काठमाडौं-बजारमा ग्यास अभाव नरोकिएपछि सरकारले एक महिनासम्म नयाँ सिलिन्डर उत्पादन, आयात र बिक्री गर्न प्रतिबन्ध लगाएको छ। तीन महिनाअघि सुरु भएको अभाव अझै लम्बिने छाँट देखिएपछि यो कदम चालेको वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। उसले राजपत्रमा सूचना प्रकाशित गरी एक महिनासम्म नयाँ सिलिन्डर बिक्री र उत्पादन गर्न रोक लगाएको हो।ग्यास कम्पनीले अभावको मौका छोपी बजारमा नयाँ सिलिन्डर पठाएपछि भर्ने ग्यास अभाव नरोकिएको हो। ‘अहिले पनि केही कम्पनीले नयाँ सिलिन्डर बजार पठाएको पाइएको छ,' वाणिज्य मन्त्रालयका सूचना अधिकृत दीपकराज पाण्डेले नागरिकसँग भने, ‘ग्यास सहज हुन अझै एक महिना लाग्न सक्छ। त्यसलाई ध्यानमा राखेर प्रतिबन्ध लगाएको हो।'
सरकारले ग्यासलाई अत्यावश्यक वस्तुको सूचीमा समेत समावेश गरेको छ। यसअघि मट्टितेल, डिजेल, पेट्रोल र हवाई इन्धनलाई यो सूचीमा राखेको थियो।
अत्यावश्यक वस्तुको सूचीमा नराख्दा व्यवसायीले अभाव गराएर राज्यलाई घुँडा टेकाउँदै आएका थिए। अब त्यसो गरे आवश्यक पदार्थ नियन्त्रण ऐन २०१७ को दफा २ को खण्ड ‘क' अनुसार कारबाही हुनेछ।
सर्वसाधारणको भान्छामा नभई नहुने भएकाले अत्यावश्यक वस्तुको सूचीमा राखिएको हो। अत्यावश्यक वस्तुको सूचीमा राखेपछि व्यापारीले हडताल गर्न पाउँदैनन्। जबर्जस्ती अभाव गराए सरकारले तत्काल कारबाही गर्छ।
राजपत्रमा प्रकाशित सूचनाअनुसार एक महिनासम्म नयाँ सिलिन्डर बिक्री गरिएको थाहा पाए तत्काल वाणिज्य विभागले कारबाही गर्नेछ। सरकारले ग्यास अभावको मुख्य कारण नयाँ सिलिन्डर बिक्रीलाई मान्दै यस्तो प्रतिबन्ध लगाएको हो।
‘ग्यास व्यवसायी इमानदार भएको भए, एक महिनाका लागि प्रतिबन्ध लगाउनुपर्ने जरुरी थिएन,' वाणिज्य मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘गतल नियत राखेर काम गरेकाले अंकुश लगाउन नयाँ नियम लगाइएको हो।'
नापतौल तथा गुणस्तर विभागले उपलब्ध गराएको तथ्यांकअनुसार गृहलक्ष्मीले ४७ हजार २ सय, नेपाल सिलिन्डरले ४२ हजार ८ सय ४७ र एरोटेकले सबैभन्दा बढी एक लाख ७७ हजार ८ सय ५४ वटा नयाँ सिलिन्डर बेचेका छन्। अहिले ती कम्पनीलाई सिलिन्डर उत्पादन गर्न समेत रोक लगाइएको छ।
एरोटेकबाट मात्रै बाबा ग्यासले ६ सय, भानुले १ हजार २ सय, भाईले ५ हजार ४ सय, बुटवलले ७ हजार २ सय, गौरीशंकरले ३ हजार ५ सय ९९, गृहलक्ष्मीले १ हजार २ सय, हिमालयले ७ हजार २ सय ८, कोसीले ४ हजार ७ सय ९८, मनकामनाले ७ हजार २ सय, मनोजले ३ हजार ६ सय, मेट्रोले ६ हजार ५ सय ९९, नमस्तेले ६ सय, नारायणीले ६ सय, रोयलले ३ हजार ६ सय, सिद्धार्थले २ हजार ४ सय, सुगमले ५ हजार ४ सय ८, सुपरले १ हजार १ सय ९९, सूर्यले ६ सय, त्रिवेणीले २ हजार ४ सय र उग्रचण्डीले १ हजार २ सय नयाँ सिलिन्डर बेचेको तथ्यांक फेला परेको छ।
तथ्यांकअनुसार एरोटेकले साउनमा २२ हजार ५ सय, भदौमा २२ हजार ३ सय, असोजमा ३२ हजार ५ सय, कात्तिकमा २७ हजार ६ सय, मंसिरमा ३२ हजार ९ सय र पुसमा ३९ हजार ८ सय नयाँ सिलिन्डर उत्पादन गरी बजार पठाएको छ। तर, अन्य कम्पनीको तथ्यांक भने, उपलब्ध भएको छैन।
अहिले मन्त्रालयले राजपत्रमा सूचना निकालेर उत्पादन पनि बन्द गराएको छ। एक महिनापछि ग्यास सिलिन्डर उत्पादन गर्न सकिने सूचनामा उल्लेख छ।