चितवन-आन्तरिक राजस्व कार्यालय भरतपुरले मूल्य अभिवृद्धिकर (भ्याट) बक्यौता राख्ने नौ व्यावसायिक प्रतिष्ठानको चल–अचल सम्पत्ति र बैंक खाता रोक्का राख्ने भएको छ। नौजनासँग ६० लाख ६५ हजार २ सय ४६ रुपैयाँ भ्याट बक्यौता रहेको कार्यालयले जनाएको छ। उनीहरुको सम्पत्ति रोक्का राख्न कार्यालयले आन्तरिक राजस्व विभागबाट स्वीकृत पाइसकेको छ।‘बक्यौता भ्याट नतिर्नेको सम्पत्ति रोक्का राख्न हामीले विभागमा स्वीकृतिका लागि माघ २७ मा नाम पठाएका थियौं। विभागले माघ २९ मा लिखित स्वीकृति दिएको छ। अब मालपोत कार्यालयलाई चिठी लेखेर उनीहरुको सम्पत्ति रोक्का राख्ने छौं,' कार्यालय प्रमुख टीकाराम भुसालले भने।
कार्यालयले रोक्का राख्नका लागि १३ व्यवसायिक प्रतिष्ठानको नाम विभाग पठाएको थियो। विभागबाट नाम स्वीकृत भएर आएपछि पनि चार प्रतिष्ठानले बक्यौता चुक्ता गरेका छन्। चुक्ता नगर्ने नौको रोक्का राख्न लागेको कार्यालय प्रमुख भुसालले बताए। ती चार प्रतिष्ठानबाट ४६ लाख ९४ हजार रुपैयाँ बक्यौता भ्याट असुल भएको उनले जानकारी दिए।
कार्यालयले नवीन अटो केयर, युनाइटेड मोटर्स, ई मार्क ट्रेड लिंक प्रालि, लाइफकेयर नेपाल प्रालि, आइल्यान्ड जंगल रिसोर्ट प्रालि, स्वस्तिक नेपाल प्रालि, न्यु चितवन ह्युम पाइप उद्योग, डिजिटेक नारायणगढ प्रालि र दिवा डिस्ट्रिब्युटर्स प्रालिका सञ्चालकको सम्पत्ति र बैंक खाता रोक्का गर्न लागेको हो। सम्पत्ति रोक्काको निर्णय लिनुअघि विभिन्न प्रक्रिया पार गरेको भुसालले बताए।
कार्यालयको कर संकलन शाखाका अधिकृत रामबहादुर केसीका अनुसार बक्यौता चुक्ता गर्न सुरुमा मौखिक जानकारी दिने गरिन्छ। मौखिक जानकारीपछि पनि चुक्ता गर्न नआए सम्बन्धित प्रतिष्ठानमा गएर पत्र बुझाउने उनले बताए। पत्र बुझाउँदा हप्ता दिन वा १५ दिनको म्याद राखेर बक्यौता चुक्ता गर्न भनिएको हुन्छ।
‘पत्र काटेपछि प्रायःले सम्पर्क गर्छन्। यति गर्दा पनि चुक्ता नगनेको सम्पत्ति रोक्का राख्नुपर्ने हुन्छ। त्यसो गर्दा पनि हामी कानुनी कारबाहीमा जान लाग्यौ भनेर एकपटक मौखिक जानकारी दिन्छौं,' अधिकृत थापाले भने। कर तिर्न पर्याप्त मौका दिने र कानुनी कारबाहीमा अन्तिममा मात्रै जाने गरेको अधिकृत थापाले बताए।
सम्पत्ति रोक्का लागि विभागले स्वीकृति दिएपछि पनि तिर्न आएका प्रतिष्ठान साइबाबा मेसिनरी सप्लायर्स, राज खैनी उद्योग, प्रशान्ति अटोसप र दन्तकाली पशुपति किराना पसलको सम्पत्ति रोक्का नहुने कार्यालय प्रमुख भुसालले जानकारी दिए। सम्पत्ति र बैंकखाता रोक्कापछि पनि भ्याट बक्यौता तिर्न विलम्ब गरे विदेश यात्रामा बन्देजसम्म लगाउन सकिने उनले बताए।
चितवन र नवलपरासीको दाउन्नेपूर्वको भूभागको राजस्व सो कार्यालयमा संकलन हुन्छ। कार्यालयमा २४ करोड ७१ लाख रुपैयाँ बक्यौता भ्याट छ। बक्यौतामध्ये चालु आर्थिक वर्षमा १४ करोड ५५ लाख रुपैयाँ उठाउने लक्ष्य राखेको कार्यालय प्रमुख भुुसालले जानकारी दिए। जसमध्ये माघसम्म सात करोड ६ लाख रुपैयाँ बक्यौता भ्याट उठेको उनले बताए।