‘कहिले घर पुगौंला र बुबालाई भेटौंला'
१४ फागुन २०७१
•
१९ मिनेट पाठ
‘कहिले घर पुगौंला र बुबालाई भेटौंला'
काठमाडौं-‘बाबा!'
२८ महिनापछि फोनबाटै भए पनि बुबालाई बोलाउन पाउँदा उनमा खुसीको सीमै थिएन। बुबाको आवाज सुनेपछि एकछिन त अवाक् नै भए उनी। अनुहार एकाएक कालो–नीलो भयो। मोबाइल सेट समातिरहेका उनका हात काँपिरहेका थिए।
यति लामो समयपछि बुबासँग बोल्न पाएको, के भन्ने के, शब्द फेला पार्नै सकिरहेका थिएनन्।
केहीबेरमा साहस बटुले र लामो सास फेर्दै बोले, ‘म मीनबहादुर, तपाईंको छोरो!'पाकिस्तानको कराँचीस्थित जेलमा २८ महिना बन्दी जीवन बिताएर बिहीबार मात्र काठमाडौं आइपुगेका गुल्मी बरागाउँ–३ का मीनबहादुर सर्तुङ्गे मगरले पहिलो फोन बुबालाई नै गरेका थिए।
पाकिस्तानस्थित नेपाली दूतावासले उद्धार गरी उनलाई फर्काएको हो। बुधबार मात्रै उनी जेलमुक्त भएका थिए। पाकिस्तानकै एक संस्था साइवान इन्टरनेसनल वेलफेयर अर्गनाइजेसनले थाइल्यान्ड (बैंकक) हुँदै काठमाडौंसम्मको हवाई टिकट उपलब्ध गराएपछि जेलबाट छुटेकै भोलिपल्ट उनले मातृभूमि टेक्न पाए। साथमा एक रुपैयाँ नभएका उनलाई अनामनगरस्थित प्रवासी नेपाली समन्वय समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गुल्मीस्थित उनको घरसम्म पुर्यासइदिने जिम्मा लिएको छ।
मीनबहादुरको घरको स्थिति यस्तो छ कि, २८ महिना सम्पर्कविहीन भई विदेशी जेल बसेर फर्कंदा पनि उनलाई काठमाडौंमा लिन आउनेसम्म कोही भएन। आफन्त, नातागोता नभएर होइन, काठमाडौंसम्म आउने खर्च नभएर।
‘कहिले घर आउँ्क भा'छ, सकेसम्म यहाँबाट आजै हिँड्छु,' समितिको अनामनगरस्थित सेल्टरबाट उनी बुबालाई भन्दै थिए। जेल बस्दा उनलाई कहिल्यै परिवारका सदस्यसँग सम्पर्क गर्न दिइएको थिएन।




‘घरमा कुराकानी गर्ने?' सोध्नेबित्तिकै मीनबहादुरले बुबाको नम्बर खरर्र भनिहाले। ७७ वर्षीय बुबाको मोबाइल स्विच अफ थियो। फोन डायरीको पाना पल्टाउँदै उनले भाउजूलाई फोन गरे। बुबा त्यही मोबाइलमा भेटिए।
‘मोबाइल स्विच अफ नराख्नुस् है, म बुटवल आइपुगेपछि फोन गर्छु,' उत्साहित हुँदै मीनबहादुर बुबालाई भने। उनले ५ हजार रुपैयाँ खर्च तयार राख्न पनि आग्रह गरे बुबालाई। ‘कसैसँग सापट खोजेर भए पनि राख्नुस्, फेरि कमाएर तिरौंला,' जोडले हाँस्दै उनले कुराकानी टुंग्याए।
उनले बुटबलसम्मको मात्र रात्रिबस भेटे, गाउँसम्म जाने गाडी पाएनन्। शुक्रबार बिहान ५ बजेको गाडीको टिकट लिइएको छ तर गाउँ जान हतारिएका उनलाई जेलमा बिताएको २८ महिनाभन्दा बिहीबारको एकरात लामो हुने पक्का छ।
‘सबैभन्दा पहिले बाबालाई भेट्न मन लागेको छ, कहिले देखौंजस्तो भा'छ। आमा त म पाँच वर्ष हुँदा नै बित्नुभएको। उहाँले दोस्रो बिहे नगरी मलाई हुर्काउनुभयो, अहिले वृद्ध भइसक्नुभयो,' मीनबहादुरका आँखा रसिला भए।
...
आफ्नो खेतबारीको उब्जनीले आधा वर्ष पनि खान नपुग्ने भएपछि तामाङ परिवारले कान्छो छोरा मीनबहादुरलाई मजदुरी गर्न भारत पठाउने निर्णय लियो। उनी त्यतिबेला १८ वर्षका मात्र थिए, अहिले २६ वर्षका भए। भारत जानुअगावै सानै उमेरमा बिहे गरे। कामबाट बिदा मिल्नेबित्तिकै हुर्रेर नेपाल आउँथे। अन्तिमपटक नेपाल आई भारत फर्कंदा (३० महिनाअघि) उनको सानो छोरा साढे १ वर्ष र ठूलो छोरा साढे तीन वर्षका थिए। अहिले ४ र ६ वर्षका भए।
‘घरमा कमाउने कोही थिएन, भेना भारतमा काम गर्नुहुन्थ्यो, उहाँले जाऊँ भन्नुभयो,' मीनबहादुरले सुनाए, ‘कमाउनुपर्योष भनेर घरमा पनि सल्लाह भइरहेको थियो, त्यसैले पछि लागेर गएँ।'
उनले पाकिस्तानसँग सीमा जोडिएको भारतीय राज्य गुजरातलाई आफ्नो कर्मथलो बनाए। यो त्यही राज्य हो जहाँ अर्का एक नेपाली असहाय बालक जितबहादुर सारुमगरलाई भेट्टाएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हुर्काउने, बढाउने र पढाउने काम गरेका थिए। जवान जितबहादुरको अभिभावकको खोजी गरी गत अगस्टमा नेपाल भ्रमणमा आउँदा मोदीले अभिभावकलाई जिम्मा लगाए। तर सबै कहाँ भाग्यमानी हुन्छन् र? मीनबहादुरले समुन्द्री छालसँगै तैरेर पाकिस्तानको जेलसम्म जो पुग्नु थियो!
मीनबहादुरको सपना ठूलो थिएन। भारतमा ८–१० वर्ष काम गर्ने, केही रकम जम्मा गर्ने र नेपाल फर्की रासनपानीको दोकान चलाउने। उनको यो सपना अधुरै रह्यो। ‘भारतमा कमाएर रासनपानीको दोकान चलाउँछु भन्ने सोच्थेँ। खोइ अब त के गर्ने होला,' निराशाको बतास निस्कियो बोलीसँगै।
गुजरात पुगेपछि उनले ‘अपना होटल' मा भाँडा माझ्ने काम गर्न थाले। त्यहीँ वेटरको काम सिके। वेटर बनेपछि महिनाको ३ हजार ५ सय तलब पुग्यो। ‘तनखा राम्रो थिएन,' उनले भने, ‘खासै जोगाउनै सकिएन।' घरबाट पैसा मागिरहन्थे, त्यसले उनलाई बेलाबेला तनाब बढाउँथ्यो।
‘पढेलेखेको भए पो राम्रो काम पाइन्थ्यो, तनखा पनि राम्रो हुन्थ्यो,' उनले आफैंलाई व्यंग्य गरे।
गुजरातमा काम गर्दै जाँदा उनले थुप्रै भारतीय साथी बनाए। ३० महिनाअघि जतिबेला उनी नेपाल फर्केका थिए, एक जना भारतीय साथीले नयाँ रोजगारी प्रस्ताव गरे। ‘काम माछा मार्ने हो, यहाँभन्दा बढी तलब पाइन्छ। जाने हो,' साथीको प्रस्ताव उनलाई आकर्षक लाग्यो।
उनले उतिखेरै निर्णय सुनाए, ‘हुन्छ, काम कहिलेदेखि गर्नुपर्ने हो।'
...
वेटरबाट मीनबहादुर माछा मार्ने ‘मछवार' भए। उनको मासिक तलब भारू १० हजार (१६ हजार नेपाली रुपैयाँ) भयो। उनको काम अब दिनहुँ सानो पानीजहाजमा समुन्द्र माथिमाथि हिँड्ने, माछाको थान्कोमान्को गर्ने।
‘नेपालमा हुँदा खोलामा कहिलेकाहीँ एक–दुइटा माछा मारिएको थियो। समुन्द्रमा जहाजबाट जाल फिँजाउँदा त एकैपटक हजारौं माछा पर्ने रहेछ,' उनले अनुभव सुनाए।
भारतको गुजरात र पाकिस्तानको सिन्धबीच समुन्द्रमा उनीहरू माछा मार्न जान्थे। जहाजमा उनीहरू ६ जना हुन्थे, नेपाली भने उनी मात्रै। १० दिनसम्म जहाजमै बसेर काम गर्नुपर्ने, खाने, बस्ने सबै त्यहीँ। एकपटक जाल फ्याँकेर तीन घन्टा समुन्द्रको यताउति जहाज डुलाउँदा ५० हजारभन्दा बढी साना–ठूला माछा पर्थे। भारतीय रुपैयाँ ३० मा एक केजी माछा बिक्थ्यो रे।
‘माछा मार्न निस्कनुअघि चाहिने चामल, पानी सबै जहाजमै बोकेर जान्थ्यौं। सुत्ने, उठ्ने, खाने सबै काम जहाजमै हुन्थ्यो। तीन–चार ट्रकजति माछा मारेपछि मात्र हामी फर्कन्थ्यौं,' मीनबहादुरले सुनाए।
माछा मार्न जाँदा उनीहरू कम्तीमा ३–४ वटा जहाज लिएर सँगै निस्कन्थे। त्यसो गर्दा समुन्द्रमा आँधी आए वा अन्य आपतविपत परे एकअर्काको आड मिल्थ्यो। पानीजहाजमा ठूलाठूला आइस राखिन्थ्यो र त्यसको बीचमा मारेका माछा। माछाले जहाज भरिएपछि उनीहरू फर्कन्थे। भोलिपल्ट फेरि यही प्रक्रिया दोहोरिन्थ्यो।

माछा मार्ने ठाउँ पाकिस्तानको सिमानामा थियो। समुन्द्रमा दुई देशबीचको सिमाना यहीँनेर पर्छ भनेर छुट्ट्याउने निशाना केही थिएन। उनीहरू सधैं अनुमान लगाएर वरबाटै फर्कन्थे।
दुई महिना यसरी नै बित्यो।
सन् २०१२ सेप्टेम्बर १९ भने अघिल्ला दिनभन्दा फरक भयो। उनीहरू जहाजमा बसेर जाल फिँजाइरहेका बेला भारतीय झन्डा फहराउँदै एक जहाज उनीहरू सामुन्ने आएर रोकियो। जहाजमा रहेकासँग हतियार थियो। ‘स्टप' भन्ने आवाजसँगै उनीहरूको जहाज रोकियो। हतियारसहित आएकाहरू जहाजमा प्रवेश गरे। उनीहरू त समुन्द्री सुरक्षा हेर्ने पाकिस्तानी सुरक्षाकर्मी रहेछन्।
‘बिहानको समय थियो। भारतीय झन्डा भएको जहाज आएर रोक्न भनेपछि हामीलाई खासै डर लागेन तर उनीहरूले आफूहरू पाकिस्तानी सुरक्षाकर्मी भएको बताएपछि हाम्रो सातो उड्यो। पहिल्यै उनीहरू पाकिस्तानी सुरक्षाकर्मी हुन् भन्ने भेउ पाएको भए हामी भाग्थ्यौं होला,' उनले विपदको त्यो घडी सम्भि्कए।
जहाजमा चढेका पाकिस्तानी सुरक्षाकर्मीले सबैलाई आत्मसमर्पण गर्न भने। उनीहरूले त्यसै गरे। ‘को हौ तिमीहरू?' सुरक्षाकर्मीले सोधे।
उनीहरूले काँप्दै भने, ‘हामी भारतबाट माछा मार्न आएका!'
‘पाकिस्तानभित्र किन प्रवेश गरेको?' सुरक्षाकर्मीले निरन्तर प्रश्न गरिरहे।
‘हामीलाई थाहा भएन, जहाज चलाउनेलाई सोध्नुस्,' उनीहरूले भने।
उनीहरूले चालकलाई केही पर लगेर सोधपुछ गरे। त्यसपछि सबैलाई पाकिस्तानको कराँची पुर्या इयो।
एकदिन कराँचीकै प्रहरी थानामा राखियो। सोधपुछ गरियो। मीनबहादुरसहित १३ जना एकसाथ पक्राउ परेका थिए। सँगै पक्राउ परेका भारतीय साथीले ‘भारतीय हुँ भन, हामीसँगै फर्किन पाइन्छ' भनी उनलाई पहिल्यै सिकाएका थिए।
उनले त्यसै गरे।
‘तेरो नाम?' प्रहरीले सोधे।
मीनबहादुरले भने, ‘पम्फाबहादुर।'
‘घर?'
‘गुजरात।'
एकरात थानामा बिताएका उनीहरूलाई भोलिपल्ट कराँचीस्थित मलिर जेलमा लगियो, जहाँ मीनबहादुरले २८ महिना बिताए।
...
मलिर जेल पुगेको केही सातापछि पाकिस्तानस्थित भारतीय दूतावासका पदाधिकारी भेट्न पुगे। मीनबहादुरले भारतीय दूतावासका पदाधिकारीसँग आफू नेपाली भएको जानकारी गराए। उनले नेपाली दूतावासलाई भनिदिन आग्रह गरे। उनीहरू ‘हुन्छ' भन्दै फर्के। धेरै दिन बितेपछि उनले जेलकै सुरक्षाकर्मीलाई पनि आफू नेपाली भएको बताए, तर उनीहरूले पत्याएनन्।
जेल परेको सात महिना बित्न नपाउँदै आफूसँगै पक्राउ परेका १२ जना भारतीय जेलमुक्त भएर स्वदेश फर्के। त्यसपछि उनी एक्लिए। उनलाई अन्य भारतीयसँग सोही जेलभित्र राखियो। दिनमा तीन घन्टा जेलभित्रै अलि खुला ठाउँमा निस्कन दिइन्थ्यो। उनी त्यो समय आकाश हेरेर बिताउँथे। कहिले चरा भएर उड्दै नेपाल पुगेको कल्पना गर्थे त कहिले आफूलाई लिन कोही आउला कि भनी टोलाइरहन्थे।
‘भित्रभित्रै रुन्थेँ तर अरूले देख्ने गरी कहिल्यै रोइनँ,' उनका आँखा फेरि रसाए।
साताको एकदिन जेलभित्र एक अपरिचित आएर सोध्थे– केही अफ्ठेरो छ कि? खाना कस्तो छ? बस्न कस्तो छ? मीनबहादुरले तिनको नाम सोधे, थाहा पाए ‘हैदर अली'।
‘म यसरी, यति छिट्टै जेलमुक्त भई नेपाल आउँछु भन्ने कल्पनासमेत गरेको थिइनँ,' उनले सुनाए। एक दिन तिनै अलीसमक्ष उनले मनको बह पोखे। भने, ‘म भारतीय होइन, भारतमा काम गर्न आएको नेपाली हुँ।'
‘पहिला किन नभनेको? ठिक छ चिन्ता नलेऊ, म तिम्रो दूतावासमा जानकारी दिन्छु,' अलीले भने।
चार महिनाअघि उनले आफ्नो दुःख अलीलाई सुनाएका थिए। जेलभित्रबाट आफ्नो परिवारलाई सम्पर्क गर्न दिइँदैनथ्यो। उनले घरपरिवार र आफन्तको फोन नम्बर टिपेको डायरी र पर्स साथै राखेका थिए। तर जेलभित्र त्यो डायरी पल्टाउने अवसरसम्म जुटेन। ‘घरमा बुबा के गरिरहनुभएको होला, छोरा के गर्दै होलान् भन्ने कल्पना गरेर दिन काट्थेँ,' उनले भने।

अढाई महिनाअघि उनलाई कसैले सुनायो, ‘तिमीलाई भेट्न तिम्रो दूतावासबाट मान्छे आएका छन्।' सुन्नेबित्तिकै उनका आँखाबाट आँसु खस्यो। नभन्दै पाकिस्तानको इस्लामाबादस्थित नेपाली दूतावासबाट उनलाई भेट्न आएका थिए।
‘सुरुमा अब्बास नाम गरेका व्यक्ति आएका थिए,' उनले भने। अब्बासले कसरी पक्राउ परेको, कहिले पक्राउ परेको सबै विवरण बुझे र टिपे। मीनबहादुरले अब्बासलाई बुबाको नम्बर पनि टिपाए।
पाकिस्तानस्थित नेपाली दूतावासले त्यसपछि मीनबहादुरलाई जेलमुक्त गरी नेपाल पठाउने प्रक्रिया अघि बढायो। मीनबहादुर नेपाली नै हुन् भन्नेदेखि मीनबहादुर नै पम्फाबहादुर हो भन्नेसम्मको प्रमाण जुटाई ऊ निर्दोष भएको प्रमाणित गर्योल दूतावासले। पाकिस्तानका लागि नेपाली राजदूत भरतराज पौड्याल र दूतावासका काउन्सिलर तीर्थराज अर्यालको डेढ महिनादेखिको अथक प्रयास बुधबार सार्थक भयो, मीनबहादुर २८ महिनापछि जेलमुक्त भए।
दूतावासकै पहलमा नेपाल फर्किने हवाई टिकट एक संस्थाले मीनबहादुरलाई निःशुल्क उपलब्ध गरायो।
‘जेल बस्न कसलाई मन लाग्छ र? कहिलेकाहीँ खाँदै नखाएको विष पनि लाग्नेरहेछ,' मीनबहादुरले भने, ‘अहिले जेलमुक्त भएर स्वदेश फर्किन पाउँदा असाध्यै खुसी लागेको छ।'
नेपालबाट भारत जाँदा गाडीमा गएका उनी भारतबाट पाकिस्तान जाँदा पानीजहाजमा पुगे। पाकिस्तानबाट उनी हवाइजहाजमा नेपाल फर्के। स्थल, जल र वायु तीनै किसिमका यात्रा उनले गरे।
यो यात्राले उनलाई ठूलो पाठ सिकाएको छ। ‘अब माछा मार्न जान्नँ। भारतको होटलमा काम गर्न पनि जान्नँ, यहीँ केही गर्ने सोच छ,' उनको अठोट छ।  
मीनबहादुरलाई शुभकामना!
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस