बिहे गराउँदै युवती तस्करी
२१ फागुन २०७१
•
९ मिनेट पाठ
बिहे गराउँदै युवती तस्करी
काठमाडौं-महाराजगन्जस्थित केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को हलमा बुधबार २३ युवती एकसाथ प्रवेश गरे। केहीबेरमै वृत्तचित्र प्रदर्शन सुरु भयो– ‘ब्लाइन्ड माउन्टेन'।
चीनको ग्रामीण भेगमा सहरिया चिनियाँ युवती विवाहका नाममा कसरी बेचिन्छन् भन्ने देखाइएको उक्त वृत्तचित्र हेर्नेहरू थिए, चीन र कोरिया जान ठिक्क परेका युवती। युवती तस्करीबारे मौखिक रूपले सम्झाउँदा नपत्याएपछि सिआइबीले १९–२० वर्ष उमेरका उनीहरूलाई वृत्तचित्र देखाएको थियो।‘विवाहको नकाबमा नेपाली युवतीलाई तस्करहरूले चीन र कोरिया पठाउने गरेकाले उनीहरूलाई त्यहाँ पुगेपछिको वास्तविकता बुझाउन वृत्तचित्र देखाएका हौं,' चीन र कोरियामा हुने मानव तस्करीबारे अनुसन्धान गरिरहेकी सिआइबीकी एसपी किरण बज्राचार्यले नागरिकसँग भनिन्।
वृत्तचित्रमा सहरमा बस्ने एक युवकले सुन्दर चिनियाँ युवतीलाई उत्तरी चीनको सुदूर गाउँमा बस्ने अर्का युवकसँग विवाह गराएर बेचिदिन्छन्। त्यसपछि ती युवती वैवाहिक बलात्कारको शिकार हुनुका साथै अन्य थुप्रै यातना सहन बाध्य हुन्छिन्। उनलाई छोरो जन्माउन दिइने अनेकथरि यातना वृत्तचित्रले समेटेको छ।




वृत्तचित्रको यो कथा चीनमा यातना सहन नसकेपछि भागेर फागुन ९ गते नेपाल आउन सफल पर्वतकी संगीता घिमिरेसँग मिल्छ। नेपाली र चिनियाँ गिरोहले चिनियाँ युवकसँग विवाह गराइदिएर उनलाई चीन पठाएका थिए। त्यसबापत गिरोहले चिनियाँ युवकसँग १५ लाख रुपैयाँ असुलेको थियो।
‘विवाह गरेर गएपछि केटासँग बस्नुपर्दैन, त्यो त चीन छिर्ने बहाना मात्र हो, त्यहाँ पुगेपछि महिनाको ५०–६० हजार रुपैयाँको जागिर पाइन्छ, गएको ६ महिनापछि परिवार पनि लैजान पाइन्छ'– यस्तायस्तै आश्वासन पाएपछि संगीता चीन पुगेकी थिइन्।
उनै संगीता केटाको यातना सहन नसकी झ्यालबाट हाम्फालेर नेपाल फर्केकी थिइन्।
‘चीनमा एक सन्तानको नीति लागु भएपछि त्यहाँ कसरी छोरीको भ्रुणमै हत्या हुन थाल्यो र छोरा मात्र जन्माउन थालियो भन्ने कथा वृत्तचित्रमा छ। छोरीको भ्रुणमै हत्या हुँदा केटाको मात्र संख्या बढेर विवाहका लागि महिला अभाव हुने गरेको र विवाहका नाममा बेचिने गरेको वृत्तचित्रमा देखाइएको छ,' एसपी बज्राचार्यले भनिन्।
विवाहको नकाबमा महिला तस्करी हुने गरेको भेउ पाएपछि अनुसन्धानमा जुटेको सिआइबीलाई संगीताको नेपाल फर्काइ ढुंगा खोज्दा देउता मिलेजस्तो भएको छ। मोटो रकम लिई नेपाली युवतीहरू विवाहका नाममा चीन र कोरिया पठाउने एक गिरोहलाई पक्राउ गरेकै दिन सोमबार संगीता पनि सिआइबीको सम्पर्कमा आएकी थिइन्। संयोग कस्तो भने, जसले संगीतालाई चीन पठाएको थियो त्यही गिरोह त्यो दिन पक्राउ परेको थियो।
‘मसँग मात्र सुतेर हुँदैन, अरूसँग पनि सुत्नुपर्छ भन्दै कुट्ने पिट्ने गरेका छन्,' नेपाल फर्केपछि वी च्याट्मा कुराकानी गर्दा सँगै गएका युवतीको भनाइ उद्धृत गर्दै संगीताले भनिन्।
उनले वी च्याटमा भएका कुराकानी देखाएकी पनि थिइन्। अन्य ६ युवती चिनियाँ पुरुषसँग विवाह गरी संगीतासँगै चीन गएका थिए। उनीहरू सबै उत्तरपूर्वी चीनको हार्विन सहर पुगेर अलग भएका थिए।
संगीता चुनदेवीस्थित छेरु इन्टरनेसनल म्यारिज ब्युरो प्रालिमार्फत चिनियाँ पुरुषसँग विवाह गरी गत माघ २० मा चीनतर्फ लागेकी थिइन्। सोमबार सिआइबीले छेरु इन्टरनेसनलमा छापा मार्दा त्यहाँ चिनियाँ र कोरियाली पुरुषसँग विवाह गरी जान ठिक्क परेका झन्डै दुई दर्जन युवती भेटिएका थिए। उनीहरूलाई नै वृत्तचित्र देखाउन सिआइबीले बुधबार महाराजगन्ज ल्याएको थियो।

सिआइबीले छेरु इन्टरनेसनलकी सञ्चालिका छेरु शेर्पा, सहयोगी विपुल नगरकोटी, कोरियाली एजेन्ट पार्क ही चाङलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
‘वृत्तचित्र हेरेपछि आधा दर्जनजति युवतीले डिभोर्स गर्ने इच्छा देखाएका छन्। हामी उनीहरूलाई कसरी सहयोग गर्न सकिन्छ भनेर सोचिरहेका छौं,' एसपी बज्राचार्यले भनिन्, ‘बाँकीलाई पनि सम्झाउने, बुझाउने काम भइरहेको छ।'
वृत्तचित्र हेर्न आएका २३ युवतीमध्ये १९ जनाले कोरियाली र अन्यले चिनियाँ पुरुषसँग विवाह गरिसकेका छन्। सिआइबीका अनुसार पछिल्ला दिन १५ नेपाली युवतीलाई गिरोहले विवाह गराई चीन पुर्याकएको तथ्यांक भेटिएको छ। सिआइबी अहिले देशभर यस्ता विवाह गराउने ब्युरो कति छन् भन्ने खोजीमा छ।
एसपी बज्राचार्यले हालसम्म विवाह गराउने २३ वटा ब्युरो कम्पनी रजिस्टारको कार्यालयमा दर्ता भएको भेटिएको जानकारी दिइन्।
‘गरिब र त्यसमा पनि मंगोलियन जातिका युवतीलाई गिरोहले फसाउने गरेको पाइएको छ। मंगोलियन अनुहार चिनियाँसँग मिल्ने भएकाले झुक्याएर लैजान सहज हुन सक्छ। त्यस्ता अनुहारका गरिब युवतीलाई रोजगारी लगाइदिने प्रलोभनमा विवाहको नाटक रची पठाउने गरेको पाएका छौं,' एसपी बज्राचार्यले भनिन्।
गिरोहले चिनियाँ र कोरियाली पुरुषलाई नेपाल बोलाई जिल्ला प्रशासन कार्यालयमा लगी नेपाली युवतीसँग कोर्ट म्यारिज गर्ने गरेको पाइएको छ। विवाह दर्ता प्रमाणपत्रलाई परराष्ट्रमार्फत प्रमाणीकरण गरेपछि उनीहरूले काठमाडौंस्थित चिनियाँ दूतावासबाट चीनको भिसा लिने गरेका छन्। त्यसपछि गिरोहले युवतीलाई चिनियाँ तथा कोरियाली पुरुषको जिम्मा लगाई सम्बन्धित देश पठाउने गरेका छन्।
‘चीनमा महिलाको संख्या कम हुँदा सन्तान जन्माउनकै लागि मात्र भनेर चिनियाँ पुरुषले ठूलो रकम खर्चेर नेपाली युवती लाने गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। गिरोहले युवतीलाई प्रलोभन देखाई फसाउने गरेका छन्। यो कार्यमा अन्तर्राष्ट्रिय गिरोहको समेत संलग्नता देखिएको छ। हामी उनीहरूसम्म पुग्ने प्रयास गरिरहेका छौं,' एसपी बज्राचार्यले भनिन्।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस