स्वार्थको सिकार बन्यो श्रम बैंक
३० फागुन २०७१
•
६ मिनेट पाठ
स्वार्थको सिकार बन्यो श्रम बैंक
काठमाडौं-श्रम तथा रोजगार मन्त्रालयले श्रम बैंक खोल्न अवधारणापत्रको मस्यौदा तयार पारेको एक वर्ष बिते पनि ठूला वाणिज्य बैंकको स्वार्थका कारण अन्योलमा परेको छ। बजेट भाषण र सरकारको नीति तथा कार्यक्रममा समेत उल्लेख भएको श्रम बैंक स्थापना गर्न अवधारणापत्रको मस्यौदा तयार भएर अर्थ मन्त्रालयमा पठाउँदा अर्थले सरकारी लगानीका बैंक तथा अन्य क्षेत्रमा लगानी घटाउने र बहुमत सेयर भएको अर्काे बैंक स्थापना गर्न नहुने भन्दै पन्छिने प्रयास गरेको स्रोतले बतायो। त्यसपछि श्रम मन्त्रालयले शुक्रबार अर्थ मन्त्रालयसँग लामो छलफल गरेको थियो।छलफलमा अर्थका सचिव सुमन शर्मा, राष्ट्र बैंकका डेपुटी गर्भनर महाप्रसाद अधिकारी र ६ जना सभासद थिए। श्रम मन्त्रालयबाट सचिव भोलाप्रसाद शिवाकोटी, श्रम बैंकसम्बन्धी समितिका संयोजक रमेश कोइराला, वैदेशिक रोजगार प्रबर्द्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेलगायत सहभागी थिए। 
संयोजक कोइरालाले बैंक स्थापना गर्न अर्थ मन्त्रालय र राष्ट्र बैंकका उच्च अधिकारी सकारात्मक भए पनि केही कर्मचारीको भूमिका सकारात्मक नभएको बताए। सबै अध्ययन गरेर स्थापना गर्न सकिने कानुनी, आर्थिक र व्यवस्थापकीय आधार प्रस्तुत गर्दा पनि अर्थले चासो नदिएकाले प्रक्रिया अघि नबढेको उनले बताए। 
छलफलमा बैंकको कोष, व्यवस्थापन र कानुनी आधारका विषयमा छलफल भएको उनले बताए। अर्थ मन्त्रालय र राष्ट्र बैंकले अन्य वाणिज्य बैंकसँग मिलेर काम गर्न सुझाएको कोइरालाले बताए। तर श्रम बैंक कामदारको हितमा हुने र सम्भावना पनि राम्रो रहेकाले ऐन नै ल्याएर स्वतन्त्र काम गर्नुपर्ने अडान श्रम मन्त्रालयले राखेको उनले बताए। 
अर्थका एक सहसचिवले श्रम बैंक स्थापना गर्न अर्थ सकारात्मक देखिए पनि केही ठूला वाणिज्य बैंकको चलखेलले सचिव र अर्थमन्त्रीसमक्ष सराकारात्मक रिपोर्टिङ नगरेको बताए। ‘श्रम बैंक स्थापना हुने कुरा चलेदेखि नै केही ठूला बैंक यहाँ आएर विरोध गरेका थिए,' उनले भने।
विदेशमा रहेका श्रमिकको रेमिटेन्सदेखि श्रम बैंकले सरल र सस्तो ब्याजमा ऋण प्रवाह गर्ने कारण विदेशमा आफ्नो उपस्थिति देखाएका बैंकले चलखेल गरेको उनले बताए।
श्रम बैंक स्थापनामा अर्थ मन्त्रालयले ढिला गरेपछि श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले अर्थमन्त्री रामशरण महतलाई पटकपटक भेटेका छन्। गुरुङले श्रम बैंक अवधारणपत्रको मस्यौदा अर्थमा रोकिएपछि अर्थमन्त्रीलाई व्यक्तिगत रुपमै भेटेर जानकारी गराएको बताए। ‘एक वर्र्षदेखि अर्थले राय नदिँदा अन्योल देखिएको छ,' उनले भने। ठूला बैंकको कारण श्रम बैंकको विषयमा अन्योल देखिएको बारे पनि अर्थमन्त्रीलाई कुरा राखेको उनले बताए। अर्थमन्त्रीले तत्काल अध्ययन गरेर प्रक्रिया अघि बढाउने बताएपछि शुक्रबार छलफल भएको उनले जानकारी दिए। 
श्रम मन्त्रालयले गत जेठमा वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमार्फत श्रम बैंक खोल्ने तयारी गरेको थियो। मन्त्रालयले विभिन्न मुलुकका श्रम बैंकको अवधारणा अध्ययन गर्दै अवधारणको मस्यौदालाई अन्तिम रुप दिएको थियो। श्रम बैंकबारे अध्ययन गर्न प्रधानमन्त्रीका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालको नेतृत्वमा एक टोलीले बंगलादेश र जापान भ्रमणसमेत गरेको थियो। 
वैदेशिक रोजगारीमा जाने कामदारबाट उठाएर बनाएको कल्याणकारी कोषको पैसा परिचालन गर्न बैंक खोल्न खोजिएको हो। उक्त कोषमा करिब तीन अर्ब रुपैयाँ छ। कल्याणकारी कोष र सामाजिक सुरक्षा कोषको पैसा मिलाएर वाणिज्यस्तरको बैंक खोल्ने तयारी थालिएको हो। सामाजिक सुरक्षा कोषमा ७ अर्ब रुपैयाँभन्दा बढी पैसा छ। प्रवर्द्धन बोर्डमा अहिले जम्मा भएको रकम १५ वटा बैंकमा ६ प्रतिशत ब्याजमा राखिएको बोर्डले जनाएको छ। 
श्रम बैंक स्थापना गर्नबारे बजेट भाषणमा समेत उल्लेख छ। बजेटमा परेपछि समितिले विभिन्न निकायसँग समन्वय गर्दै काम अघि बढाएको हो। 
श्रम बैंकको स्थापनापछि विदेश जाने कामदारलाई बिनाधितो ऋण दिने, फर्किएर आएपछि तालिममा सहयोग गर्ने लगायत कार्यक्रम हुने बोर्डले जनाएको छ। नेपालमा बर्सेनि अर्बौं रुपैयाँ रेमिटेन्स आउने र त्यो पनि श्रम बैंककै च्यानलबाट आउने र कामदारको आफन्तलाई भुक्तानीमा पनि सजिलो गराउने अवधारणा श्रम बैंकको छ।


अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस