काठमाडौं-इन्धन आपूर्तिमा कायम विकृतिलाई आयल निगमका अधिकारीले नै संरक्षण गरिरहेको पछिल्लो घटनाले पनि पुष्टि गरेको छ। तेलचोरी रोक्न सहयोगी हुने ठानिएको स्वचालित लकिङ सिस्टम कार्यान्वयनमा निगम अधिकारीले गरेको आनाकानीबाट उनीहरुको नियतमा शंका गर्ने ठाउँ बनेको हो।तेलचोरी रोकिए चलखेल गरेर पैसा कमाउने ठाउँ नहुने देखेर उनीहरुले लकिङ सिस्टम लागू गर्न नचाहेका हुन्। वाणिज्य तथा आपूर्ति मन्त्रालयले तत्काल स्वचालित लकिङ प्रणाली कार्यान्वयन गर्न पटकपटक निर्देशन दिए पनि निगम अधिकारीले नटेरेको मन्त्रालयका प्रवक्ता दीपक सुवेदीले बताए।
उनका अनुसार अहिलेका ट्यांकरमा ‘अटोमेटिक मेकानिकल लकिङ सिस्टम' राख्दा तेलचोरी तथा मिसावटको समस्या रहँदैन। ‘हामी प्रत्येक बोर्ड बैठकमा किन आनाकानी गरेको भनेर प्रश्न गर्छौं तर निगम पदाधिकारी जवाफै नदिई उठेर जान्छन्,' मन्त्रालयका प्रवक्ता दीपक सुवेदीले भने। आफू मातहतको निकायका अधिकारीले निर्देशन अवज्ञा गर्दा कारबाही गर्न मन्त्रालय पनि चुकेको छ।
सुवेदीका अनुसार एउटा ट्यांकरमा स्वचालित लकिङ सिस्टम राख्दा ४० देखि ५० हजार रुपैयाँ खर्च लाग्छ। ‘त्यो खर्च पनि निगमले नसके मन्त्रालयले गर्छ भन्दा पनि गरेनन्,' सुवेदीले भने, ‘कसको के स्वार्थ छ। हामीले बुझेनौं।'
निगम मातहत करिब १५ सय ३३ ट्यांकर छन। मन्त्रालय व्यवसायी पनि लकिङ सिस्टममा सहमत रहेको बताउँछ। निगम अधिकारी भने खर्चको समस्या देखाउँछन्। प्रवक्ता सुवेदी यसलाई गलत भन्छन्। ट्यांकरलाई दिएको सुविधाबाटै सो रकम लिन सकिने उनको भनाइ छ।
‘हामीले निगमलाई मेकानिकल लक लगाउन निर्देशन दिएका हौं,' उनले भने। लकिङ सिस्टमले यस क्षेत्रका समस्या समाधान हुने उनको भनाइ छ। लकिङ सिस्टम राखे ९० प्रतिशत चोरी र अन्य क्रियाकलाप रोकिने मन्त्रालयको दाबी छ।
निगम स्रोत भने व्यवसायीको असहयोगले यो सिस्टम राख्न नसकेको तर्क गरेर पन्छिन खोज्छ। ‘हामीले गत महिनै लकिङ सिस्टम राख्न खोजेका हौं,' निगम स्रोतले भन्यो, ‘तर व्यवसायीले असहयोग गरे।'
तर ढुवानी व्यवसायी महासंघका अध्यक्ष खगेश्वर बोहोराको भनाइले निगमनै यसमा अनिच्छुक रहेको प्रस्ट्याउँछ। ‘लकिङ सिस्टम लगाउँदा व्यवसायीलाई फाइदा हुन्छ, हामी किन असहयोग गर्छौं र?,' उनले भने। उनका अनुसार व्यवसायीले पटकपटक लकिङ सिस्टम राखौं भनेर मन्त्रालयलाई आग्रह गरेका छन्।
निगमले आफू मातहतका पेट्रोलियम ढुवानी गर्ने ट्यांकरमा ‘लकिङ सिस्टम' जडान गर्न सञ्चालक समितिले दिएको निर्देशन समेत लत्याएको छ। पेट्रोलियम चुहावट रोक्न सबै ट्यांकरमा ‘इलेक्ट्रोमेकानिकल लकिङ सिस्टम' बारे अध्ययन गर्न गठिन संसदीय समितिले पनि चुहावट रोक्न ट्यांकरमा लक राख्न सुझाव दिएको थियो। निगमले संसदीय समितिको निर्देशनलाई पनि लत्याएको छ।
भारतले पहाडी क्षेत्रमा पेट्रोलियम ढुवानीमा प्रयोग हुने ट्यांकरमा लकिङ सिस्टम राखेको छ। त्यस्तै सिस्टम प्रयोग गर्न निगमलाई मन्त्रालयले पटकपटक निर्देशन दिएको छ।
हाल इन्डियन आयल कर्पोरेसनले ट्यांकरमा पेट्रोलियम पदार्थ भरेपछि सिल गरेर पठाउँछ। यो सिल सजिलै उप्काउन सकिन्छ। सिल उप्काएर कैयौंपटक तेल चोरी भएको छ।
लकिङ सिस्टम राखेपछि तेल चोरी भए/नभएको थाहा हुन्छ। ‘अहिले सिल लगाउनु र नलगाउनुमा केही फरक छैन। यो थाहा नहुने गरी उप्काउन सकिन्छ,' सुवेदीले भने, ‘तर लकिङ सिस्टम सजिलै उप्काउन सकिँदैन, उप्काए थाहा हुन्छ।'