चितवन- राजमार्ग क्षेत्रमा सरसफाइ र खाद्य गुणस्तरका दृष्टिले राम्रा होटल निकै कम भेटिएका छन्। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले राजमार्ग क्षेत्रमा ३ सय ५० होटलको अनुगमन गर्दा ३० मात्रै उत्तम भेटिएका छन्। तिनले हरियो स्टिकर पाएको विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले जानकारी दिए।विभागले झण्डै दुई वर्षअघि अनुगमन सुरु गरेको हो। विभागसहित क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाको टोलीले आइतबारबाट चितवनको नारायणगढ पोखरा बसपार्क र पुलचोक क्षेत्रका होटलको अनुगमन सुरु गरेको छ। यसअघि हेटौंडा र बाराको पथलैया क्षेत्रका होटल अनुगमन भएको थियो।
'त्यो क्षेत्रमा अनुगमन गर्दा जम्मा दुई होटलले मात्रै हरियो स्टिकर पाए,' हेटौंडाको क्षेत्रीय कार्यालयका प्रमुख वेदनाथ गौतमले भने। विभागले विभिन्न २० वटा विषयका आधारमा होटलको स्तर निर्धारण गर्छ। उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने वातावरण नभएको आधारमा होटलको स्तर निर्धारण गरेर चार प्रकारका स्टिकर टाँस्ने गरिएको छ।
अनुगमनका क्रममा भेटिने होटलको अवस्था अनुसार हरियो, एउटा रातो धर्सो भएको पहेँलो, दुइटा रातो धर्सो भएको पहेँलो र रातो रंगको स्टिकर टाँस्ने गरेको खाद्य अनुसन्धान अधिकृत सुवेदीले जानकारी दिए। हालसम्म रातो स्टिकर कुनै होटलले नपाएको उनले बताए। बन्दै गर्नुपर्ने खराब स्तरका होटलले रातो स्टिकर पाउँछन्।
'होटलको दर्ता अवस्था, सरसफाइ, दक्ष कामदार भए, नभएको, खानेकुरा पकाउने भण्डार गर्ने जस्ता २० वटा विषय अनुगमन गर्छौं। प्रत्येकमा पाँच नम्बरसम्म दिने गरिन्छ। जुन होटलले ९० भन्दा बढी अंक ल्याउँछ त्यसले मात्रै हरियो स्टिकर पाउँछ,' खाद्य अनुसन्धान अधिकृत सुवेदीले भने। विभागको टोलीले अनुगमन सुरु गर्नुअघि नै होटलले सुधार सुरु गरेका हुन्छन्।
होटल व्यवसायीको सक्रियतामा खाद्य स्वच्छता समिति गठन भएको हुन्छ। 'त्यो समितिले होटलले अपनाउने मापदण्डबारे सुरुमा अनुगमन गर्छ। कमजोर अवस्था सुधार्न भनेको हुन्छ। त्यसपछि हामी पनि अनुगमनमा जान्छौं। त्यो बेला पनि मापदण्ड पुगेको छ भने त्यहीअनुसारको स्टिकर टाँस्छौं,' सुवेदीले भने। स्टिकर टाँसेपछि बेलाबेलामा आकस्मिक अनुमगन हुने उनले बताए।
'आकस्मिक अनुगमन हुँदा मापदण्ड कायम गरे, नगरेको हेरिन्छ। त्यो बेलामा हरियो स्टिकर पाएका पनि पहेँलोमा घटुवा हुन सक्छन्। सुधार भएको रहेछ भने पहेँलोले हरियो स्टिकर पाउन सक्छ,' सुवेदीले भने। राजमार्ग क्षेत्रका होटललाई सुधार गर्ने उद्देश्यले अभियान थालिए पनि सन्तोषजनक सुधार अझै आउन नसकेको उनले बताए।
चितवनमा यात्रुले खाना खाने मुग्लिनका सात, रामनगरका दुई र जुगेडीका एक होटलले मात्रै हरियो स्टिकर पाएका छन्। होटलमा ग्राहकले देख्ने ठाउँमा स्टिकर टाँस्ने गरिन्छ। स्टिकर देखेपछि ग्राहकले कुन होटल कस्तो स्तरको हो भने मेसो पाउने सुवेदीले बताए। खाना र नास्ता खान धेरै यात्रु बस रोकिने क्षेत्रलाई प्राथमिकतामा राखेको सुवेदीले बताए।
नारायणगढमा उत्तम स्तरको भेटिएको होटलमा आइतबार हरियो स्टिकर टाँस्दै चितवनका सहायक प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम।