काठमाडौं-नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड (युटिएल)लाई एकीकृत लाइसेन्स लिन ६० दिन समय दिएको छ। सोमबार बसेको प्राधिकरणको बोर्ड बैठकले यस्तो निर्णय गरेको हो।प्राधिकरणले यसअघि ३० दिनको समय दिएकोमा युटिएलले कर्मचारी आन्दोलन र आन्तरिक व्यवस्थापनका कारण नभ्याएको भन्दै ६० दिनको समय मागेको थियो। प्राधिकरणले सोमबार कम्पनीको माग अनुसारै समय दिएको हो।
प्राधिकरण अध्यक्ष दिगम्बर झाका अनुसार लाइसेन्स दिने बेला समयसीमा तोकिएको थिएन। ‘अहिले कम्पनी आफैंले ६० दिनभित्र लाइसेन्स लिने भनेपछि सोअनुसार समय दिने निर्णय भएको छ। सो समयभित्र पनि लिन नआए उसको लाइसेन्स खोसिन्छ,' उनले भने।
लामो समयसम्म लाइसेन्स होल्ड गरेर राख्ने र सेवा नदिने गर्दा अर्थहीन हुने भएकाले अन्तिमपटक ६० दिन समय दिइएको उनले बताए। सो समयसम्म कुर्ने र नआए लाइसेन्स रद्द गरिने उनले चेतावनी दिए। ‘युटिएलले २ वर्षदेखि लाइसेन्स होल्ड गरेर राखेको छ। लाइसेन्स लिए नवीकरण दस्तुर तिर्नुपर्ने भएकोले युटिएल त्यसबाट जोगिन खोजेको हो। अब त्यस्तो बहाना चल्दैन,' उनले भने।
युटिएलले लाइसेन्सबापत प्राधिकरणलाई ३५ करोड ७५ लाख रुपैयाँ बुझाउनुपर्छ। यसमध्ये १० करोड ७२ लाख बुझाइसकेको छ। बाँकी रकम किस्ताबन्दीमा बुझाउने सुविधा छ। त्यसमा पनि बैंक ग्यारेन्टी लिने प्राधिकरणले जनाएको छ।
प्राधिकरणले फागुन १० गते ३० दिनभित्र लाइसेन्स लिन युटिएललाई निर्देशन दिएको थियो। कम्पनीले चैत १ गते प्राधिकरणलाई पत्र लेखेर ६० दिनको समय मागेको थियो।
प्राधिकरणका सहप्रवक्ता अच्युतानन्द मिश्रले युटिएलले अहिले ९ सय मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सी ओगटेको र समयसीमाभित्र लाइसेन्स लिन नआए खारेज हुने बताए। ‘प्राधिकरणले सोमबारै युटिएललाई पत्र लेखर यस विषयमा जानकारी गराइसकेको छ,' उनले भने।
सरकारले दूरसञ्चार सेवा प्रदायकलाई जिएसएम सेवाका लागि ९ सय र १८ सय मेगाहर्ज फ्रिक्वेन्सी दिँदै आएको छ। प्राधिकरणका अनुसार ९ सय मेगाहर्ज सस्तो मूल्यको भ्वाइस सेवाका लागि उत्तम विकल्प हो।
युटिएलमा माओवादीनिकट कर्मचारीले तलब वृद्धि माग्दै २ महिनाअघि सेवा रोकेर आन्दोलन थालेका थिए। चैत ५ देखि सेवा पुनः सुरु भएको छ।
प्राधिकरणले स्मार्ट टेलिकमलाई पनि १५ दिनभित्र प्रगति विवरण पेस गर्न निर्देशन दिएको छ। लाइसेन्स लिएर पनि सेवा सुरु नगरेपछि यसो गरेको हो। गत वैशाखमा सफ्ट लन्च गर्ने जनाएको स्मार्टले सेवा सुरु नगरेपछि प्राधिकरणले चासो देखाएको हो।
प्राधिकरणका अध्यक्ष झाले स्मार्टले लाइसेन्स लिएर सेवा सुरु नगरेपछि कम्पनीको बजारीकरणदेखि भौतिक पूर्वाधार निर्माणसम्मको प्रगति विवरण मागिएको बताए। १५ दिनभित्र विवरण बुझाउन निर्देशन दिइसकेकोले विवरण आएपछि स्मार्टका विषयमा पनि नयाँ प्रक्रिया सुरु हुने उनले बताए।
‘१० वर्षको २० अर्ब रुपैयाँ नवीकरण शुल्क तिर्नुपर्छ। स्मार्टले सेवा सुरु नगर्दा पनि ४ अर्ब तिर्नुपर्छ। त्यसैले सेवा दिने हो कि होइन, बु‰न प्राधिकरणले प्रगति विवरण बुझाउन भनेको हो,' उनले भने।
युटिएल र स्मार्टले सेवा सुरु नगरे तिनीहरुको लाइसेन्स खोसेर अर्काे कम्पनीलाई दिन सकिने उनले बताए। ‘बजारमा अझै एउटा कम्पनी आवश्यक छ। दूरसञ्चार कम्पनीबीच वास्तविक प्रतिस्पर्धा हुन सकेको छैन। त्यसैले नयाँ कम्पनी आउनु जरुरी छ,' उनले भने।
अहिले भएको एनसेलको सेवा महँगो र टेलिकमको गुणस्तर कम भएकाले दुवै कम्पनीबाट उपभोक्ताले राम्रो सुविधा नपाएको उनले बताए। ‘अर्काे कम्पनी आउनु उपभोक्ताकै लागि आवश्यक छ,' झाले भने।