एक वर्षभित्रै उद्योग विभाग डिजिटलमा
१२ फागुन २०७१
•
७ मिनेट पाठ
एक वर्षभित्रै उद्योग विभाग डिजिटलमा
काठमाडौं-उद्योग विभागलाई डिजिटल प्रविधिमा रुपान्तरण गरिने भएको छ। विभागअन्तर्गत हुने सम्पूर्ण काम छिटो र सरल बनाउन एक वर्षभित्र डिजिटल प्रविधिमा लैजाने तयारी छ।विश्व बैंकअन्तर्गतको इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आइएफसी) को सहयोगमा विभागलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्न लागिएको महानिर्देशक महेश्वर न्यौपानेले जानकारी दिए। ‘विभागका सम्पूर्ण कामलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्न हामीले गृहकार्य सुरु गरेका छौं,' महानिर्देशक न्यौपानेले भने, ‘एक वर्षभित्र यो काम सक्ने लक्ष्य छ।'
विभागलाई डिजिटल प्रविधियुक्त बनाउन आइएफसी तयार रहेको र केही समयभित्रै यससबन्धी सम्झौता हुने न्यौपानेले जानकारी दिए। उनका अनुसार ‘ग्याप एनालाइसिस'को काम सकिएको छ।
यसअघि आइएफसीको सहयोगमा कम्पनी रजिस्ट्रारको कार्यालयलाई डिजिटल प्रविधिमा लगिएको थियो। कम्पनी रजिस्ट्रारको कार्यालय डिजिटल भइसकेकोले उद्योग विभागलाई पनि त्यसै गर्न आइएफसीले चासो देखाएको हो। यसको लागि उसले तयारी पनि थालेको न्यौपानेले बताए।
आइएफसीले पनि विभागलाई डिजिटल प्रविधिमा लैजाने गृहकार्य सुरु भएको बताएको छ। आइएफसीका अनुसार यसको बजेटबारे छलफल भइरहेको छ। बैंकिङ क्षेत्र लगायतका संस्थाहरू पूर्ण डिजिटल भएको बेला उद्योग विभाग पनि डिजिटल प्रविधिमा जाओस् भन्ने चाहना भएकाले यो परियोजना कार्यान्वयन गर्न लागेको अइएफसीले बताएको छ।
आइएफसीले सफ्टवेयर र वेबसाइट निर्माण तथा तालिममा सहयोग गर्न तयार रहेको जनाएको छ। हार्डवेयर, कम्प्युटर, नेटवर्किङको काम विभागले नै गर्ने न्यौपानेले बताए। विभागको भागमा परेको हार्डवेयरसम्बन्धी कामको लागि ७० लाख रुपैयाँ बजेट मागेको उनले जानकारी गराए। ‘पहिलो चरणको लागि ७० लाख बजेट मागेको छु,' न्यौपानेले भने, ‘काम सुरु गर्न यो बजेट मागिएको हो।'
म्यानुअलमा धेरै त्रुटि भएकाले डिजिटल प्रविधिमा लगेर कामलाई सरल, छिटो र त्रुटिरहित बनाउन सहयोग गर्ने विभागले विश्वास लिएको छ। डिजिटल प्रविधिमा लान सकियो भने उद्योग विभागअर्न्तगतका सबै काम अनलाइनबाटै गर्न सकिने छ। उद्योग दर्ता, सेयर, पर्चेज, बिजनेस भिसा, इजाजत लिने, आइई लगायत सबै काम अनलाइनबाटै हुनेछन्। ‘डिजिटल प्रविधिमा गएपछि विदेशबाटै उद्योग दर्ता गर्न सकिने छ,' न्यौपानेले भने, ‘यसले कामलाई छिटो र सरल बनाउने छ।'
कम्पनी रजिस्ट्रारको कार्यालयमा हस्ताक्षर र भुक्तानीबाहेक सबै काम अनलाइनबाटै हुन्छ। यी दुई सुविधा पनि थप्न सके विभागको कार्यक्षमता बढ्नेछ। डिजिटल प्रविधिले आन्तरिक कार्य सम्पादन पनि धेरै छिटो र सरल बनाउने न्यौपानेले बताए। फाइलका चाङ एकबाट अर्को डेस्कमा ल्याउने लैजाने, स्टोर गरेर राख्ने लगायत समस्या हट्दै जानेछन्। कम्पनी रजिस्ट्रारको कार्यालय, भन्सार विभाग, आन्तरिक राजस्व कार्यालय लगायतका काम छिटो र एकै ठाउँबाट गर्न सकिने न्यौपानेले बताए।
‘यी कार्यालयलाई आन्तरिक नेटवर्किङबाट जोड्न सकियो भने सेवाग्राहीलाई धेरै सजिलो हुन्छ,' महानिर्देशक न्यौपानेले भने, ‘कम्पनी रजिस्ट्रारको कार्यालयमा एकपटक फाइल बुझाइसकेपछि अन्य कार्यालयमा पुनः कागजात बुझाइरहनु पर्ने झन्झट पनि हट्छ।' भन्सार विभाग, आन्तरिक राजस्व कार्यालय लगायत सेवा प्रवाह गर्ने निकाय अझै पूर्ण डिजिटल हुन सकेका छैनन्।
सेवा प्रवाही कार्यालयहरू डिजिटल प्रविधिमा जाँदा नेपालको ‘बिजनेस प्रफर्मेन्स' पनि राम्रो हुँदै गएको रिपोर्ट आएका छन्। कम्पनी रजिस्ट्रार कार्यालय डिजिटल प्रविधिमा गएपछि ‘डुइङ बिजनेस रिपोर्ट'मा नेपाल १० स्थान माथि उक्लेको न्यौपानेले बताए। विभागलाई पनि डिजिटलमा लैजानेबित्तिकै यसमा अझ माथि उक्लने उनको दाबी छ। ‘डुइङ बिजनेस रिपोर्ट' अनुसार व्यापार व्यवसाय गर्न सजिलोका हिसाबले नेपाल अहिले १ सय ८९ देशमा १ सय ८ नम्बरमा छ।
विभागको कार्यसम्पादन राम्रो होस् भनेर डिजिटल प्रविधिमा लैजान लागेको न्यौपानेले बताए। ‘यस विभागलाई पूर्ण डिजिटल बनाउने मेरो सपना हो,' उनले भने, ‘यसैका लागि नै म यहाँ आएको हुँ।' न्यौपाने दुई महिनाअघि विभाग आएका हुन्।
एकै थलोबाट लगानीकर्तालाई सेवा दिने एकद्वार प्रणाली लागू गर्ने उद्देश्यले डेढ महिनाअघि विदेशी लगानीकर्तालाई विजनेस भिसा दिन विभागले आफ्नै परिसरमा अध्यागमन एकाइ सुरु गरेको थियो। उद्योग मन्त्रालय र अन्तर्गतका सबै निकायलाई विस्तारै एकद्वार, ‘वान स्टप' प्रणाली हुँदै अनलाइन प्रणालीमा जोड्ने मन्त्रालयले जनाएको छ।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस