै पनि मापदण्ड बनेको छैन। भारतमै रहेको मापदण्डलाई नेपालले मान्दै आएको छ। उद्योगीले नयाँ ग्यास प्लान्ट खोल्दा नै भारतमा नक्सा पारित गराउनुपर्छ। त्यहीअनुरुप आयल निगमले अनुगमन गर्ने नियम छ। तर, उद्योगको क्षमता कति छ भन्नेबारे निगम आफैंसँग जानकारी छैन।
ओआइएसडी १६९ अनुसार एउटा उद्योगको क्षमता सय टनभन्दा बढी हुन नहुने, एक सिफ्टमा २० टन ग्यास फिलिङ गर्नुपर्ने, कम्तीमा दुईवटा स्टोरेज ट्यांकी हुनुपर्ने प्रावधान तोकिएको छ।
ओआइएसडी १४४ मापदण्डअनुसार १० देखि २० टन क्षमता भएका उद्योगले १५ मिटर जग्गा छोडनुपर्छ भने २१ देखि ४० टन क्षमता भएकालाई २० मिटर छोड्नुपर्ने नियम छ। त्यस्तै, ४१ देखि ३५० टन क्षमता भएकालाई ३० मिटर, ३५१ देखि ४५० टनलाई ४०, ४५१ देखि ७५० टन क्षमतालाई ६०, ७५१ देखि ३,८०० टन क्षमता भएकालाई ९० मिटर खाली भाग छोडनुपर्छ।
नेपालमा बाबा ग्यासको मासिक कोटा १ हजार ८ सय ३४ टन, भानुको ५ सय ५९, भेरीको ८ सय ८४, एभरेस्ट ८ सय ९५, गौरीशंकर ८ सय ४९, गृहलक्ष्मी ८ सय १८, हिमालय पेटोकेमिकल ९ सय ३० टन छ। त्यस्तै, जानकी ५ सय ७१, कोसी एक हजार ९ सय ४, लुम्बिनी ५ सय १०, मनकामना ६ सय ९५, मारुती ६ सय ४०, एनएल ५ सय ५९, नारायणी ५ सय ७९, नेपाल ग्यास २ हजार एक सय ५४, ओम ५ सय ८२, प्राइमा ५ सय ६०, सगरमाथा ८ सय ८३, साइबाबा ९ सय ६०, शक्ति ८ सय ८, श्रीकृष्ण ५ सय ४६, श्रीराम ५ सय ९७, सिद्धार्थ ८ सय ५७ र सूर्य ग्यासको ६ सय ४ टन कोटा तोकिएको छ।