काठमाडौं- सुधारका लागि सञ्चालक समितिले दिएको निर्देशन अवज्ञा गर्दा नेपाल आयल निगमको अवस्था झन्झन् कमजोर बन्दै गएको छ। इन्धन आपूर्ति क्षेत्रका विकृति न्यूनीकरणमा पनि निगम अधिकारीको कार्यशैली तगारोको रुपमा खडा भएको छ।सञ्चालक समितिले दिएको निर्देशन अवज्ञा गरेर व्यवस्थापनले मनोमानी गर्दा निगमको अवस्था नाजुक बन्दै गएको वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतले बतायो।
'बोर्डले २०६९ सालदेखि आजसम्ममा ४० निर्णय गरेर कार्यान्वयन गर्न निगमलाई निर्देशन दिएको छ,' सञ्चालक समितिका एकजना सदस्यले नागरिकसँग भने, 'बोर्ड निर्णय गर्दै गयो, निगम व्यवस्थापन लत्याउँदै। त्यसैले आज निगमको अवस्था नाजुक बनेको हो।'
४० निर्णयमध्ये १५ वटा अत्यन्तै जरुरी मुद्दाका छन्। तिनलाई तत्काल कार्यान्वयन गर्न निर्देशन दिए पनि व्यवस्थापनले नटेरेको ती सदस्यले बताए। 'बोर्डले दिएको निर्देशन कार्यान्वयन हुँदैन भने बोर्ड किन राखिरहनु? खारेज गरे हुन्छ,' उनले आक्रोश पोखे।
वाणिज्य तथा आपूर्ति मन्त्री सुनीलबहादुर थापाले निगम पदाधिकारीलाई च्यापेर हिँडेकाले बोर्डको निर्णय कार्यान्वयन हुन नसकेको सञ्चालक समितिका सदस्य बताउँछन्। 'निगम कर्मचारीमा आफूलाई फाइदा हुने खालका निर्णय भए तत्काल कार्यान्वयन गर्ने र केही नमिल्ने भए वास्तै नगर्ने प्रवृत्ति बढेको छ,' नाम उल्लेख नगरिदिने सर्तमा अर्का सञ्चालक समिति सदस्यले भने, 'अधिकारीहरुको गैरजिम्मेवार पाराले निगमको अवस्था नाजुक बनेको हो।'
मन्त्रीले निगम कर्मचारीलाई च्याप्दा बोर्डको निर्णय अवज्ञा भएको हो। बोर्डले दिएको निर्देशन कुनै पनि कार्यान्वयन नभएपछि त्यसबारे अध्ययन गर्न दुई सदस्यीय उपसमिति गठन गरिएको थियो। पछिल्लो दुई वर्षमा ४० निर्णय कार्यान्वयन गर्न निर्देशन दिएकोमा एउटा पनि नगरेकोमा सञ्चालक समिति निगम व्यवस्थापनसँग रुष्ट भएको छ।
वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका महानिर्देशक तथा निगम सञ्चालक समितिका सदस्य शम्भु कोइरालाले निगमको गलत नियतका कारण निर्णय कार्यान्वयनमा नभएको बताए। 'निगमको आन्तरिक व्यवस्थापन कमजोर भएकाले निर्णय कार्यान्वयन हुन नसकेको हो,' उनले भने, 'यसले कारण निगमको अवस्था गम्भीर बनाउँदै लगेको छ।'
बोर्डको निर्देशन कार्यान्वयन नभएपछि कोइरालाकै संयोजकत्वमा उपसमिति गठन गरिएको थियो। सञ्चालक समितिका विज्ञ सदस्य देवीप्रसाद बराल पनि उपसमितिमा थिए।
बार्डका कुनै पनि निर्णय व्यवस्थापनले कार्यान्वयन नगरेको प्रतिवेदन उपसमितिले तयार पारेको छ। केही दिनमा प्रतिवेदन मन्त्रीसमक्ष बुझाउने तयारी छ। 'अध्ययनको प्रारम्भिक प्रतिवेदन तयार छ,' बरालले नागरिकसँग भने, 'केही दिनमै मन्त्रालयमा बुझाउँछौं।'
स्रोतका अनुसार निगमले काठमाडौं उपत्यकाको सहरी क्षेत्रमा पेट्रोल पम्पको मापदण्ड लागू गर्न ६ महिनाको समय दिए पनि अहिलेसम्म कुनै काम अघि बढेको छैन। बोर्डले २०६९ भदौ १३ मा उक्त निर्णय गरेको थियो।
२०७० पुस १० गते १० वर्ष पुराना ट्यांकर रिप्लेस गर्ने सम्बन्धमा विस्तृत विवरण पेस गर्न भनिए पनि आजसम्म केही प्रगति नभएको प्रतिवेदनमा छ। २०६९ असार २२ गतेको सञ्चालक समिति बैठकले निगमको सम्झौतामा रहेका ट्यांकरमा जिपिएस सिस्टम जडान गर्न दिएको निर्देशनलाई समेत व्यवस्थापनले बेवास्ता गरेको छ।
बोर्डले दिएको निर्देशन अवज्ञा गर्दा तेल चोरी, मिसावट, डिपोको क्षमता विस्तार नहुने जस्ता समस्या देखापरेको निगम स्रोतको भनाइ छ। बोर्डले दिएको निर्देशन कार्यान्वयन नभएपछि विज्ञ सदस्यले बरालले बोर्ड बैठकमै व्यवस्थापनसँग जवाफ मागेका थिए। तर पदाधिकारीले चित्त बुझ्दो जवाफ नदिएपछि उपसमिति गठन गरिएको हो।
निगममा छिटो–छिटो कार्यकारी निर्देशक परिवर्तन हुने र नयाँलाई कर्मचारीले असहयोग गर्ने परिपाटीले कार्यान्वयनमा समस्या आएको हो। 'लामो समयसम्म एउटै कार्यकारी निर्देशन टिकिरहने हो भने बोर्डको निर्देशन कार्यान्वयन हुन्थ्यो,' निगम स्रोतले भन्यो, 'नयाँ आउनेलाई बुझ्न लामो समय लाग्ने र पूर्ण रुपमा बुझिसकेपछि हटाइने प्रमुख समस्या हो।'