काठमाडौं- चीनको मुख्य पर्व ल्होसार र बाटोमा उच्च हिमपातका कारण नेपाल–चीन नाकामा रोकिएका मालबाहक कन्टेर ४० दिनपछि आउन थालेका छन्। माघ २१ बाट रोकिएका ४ सय कन्टेनर शनिबारबाट आउन थालेको व्यवसायीले बताए।'माघ अन्तिम सातातिर चीनमा एक महिना लामो ल्होसार पर्व परेको र लगत्तै बाटोमा हिमपात हुँदा ४ सय मालबाहक कन्टेनर नाकामै रोकिएका थिए,' नेपाल हिमालय सीमापार वाणिज्य संघका महासचिव अर्जुन गौतमले नागरिकसँग भने, 'चिनियाँ र नेपाली पक्षको प्रयासपछि शनिबारबाट कन्टेनरको चेकजाँच र आवागमन सुरु भएको छ।'
उनका अनुसार नाकामा लामो समय कन्टेनर रोकिँदा नेपाली व्यापारीले करोडौं रुपैयाँ घाटा बेहोर्नु परेको छ। एक महिनासम्म चालक तथा सहचालकलाई खाना खर्च, भाडा, कन्टेनरभित्रै बिग्रेका सामानको खर्च जोड्दा घाटा करोडौं रुपैयाँ नाघ्ने गौतमको भनाइ छ।
'लोड गरेर राखेको सामान समयमै नेपाल भित्रिएको भए अहिले नयाँका लागि कन्टेनर गइसकेका हुन्थे,' उनले भने, 'एकमहिने अवरोधले व्यवसायमा ठूलो असर परेको छ।'
एक महिनाभन्दा बढी कन्टेनर जाँचपास नहुँदा नेपाली व्यवसायीका २ अर्ब रुपैयाँभन्दा बढीका सामान खासामा थन्किएका थिए। गर्मी सुरु भइसकेकाले व्यवसायीले एक महिनाअघि सोहीअनुसारका कपडा र जुत्ता–चप्पल आयात गरी कन्टेनरमा लोड गरेका थिए।
'माघ २१ देखि फागुन १६ सम्म जाँचपास नगर्ने दुवै पक्षबीच मौखिक सहमतिजस्तै भएको थियो,' गौतमले भने, 'लगत्तै ठूलो हिमपात भएका कारण एक महिना बितिसक्दा पनि कन्टेनर जाँचपास हुन सकेन।'
हिमपात र पर्वका कारण तातोपानी र रसुवाबाट दैनिक उपभोग्यबाहेक अन्य वस्तु आयात हुन सकेको छैन। गत साताबाटै कन्टेनर जाँचपास सुरु गर्ने तयारी थियो। तर चिनियाँ पक्षले शनिबार मात्र चेकजाँच सुरु गरेको हो। भन्सारबाट दैनिक ४० वटा कन्टेनर जाँचपास हुने हुँदा रोकिएका सबैको जाँचपास हुन कम्तीमा १० दिन लाग्ने छ।
चीनतर्फको केरुङदेखि रसुवागढीसम्मको हिउँ पन्छाउने काम भइरहेकाले रसुवागढी नाकाबाट जाँचपास हुन अझै केही समय लाग्ने महासचिव गौतमले जानकारी दिए। उनका अनुसार रसुवागढी नाका हुँदै आउने कन्टेनर केरुङमा थन्किएका छन्। केरुङमा एक सय ५० कन्टेनर छन्। सामान्यतः एउटा कन्टेरमा बढीमा १ करोड र कम्तीमा ४० लाख रुपैयाँको सामान हुन्छ।
दुवै नाकामा गरी झन्डै ३ अर्ब रुपैयाँको सामान अड्किएको छ। दसैं, तिहार र लामो समयसम्म भन्सारमा सामान रोकिँदा कन्टेनर व्यवसायीले प्रतिकन्टेनर ३ लाख रुपैयाँसम्म ढुवानी भाडा लिने गरेका छन्। सामान्य अवस्थामा उनीहरुले तातोपानीबाट प्रतिकन्टेनर ९० हजार र रसुवागढीबाट ६० हजार रुपैयाँमा काठमाडौंसम्म ढुवानी गर्ने एकतर्फी निर्णय लागू गरेका छन्।
भर्खरै सञ्चालनमा आएको रसुवागढी नाकाबाट द्विपक्षीय व्यापार गर्न व्यवसायी आकर्षित भए पनि अझै तातोपानी नाकाबाटै ठूलो परिमाणमा व्यापार भइरहेको छ। तातोपानीभन्दा रसुवागढीबाट ढुवानी गर्दा प्रतिकन्टेनर ३० हजार रुपैयाँ कम पर्छ। तर तातोपानीमा सुक्खा बन्दरगाह बनिरहनु, गोदामघर हुनु र रसुवामा त्यो कुनै पनि सुविधा नहुँदा व्यापारी अझै तातोपानी नाकामै कन्द्रित भएको गौतमको भनाइ छ।
तातोपानी नाका बेलाबेलामा बन्द हुँदा व्यापारीको लगानी डुब्ने खतरा भने रसुवागढी नाका खुल्दा कम भएको छ। यसअघि साउन १७ गते सिन्धुपाल्चोकको राम्चे र धुस्कुनमा गएको पहिरोले सुनकोसी नदी थुनिएपछि लामो समयसम्म चीनसँगको द्विपक्षीय व्यापार प्रभावित भएको थियो।