बिजुलीमा दुई अर्ब स्वाहा
०९ फागुन २०७१
•
९ मिनेट पाठ
बिजुलीमा दुई अर्ब स्वाहा
काठमाडौं-सरकारले तोकिएको समयमा काम नगरेको भन्दै १२ जलविद्युत आयोजनाको अनुमतिपत्र खारेज गर्दा आयोजना निर्माणमा खर्च भएको झन्डै २ अर्ब रुपैयाँ डुबेको छ। निर्माण भइरहेका, अध्ययन सकिएका, वित्तीय स्रोत जुटाउँदै गरेका र विद्युत खरिद सम्झौता (पिपिए) गर्ने तयारीका आयोजना खारेज हुँदा तिनको लगानी खेर गएको हो।‘समयमा काम नगरी खोला ओगटेको' उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको निर्देशनअनुसार मन्त्रालयले तीन साताअघि अनुमतिपत्र खारेज गर्ने निर्णय लिएको थियो।
निर्माण सुरु भएका तल्लो इन्द्रावती साढे चार मेगावाट, माथिल्लो सोलुखोला १८ मेगावाट र माथिल्लो खोरंगाखोला साढे सात मेगावाटका आयोजना खारेजी निर्णयबाट प्रत्यक्ष मारमा परेका छन्। इन्द्रावतीको निर्माण करिब ५० प्रतिशत सकिएको र अन्यले पहुँच मार्गसँगै सुरुङ निर्माण सुरु गरिसकेका थिए। तिनले हालसम्म क्रमशः ६२ करोड, २५ करोड र ७ करोड रुपैयाँ खर्च गरिसकेका छन्।
निर्माण सुरु भएका आयोजनाको अनुमतिपत्र खारेज हुँदा साढे २९ मेगावाट बिजुली खेर गएको छ। सरकारको यस्तो निर्णयले १२ आयोजनाको झन्डै २ सय मेगावाट बिजुली उत्पादन नहुने भएको छ। यही परिमाणको बिजुली भारतबाट ल्याउन प्राधिकरणले वार्षिक करिब १५ अर्ब रुपैयाँ खर्च गर्छ। तोकिएका आयोजना नबनेपछि तीन वर्षमा लोडसेडिङ अन्त्य गर्ने योजना कागजमै सीमित हुने भएको छ। 
अध्ययनको काम सकेर पिपिए गर्न प्राधिकरणमा आवेदन दिएको महिनौंसम्म निर्णय नहुँदा लगानी खेर गएको तेह्रथुम पावर कम्पनी (माथिल्लो खोरंगाखोला) का कार्यकारी निर्देशक मोहनकुमार डाँगीले बताए। ‘मन्त्रालयले अनुमतिपत्र दिएर एक वर्षभित्र पिपिए गरी वित्तीय स्रोत जुटाउन निर्देशन दिन्छ, तर समयमा विद्युत प्राधिकरणले पिपिए गर्दैन,' उनले शनिबार नागरिकसँग भने, ‘पिपिए नगरी बैंकले ऋण दिने निश्चित हुँदैन।' सरकारले चेपुवामा पारेर साना लगानीकर्तालाई मार्न खोजेको उनको तर्क छ।
अध्ययन अनुमतिपत्र लिएका बुकुखोला ६ मेगावाट, करुवाखोला ३६ मेगावाट र ६० मेगावाटको भोटेकोसी–५ का प्रवर्द्धकले आयोजनामा हालसम्म क्रमशः साढे ७ करोड, ९ करोड र १६ करोड रुपैयाँ खर्च गरिसकेको जानकारी दिएका छन्। तर, यी आयोजनाका प्रवर्द्धकले विद्युत ऐनले तोकेभन्दा बढी समय अनुमतिपत्र ओगटेकोकाले खारेज गरिएको ऊर्जा सचिव राजेन्द्रकिशोर क्षत्रीले बताए। उत्पादन अनुमतिपत्र लिएका आयोजना खारेजीका कारणबारे भने मन्त्रालयका अधिकारी अख्तियारको निर्देशन कार्यान्वयन गरेको तर्क दिन्छन्।
तल्लो बलेफी २० मेगावाट, माथिल्लो मैलुङ १४.३ मेगावाट, साढे १७ मेगावाट छहारेखोला, ९.९ मेगावाट इंगुवाखोला, साढे चार मेगावाट बलेफी र ३.४ मेगावाटको मिदिमखोला उत्पादन अनुमतिपत्र लिएर पिपिए गर्ने र वित्तीय स्रोत जुटाउने तयारीमा थिए। विद्युत नियमावली २०५० अनुसार उत्पादन अनुमतिपत्र लिएको एक वर्षभित्र प्रवर्द्धकले पिपिए र वित्तीय स्रोत जुटाएर निर्माण सुरु गर्नुपर्छ।
अनुमतिपत्रमा थपघट वा संशोधन गर्नुपरे प्रचलित कानुनको अधिनमा रही सरकार, ऊर्जा मन्त्रालय र प्रवर्द्धकको आपसी सहमतिमा गर्न सकिने विनियमावलीमा छ। ‘प्राधिकरणले समयमै पिपिए नगर्दा समय बित्दै जान्छ, मन्त्रालय र विद्युत विकास विभागले यसको ख्याल गर्दैनन् र हचुवामा अनुमतिपत्र खारेज गर्छन्,' डाँगीले भने। सरकारले जलविद्युत विकासमा निजी क्षेत्रलाई आकर्षण गर्ने घोषणा गरे पनि व्यवहारमा उल्टो गर्ने गरेको उनले बताए।
सचिव क्षत्रीले काम गरिरहेका आयोजनाको अनुमति खोरज गर्न व्यावहारिक रुपले नमिल्ने बताउँदै आए पनि अख्तियारको ताकेतापछि खारेज गरेका हुन्। ‘अख्तियारले निर्देशन दिएपछि पालना गर्नुपर्छ, नियमअनुसार नै अनुमति खारेज गरिएको हो,' उनले भने। 
बुटवल पावर कम्पनी (बिपिसी) ले अनुमतिपत्र लिएको ३७.६ मेगावाटको काबेली–ए भने मन्त्री राधा ज्ञवाली र सचिवको पहलमा मन्त्रिपरिषदबाट खारेजी निर्णय उल्ट्याइएको छ। काबेलीमा अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले ऋण दिने टुंगो लागेकाले निर्णय उल्ट्याइएको मन्त्रालयका अधिकारीको भनाइ छ। ‘विदेशी लगानीलाई कानुन मिचेर सुविधा दिने तर स्वदेशीलाई पाखा लगाउने सरकारको नियतले निजी क्षेत्रले अर्बौं रुपैयाँ खोलामा बगाएको छ,' स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इपान) का उपाध्यक्ष शैलेन्द्र गुरागाईंले भने। सरकारले विभेदपूर्ण निर्णय फिर्ता नलिए संयुक्त रुपमा अदालत जाने उनले बताए।
बिपिसीले नै अनुमति लिएको ३० मेगावाटको न्यादीको पिपिए गर्ने र वित्तीय स्रोत जुटाउने म्याद सकिए पनि मन्त्रालयले हालै म्याद थपेको छ। यसले अनुमतिपत्र लिएको चार वर्ष भए पनि अझै लगानी जुटाएको छैन। मन्त्रालयले भने निरन्तर म्याद थप्दै आएको छ। मोटो रकम ‘कमिसन लिएर' सचिवले यस्ता आयोजनाको म्याद थप्ने गरेको निजी क्षेत्रको आरोप छ। काबेलीको निर्णय उल्ट्याउन अख्तियारका उच्च अधिकारीको समेत ‘मिलेमतो' रहेको एक प्रवर्द्धकले दाबी गरे। 
विद्युत ऐन, २०४९ को दफा ५ अनुसार आयोजनाको अध्ययन गर्न बढीमा पाँच वर्ष अनुमतिपत्र दिइन्छ। इपानका उपाध्यक्ष गुरागाइँले अवधि पूरा नहुँदै सरकारले अन्यायपूर्ण तरिकाले आयोजना खारेज गरेको बताए। ‘वन, वातावरण मन्त्रालयले वातावरणीय अध्ययन स्वीकृत गर्न महिनौं लगाउँछन्,' उनले भने, ‘मन्त्रालयले त्यत्तिकै झुलाउँछ, प्राधिकरणले भनेको समयमा पिपिए गर्दैन।' 
सरकारी निकायले समयमा काम नगरिदिने र दोष प्रवर्द्धकलाई दिने परिपाटीले निजी क्षेत्र निरुत्साहित भएको उनको तर्क छ।
साना लगनाीकर्ताबाट विरोध भएपछि मन्त्री ज्ञवालीले खारेजीमा परेका आयोजनाको निर्णय उल्ट्याउन अब बस्ने मन्त्रिपरिषद बैठकमा लैजाने तयारी गरेकी छन्। ‘सचिव निर्णय उल्ट्याउने पक्षमा नरहे पनि मन्त्रीकै पहलमा मन्त्रिपरिषद लैजाने तयारी भएको छ,' मन्त्रालय स्रोतले भन्यो। संसदको कृषि तथा जलस्रोत समितिले अख्तियारले खारेज गर्ने निर्देशन दिएका आयोजनाको प्रगति हेरेर मात्र निर्णय गर्न गत पुस १ मा मन्त्रालयलाई निर्देशन दिएको थियो। तर, मन्त्रालयले समितिको निर्देशन लत्याएर जथाभाबी निर्णय गरेको प्रवर्द्धक दाबी गर्छन्।


अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस