काठमाडौं-लगानीका पाँचवटा प्राथमिक क्षेत्र तोक्दै नयाँ विदेशी लगानी नीति जारी भएको छ। नयाँ नीतिले जलविद्युत, यातायात पूर्वाधार, कृषिजन्य खाद्य पदार्थ तथा जडीबुटी प्रशोधन, पर्यटन र खानीजन्य तथा उत्पादनमूलक उद्योगलाई विदेशी लगानीको प्राथमिक क्षेत्रको रुपमा वर्गीकरण गरेको छ।ठूलो लगानी आवश्यक पर्ने र रोजगारी प्रवर्द्धन, आयात प्रतिस्थापन र निर्यात प्रर्वद्धन गर्ने उत्पादनमूलक क्षेत्रमा विदेशी लगानी भिœयाउने प्राथमिकतासाथ नीति बनाएको उद्योग मन्त्रालयले जनाएको छ।
फागनु १५ गते मन्त्रिपरिषदबाट स्वीकृत यो नीतिले विदेशी लगानीलाई सुरक्षाको प्रत्याभूति गरेर सानो–ठूलो लगानी आकर्षित गर्ने लक्ष्य लिएको छ। विदेशी लगानी ऐन बनाउँदा यसको सीमा (थ्रेसहोल्ड) तोक्नुपर्ने गरी नीतिमा कुनै प्रावधान नराखिएको उद्योग मन्त्रालयका सहसचिव जीतबहादुर थापाले बताए। स–साना लगानीले पनि रोजगारीको अवसर सिर्जना गर्न सक्ने भएकाले लगानी सीमा नतोकिएको मन्त्रालयले जनाएको छ।
पछिल्लो समय जलविद्युत क्षेत्रमा विदेशी लगानी बढिरहेको सन्दर्भमा यो नीतिले यसलाई पनि प्राथमिकतामा राखेको छ। विद्युत उत्पादन र प्रसारण क्षेत्रमा विदेशी लगानी आवश्यक परेको नीतिमा उल्लेख छ। त्यस्तै यातायातका पूर्वाधार द्रुत मार्ग, रेल्वे, सुरुङमार्ग, केबलकार, मेट्रो रेल सेवा, फ्लाइओभर र अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी लगानी ल्याउने नीति लिइएको छ।
शतप्रतिशत निर्यात गर्ने वस्तुको उत्पादन, नेपालमै उपलब्ध कच्चा पदार्थमा आधारित औषधी उत्पादन, फोहोरमैला व्यवस्थापन तथा वायु प्रदूषण नियन्त्रण, पेट्रोलियम रिफाइनरी, खानीजन्य उद्योगको क्षेत्र शतप्रतिशत विदेशी लगानीका लागि खुल्ला रहने उल्लेख गरिएको छ। यी क्षेत्रलाई प्राथमिकतामा राखे पनि नेपाल सरकारले समयसमयमा राजपत्रमा सूचना प्रकाशित गरी प्राथमिकता क्षेत्र हेरफेर गर्न सक्ने नीतिमा उल्लेख छ।
नेपालमा विदेशी लगानी भिœयाउने तीन माध्यमबारे नीतिमा उल्लेख छ। विदेशबाट संस्थागत, व्यक्तिगत र गैरआवासीय नेपालीले लगानी ल्याउन सक्नेछन्। संस्थागत विदेशी लगानीकर्ताले प्रत्यक्ष र दोस्रो बजारको माध्यमबाट पोर्टफोलियो लगानी समेत गर्न पाउने छन्। व्यक्तिगत विदेशीले प्रत्यक्ष लगानी मात्र गर्न पाउनेछ। नीतिअनुसार नेपालमा सञ्चालित उद्योगको सेयर विदेशीले किने, त्यसलाई पनि विदेशी लगानी मानिने छ। गैरआवासीय नेपालीले भने संस्थागत र व्यक्तिगत रुपमा प्रत्यक्ष विदेशी र पोर्टफोलियो लगानी गर्न पाउनेछन्।
नीतिमा विदेशी लगानी सुरक्षित गर्न औद्योगिक सुरक्षा बल परिचालन गर्न सकिने उल्लेख छ। नीति अनुसार ५ सयभन्दा बढी नेपालीलाई रोजागारी दिने उद्योगलाई चाहिए औद्योगिक सुरक्षा बलको व्यवस्था सरकारले गर्नेछ। स्वदेशी र विदेशी लगानीबीच फरक व्यवहार नगर्ने, लगानी नेपालमा रहेसम्म त्यसलाई राष्ट्रियकरण नगरिने नीति सरकारले लिएको छ।
नयाँ नीतिले विदेशी लगानी गर्न नपाइने क्षेत्र पनि तोकेको छ। नीति अनुसार लघुउद्यम र परम्परागत घरेलु उद्योग, हातहतियार, खरखजाना, गोलीगट्ठा, बारुद तथा विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योगमा विदेशी लगानी निषेध गरिएको छ। त्यस्तै, मुद्रा तथा सिक्का व्यवसाय, सुरक्षण मुद्रण, घर–जग्गा किनबेच व्यवसाय, स्थिर पुँजी ५० करोडभन्दा कम लगानीको बहुब्रान्ड खुद्रा व्यापारमा विदेशीलाई लगानी गर्न दिइने छैन।
नीतिले विदेशी लगानी निषेध गरेका अन्य क्षेत्रमा पर्यटन गाइड, ट्रेकिङ तथा माउन्टेरियरिङ गाइड, भरिया, भान्छे उपलब्ध गराउने पर्यटन उद्योग छन्। कुखुरा, माछा, मौरीपालन र कृषिका प्राथमिक उत्पादन क्षेत्र, बिकीरणजन्य पदार्थका उद्योग, आमसञ्चारका प्रसारण माध्यममा पनि विदेशी लगानी निषेध गरिएको छ।