काठमाडौं-एउटै उद्योग, कम्पनीले सयभन्दा धेरै ट्रेडमार्क ओगटेर बसेको पाइएको छ। उद्योग विभागले काठमाडौं, थानकोटस्थित स्वस्तिक फ्रेगे्रन्सको अनुगमन गर्दा सयवटा ट्रेडमार्क दर्ता गरेर राखेको पाइएको हो। दर्ता गरेर राखेका ट्रेडमार्कमा अधिकांश प्रयोग नभएको विभागले बताएको छ।धेरै गुनासो आएपछि उक्त कम्पनीको नाममा दर्ता भएका ट्रेडमार्क खोज्दै जाँदा सयवटा भेटिएको विभाग निर्देशक रामप्रसाद ढकालले बताए। ढकाल नेतृत्वको टोलीले सोमबार कम्पनीमा अनुगमन गरेको थियो। अनुगमनमा जाँदा कम्पनीका सम्बन्धित अधिकृत नभेटिएपछि कति ट्रेडमार्क प्रयोगमा छन्, त्यसको प्रमाणसहित विभागमा उपस्थित हुन पत्र काटेको उनले जानकारी दिए।
उक्त कम्पनीले सुर्ती र गुट्खाजन्य वस्तु उत्पादन गर्दै आएको छ। कम्पनीले दर्ता गराएका केही ट्रेडमार्क प्रयोग गरे पनि बाँकी त्यत्तिकै ओगटेर राखेको छ। दर्ता गरिएका सबै ट्रेडमार्क सुर्ती तथा गुट्खाजन्य वस्तुका छन्। ढकालका अनुसार कम्पनीले दर्ता गरेका अधिकांश ट्रेडमार्क भारतीय कम्पनीका छन्। यसले प्रतिष्ठित भारतीय ब्रान्ड रजनीगन्धा, पान पराग लगायतको ट्रेडमार्क दर्ता गराएको छ।
सोही दिन विभागले नेपाल डिस्टिलरी, बालाजुमा पनि अनुगमनमा गरेको जनाएको छ। उक्त कम्पनीले अहिलेसम्म ७० वटा ट्रेडमार्क दर्ता गरेर राखेको पाइएको छ। यसलाई पनि के कति ट्रेडमार्क प्रयोगमा आएका छन्, सोको प्रमाणसहित विभागमा उपस्थित हुन पत्र थमाएको छ। ‘हामीले पत्र काटेका छौं। उनीहरू प्रमाणसहित आएपछि कति प्रयोगमा छन्, कति छैनन्,' थाहा हुन्छ।'
ट्रेडमार्क चोर्ने र ओगटेर राख्ने प्रवृत्ति बढेको गुनासो आएपछि विभागले अनुगमन थालेको हो। ‘यो हाम्रो पहिलो अनुगमन हो,' विभाग महानिर्देशक महेश्वर न्यौपानेले भने, ‘अब निरन्तर अनुगमन गर्छौं।' हप्तामा दुई उद्योगमा अुनगमन गरेर ट्रेडमार्क ओगट्नेलाई कारबाही गर्ने उनले बताए। अहिले खासगरी गुट्खा, सुर्ती, मदिराका ट्रेडमार्क धेरै चोरी भएका र ओगटेर राखिएको विभागको तथ्यांकले देखाउँछ। खासगरी भारतमा दर्ता भएका उत्पादनका ट्रेडमार्क नेपालमा दर्ता छन्। ‘भारतमा दर्ता भएका र टेलिभिजनमा देखिएका सबै दर्ता गरेर राखेको पाइएको छ,' न्यौपानेले भने, ‘यस्तालाई कारबाहीको दायरामा ल्याउँछौं।'
ट्रेडमार्क ओगटेर राख्नुको कारण सौदावाजी (बार्गेनिङ) भएको विभाग अधिकारी बताउँछन्। ‘भारतमा प्रायः गुट्खा प्रतिबन्ध छ,' ढकालले भने, ‘नेपालमा बिक्री गर्न खोज्दा पहिले नै उनीहरूको ट्रेडमार्क दर्ता भइसकेको हुन्छ।' नेपालमा बेच्न ट्रेडमार्क दर्ता गरेर राखेकासँग किन्नुपर्ने हुन्छ।
विभागका अनुसार मिल्दोजुल्दो नाम राखेर दर्ता गर्ने धेरै छन्। अरुले दर्ता गरको ट्रेडमार्कमा न्यु, सुपर जस्ता शब्द जोडेर नयाँ दर्ता गर्ने चलन छ। नयाँपन र मौलिकता कम छ। विदेशका ठूला कम्पनीका उत्पादनका ट्रेडमार्क नेपालमा दर्ता गरेर राखिँदिँदा विदेशी लगानी निरुत्साहित हुने महानिर्देशक न्यौपानेले बताए। उनीहरूले नेपालमा आफ्ना उत्पादन सुरु गर्दा ट्रेडमार्क दर्ता भएको देखेपछि पछि हट्ने उनले बताए।
आफ्नो ट्रेडमार्क चोरी भएको वा उस्तै बनाएर सामान उत्पादन गरिरहेको उजुरी पनि विभाग पर्छ। यसमा भारत, अमेरिका, बेलायत, जापानका कम्पनीले आफ्नो ट्रेडमार्क नक्कल गरेको उजुरी हालेका छन्। २०७० भदौदेखि २०७१ मंसिर ९ गतेसम्मको तथ्यांक हेर्दा यस्ता उजुरी १ सय ५४ वटा परेको देखिन्छ।
अन्य कम्पनीका ट्रेडमार्क चोरी गर्ने प्रवृत्ति हटाउन मेड्रिड महासन्धिमा सदस्य बन्दा राम्रो हुने उद्योगका अधिकृत मेघनाथ रिजालले बताए। मेड्रिड महासन्धि विश्वका ट्रडमार्क दर्ता गराउने महासंघ हो। यसमा आफ्नो उत्पादनको ट्रेडमार्क दर्ता गराएपछि महासंघमा सदस्य बनेका सम्पूर्ण देशमा एकैपटक दर्ता हुने प्रावधान छ। यसो गर्दा कुनै पनि देशमा अरुले ट्रेडमार्क चोरी गर्न सक्दैन।
विभागको तथ्यांक अनुसार मंसिरसम्ममा आफ्नो ट्रेडमार्क दर्ता गर्ने उद्योग, कम्पनीको संख्या ३६ हजार ९ सय ३४ पुगेको छ। यसमा २० हजार ४ सय दुई नेपालीले ट्रेडमार्क दर्ता गरेका छन्। सामान्यतया ट्रेडमार्क भनेको कम्पनी वा उद्योगको चिह्न हो। यसले कम्पनी वा उद्योगलाई परिचित गराउँछ। एकपटक ट्रेडमार्क दर्ता गरेपछि प्रत्यक ७ वर्षमा नवीकरण गर्नुपर्नै प्रावधान छ। ट्रेडमार्क चोरी र नक्कल कम गर्न विभागले नयाँ निर्देशिका ल्याउन गृहकार्य समेत गरिरहेको छ।