काठमाडौं-व्यवस्थापिका संसदको अर्न्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति प्रभु साहसहित पाँच सभासद विवादस्पद बायोमेटि्रक कम्पनी बेस्टिनेटको खर्चमा आइतबार (आज)देखि विदेश भ्रमणमा जाने भएका छन्।कामदारको रकम प्रयोग गरेर विदेश भ्रमण गर्न लागेकामा चौतर्फी आलोचना भए पछि उनीहरु कम्पनीको खर्चमा जान लागेका हुन।
बेस्टिनेटकै स्वार्थमा मलेसिया जान लागेका सभासदहरुले शुक्रबार साँझ बायोमेटि्रकका चर्काे विरोध गरिरहेका म्यानपावर व्यवसायी कुमुद खनाल, प्रेम कटुवाल, किरणकिशोर घिमिरेलगायतलाई भेटेका थिए।
घिमिरेले समितिका सभापति साहले केहि व्यवसायीलाई भेटेको पुष्टि गरे। ‘हामीले सुरुदेखि नै बायोमेटि्रकको विरोध गरिहेका छौं,' उनले भने, ‘त्यसैले जानुअघि भेट्ने भनेपछि भेट भएको हो। हामीले भ्रमणपछि बायोमेटि्रक नेपालमा लागू भए त्यसले दोष तपाईहरुलाई जाने भन्दै सचेत गराएका छौं।'
यसअघि बायोमेटि्रककै खर्चमा मलेसिया जाने तय भएपनि विवाद हुन्छ भनेर बोर्डको रकममा जान लागेका सभासद झन विवाद भएपछि बायोमेटि्रकको खर्चमा मलेसिया जान लागेका हुन्।
समितिले माघ १४ गते निर्णय गरेर मन्त्रालयले रोकेको बायोमेटि्रकको विषयमा अध्ययन गर्न भन्दै सभासदको टोली मलेसिया जान लागेको हो। मलेसिया गएर बायोमेटि्रकका पदाधिकारीलाई भेट्दा विवाद हुने भएकाले टोली कतार र युएई पनि भ्रमण गर्नेछ। टोलीले मलेसिया ३ दिन, कतार २ दिन र युएई १ दिन भ्रमण गर्न लागेको हो।
कामदारको अवस्था बुझ्न भनेर गर्न लागिएको भ्रमणको क्रममा मलेसियाका गृहमन्त्री, अध्यागमन विभागका महानिर्देशक, मानव संशाधन मन्त्री र बेस्टिनेटका पदाधिकारीलाई भेट्ने तय भएको भ्रमण दलकै एक सदस्यले नागरिकलाई बताए।
भ्रमण दलले नेपालमा भिसा प्रोसेसिङमा ३२ सय रकम बढी असुलिरहेको भिएलएनका विषयमा पनी अध्ययन गर्ने जनाएको छ। समितिले भिएलएन गैरकानुनी भएको भन्दै कम्पनी रजिस्टारको कार्यालयलाई दर्ता खारेजीको लागि निर्देशन दिएको थियो। रजिस्टारले कानुनी प्रक्रिया पुरा गरेकाले दर्ता खारेजी नहुने भन्ने जवाफ पठाएपछि मलेसियाका अधिकारीलाई भेटेर भिएलएन बन्द गराउन आग्रह गर्ने भएको हो।
मलेसियामा पनि विरोध भएर तत्काल स्थगित गरेको बायोमेटि्रक प्रणालीलाई लागू गराउन लबिङ गरिरहेको बेस्टिनेटका प्रतिनिधि काठमाडौं आएको एक सातापछि समितिका सभापति र सदस्यहरुले भ्रमण गर्न लागेका हुन्।बेस्टिनेटका प्रतिनिधीहरुले केहि सभासद र मन्त्रालयका अधिकारीहरुलाई भेटेका थिए।
समितिका सभापति साहले भ्रमणको विषय भन्न चाहेनन्। ‘सबै विषय र कसकसलाई भेट्ने हो श्रम मन्त्रालयले बनाएको छ, कामदारको अवस्था बुझ्न जाने लागेको हो, अरु थाहा छैन,' उनले भने।
साहको नेतृत्वमा समितिका सभासद सदस्यहरु कमला शर्मा, जितेन्द्रनारायण देव, बलबहादुर केसी, सोमप्रसाद पाण्डे, भरत खड्का जाँदै छन्। भ्रमणमा समितिका सचिव शान्तकुमार तुलाधार पनि जाँदै छन्।
वैदेशिक रोजगार व्यवसायी संघका पूर्व द्वितीय उपाध्यक्ष कुमुद खनालले मलेसियाबाट बेस्टिनेटको प्रतिनिधि आएर काठमाडौंमा एक हप्ता बसेर गएपछि सभासद र मन्त्रालयको टोली मलेसिया जान लागेको बताए।