काठमाडौं- सरकारी स्वामित्वको खाद्य संस्थानले आर्थिक विनियमावलीबिनै आठ वर्षदेखि करोडौं रुपैयाँको धान किन्दै आएको छ। टेन्डरबिनै किन्दा आकर्षक कमिसन पाइने भएकाले उच्च व्यवस्थापनले विनियमावलीलाई बेवास्ता गरेको संस्थान स्रोतले बतायो।'आर्थिक विनियमावली बनाएपछि खरिद र ढुवानीमा चलखेल गर्न पाइँदैन,' स्रोतले भन्यो, 'त्यही भएर अहिलेसम्म नबनाएको हो।' विनियमावली बनाए टेन्डरमार्फत धान किन्नुपर्ने हुन्छ। यसो गर्दा कमिसन कम पाइन्छ। सरकारले धान किन्न बर्सेनि करोडौ रुपैयाँ निकासा गर्छ। त्यही बजेटबाट संस्थानले बिनाटेन्डर आफैंले मूल्य तोकेर किन्ने गरेको हो।
'सरकारले २०६३ मा सार्वजनिक खरिद ऐन ल्याएपछि संस्थानले पनि आर्थिक विनियमावली बनाउनु पर्थ्यो,' स्रोतले भन्यो, 'तर अहिलेसम्म विनियमावली नबनाई ठूलो परिमाणमा धान किनिरहेको छ।' सरकारले खरिद ऐन ल्याएपछि त्यसअनुसार मिल्ने गरी संस्थानले दुई वर्षभित्रमा विनियमावली बनाउनु पर्थ्यो।
संस्थानका निमित्त नायब महाप्रवन्धक नवराज उपाध्यायले आर्थिक विनियमावलीबिनै किन्ने गरेको स्वीकारे। 'बोर्ड (सञ्चालक समिति) ले बनाइदिएको भए लागू हुन्थ्यो,' उनले नागरिकसँग भने, 'नबनाइदिएकाले त्यत्तिकै किनेका हौं।'
संस्थान स्रोतले भने महाप्रबन्धककै कारण विनियमावली आउन नसकेको बतायो। 'महाप्रबन्धकको असहयोगका कारण नआएको हो,' स्रोतले आइतबार नागरिकसँग भन्यो, 'नल्याउनुमा उहाँको के स्वार्थ छ हामीले बुझेका छैनौं।'
उपाध्यायले ७ वर्षदेखि संस्थानले मनोमानी मूल्य निर्धारण गरी किनिरहेको बताए। 'प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लामा खाद्य व्यवस्था समिति छ,' उनले भने, 'त्यसैले पठाएको मूल्यलाई आधार मानेर किन्ने गरेका छौं।' सार्वजनिक खरिद ऐनमा भने हरेक आर्थिक कारोबार टेन्डरमार्फत गर्नुपर्ने प्रावधान छ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक अधिकारीले आर्थिक विनियमावली नबनाउँदा धानको वास्तविक मूल्य थाहा नहुने बताए। 'कति अनियमितता हुन्छ, त्यसको आँकलन गर्न सकिँदैन,' उनले भने। अर्थ मन्त्रालयका सहसचिव कृष्ण देवकोटाको संयोजकत्वमा दुई वर्षअघि विनियमावली बनाउन एउटा समिति बनेको थियो। अहिलेका महाप्रबन्धकको असहयोगकै कारण समितिले राम्ररी काम गर्न नसकेपछि विनियमावली नबनेको ती अधिकारीको दाबी छ।
यो वर्षमात्रै संस्थानले ३ लाख टन धान किन्ने तयारी थालेको छ। त्यसमध्ये दुई लाख ७५ हजार टन धान किनिसकेको उपाध्यायले बताए। २५ हजार टन किन्न बाँकी छ। उनका अनुसार बिनाटेन्डर धान किन्न नहुने प्रावधान भए पनि आर्थिक विनियमावली नभएकाले संस्थान यसो गर्न बाध्य छ।
सञ्चालक समिति सदस्य देबी बराल समितिकै असहयोगमा आर्थिक विनियमावली नबनेको भन्ने आरोप गलत भएको बताउँछन्। 'बोर्डले बनाउन चाहेको हो,' उनले भने, 'तर अहिले के कसरी किनिरहेको छ हामीलाई थाहा छैन।'
संस्थानले मनपरी मूल्य निर्धारण गरेर धान किनेको संस्थानकै केही कर्मचारीले आरोप लगाउँदै आएका छन्। संस्थानले यस वर्षका लागि बिनाअध्ययन मोटा धान प्रतिकिलो १९ देखि २१ रुपैयाँ, मध्यम २० देखि २१, सोना मन्सुली, २१ देखि २१ रुपैयाँ ५० पैसा, गोरखनाथ २४, जिरा मसिनो २९ र बास्मती ३७ रुपैयाँका दरले किनेको छ।
तर, टेन्डर गरेको भए प्रतिकिलोमा ५ रुपैयाँसम्म कम पर्न सक्ने संस्थानका एक उच्च अधिकारीले बताए। उनका अनुसार एउटा जिल्लामा धान किन्दा तीनथरी मूल्य कायम गरिएको छ। टेन्डर भएको भए मूल्य समेत समायोजन हुन सक्ने उनको भनाइ छ।