सेज ऐन पारित
०९ चैत्र २०७१
•
७ मिनेट पाठ
सेज ऐन पारित
काठमाडौं-मन्त्रिपरिषदले विशेष आर्थिक क्षेत्र (सेज) ऐनको मस्यौदा पारित गरेको छ। सेजलाई व्यवस्थित सञ्चालन गर्ने उद्देश्यले बनाउन लागिएको ऐनको मस्यौदा अब संसदमा पेस गरिने छ।फागुन २७ मा मन्त्रिपरिषद, विधेयक समिति बैठकले मस्यौदा पारित गर्दै चालु व्यवथापिका संसदमा पेस गर्ने निर्णय गरेको हो। ‘ऐनको मस्यौदा मन्त्रिपरिषदबाट पास भइसक्यो,' उद्योग मन्त्रालयका सह–सचिव जीतबहादुर थापाले भने, ‘अब बस्ने संसदमा यो पेस गरिनेछ।' संसदमा विधेयकका प्रावधानमाथि छलफल हुनेछ। देशका विभिन्न ठाउँमा सञ्चालन हुने भनिएका सेज व्यवस्थित सञ्चालन र लगानी आकर्षित गर्न ऐन बनाउन लागिएको हो।
नयाँ बन्न लागेको ऐनमा विभिन्न सुविधा र प्रावधान राखिएको सहसचिव थापाले बताए। यसमा औद्योगिक क्षेत्रमा प्रतिकूल असर गर्ने गरी कुनै पनि काम कारबाही गर्न नपाइने प्रावधान छ। ऐन लागू भएपछि सेजभित्रका उद्योगमा कार्यरत मजदुरले बन्द, हडताल गर्न पाउने छैनन्।
यसअघि अघिल्लो सरकारको पालामा मस्यौदालाई अन्तिम रुप दिन सरोकारवालासँग छलफल चलाउँदा मजदुरले बन्द, हडताल गर्न नपाउने प्रावधानप्रति मोहन वैद्य नेतृत्वको माओवादीले आपत्ति जनाएको थियो। उसको विरोधपछि मस्यौदा मन्त्रिपरिषदबाट फिर्ता आएको थियो। यसअघिको मस्यौदामा रहेको बन्द, हडतालविरोधी प्रावधानमा केही भाषागत सुधार गरी नयाँ तयार गरिएको र अन्य प्रावधान भने पुरानै रहेको मन्त्रालयले जनाएको छ।   
मस्यौदा ऐनमा सेजमा स्थापना भएको उद्योगलाई राष्ट्रियकरण नगरिने र पाँच वर्षसम्म आयकर छुट हुने प्रावधान पनि छ। सेजका उद्योगले पहिलो वर्ष ५०, दोस्रो वर्ष ४० र तेस्रो वर्ष २५ प्रतिशत घरबहाल छुट पाउने छन्। उद्योगलाई आवश्यक पर्ने मेसिनरी सामान, स्पेयर पार्टस्, कच्चा पदार्थ आयातमा मूल्य अभिवृद्धिकर लाग्दैन। यी उद्योगले ७५ प्रतिशत सामान निकासी गर्नुपर्ने लगायतका प्रावधान मस्यौदामा छन्।
सेज कार्यविधिमा उल्लेख गरिएका सेवा, सुविधा नघटाई ऐन बन्न लागेको सेज सञ्चालन समितिका निमित्त कार्यकारी निर्देशक सरोजकुमार वैद्यले बताए। नयाँ ऐन आएपछि सेज सञ्चालन सहज हुने उनले बताए। ऐन आउन ढिला हुने भएपछि कार्यविधि बनाएर भैरहवा सेज उदघाटन गरिएको थियो। ऐन आएपछि नियामावली बन्ने र त्यसैअनुसार सञ्चालन हुने छ। ऐन र नियामली बनेपछि सञ्चालन समिति पनि खारेज हुने सक्ने वैद्यले बताए।
मस्यौदा ऐन मन्त्रिपरिषदबाट फिर्ता आएपछि उद्योग मन्त्रालयले त्यसलाई पुनः छलफलमा लगेको थियो। सरोकारवालासँग चरणबद्ध छलफल गरेर अन्तिम रुप दिई मन्त्रिपरिषद लगिएको थियो। ऐनलाई अन्तिम रुप दिन सरोकारवाला निकाय, निजी क्षेत्र र  सम्बन्धित मन्त्रालयसँग राय मागिएको थियो। स्रोतका अनुसार अर्थ, वाणिज्य, श्रम, कानुन मन्त्रालयबाट मस्यौदाका प्रावधानमा राय आएपछि उद्योगले यसलाई अन्तिम रुप दिइएको हो।
बन्द, हडताल निषेध गर्ने गरी आउन लागेको ऐनले देशमा उद्योग व्यवसाय नियमित सञ्चालन गर्न सजिलो हुने व्यवसायी बताउँछन्। ‘उद्योग सञ्चालनको लागि सहज वातावरण चाहिन्छ। तर यहाँ त्यस्तो छैन,' नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष पशुपति मुरारकाले भने, ‘सेज ऐनले त्यस्तो वातावरण दिन सक्छ।' देशमा चलेको लामो द्वन्द्व र मजदुर हडतालले सञ्चालनमा रहेका उद्योग व्यवसाय धराशयी भएका थिए। सरकारले सञ्चालन गरेका कतिपय कलकारखा बन्द नै भए भने निजी क्षेत्रको उद्योगलाई टिक्न निकै गाह्रो परेको थियो।
सेज ऐन आएपछि त्यहाँ उद्योग चलाउन सहज हुने मुरारकाले बताए। ‘सेवा सुविधाको विशेष व्यवस्था हुन्छ। अहिलेको अन्योल हट्छ,' मुरारकाले भने। सेज स्थापनाको मुख्य उद्देश्य निर्यात प्रवर्द्धन गर्ने भएकाले नयाँ ऐनमा कच्चापदार्थ आयात र निकासी गर्दा चाहिने सुविधा सुनिश्चित गर्नुपर्ने मुरारकाले बताए।   
सरकारले देशभर १४ सेज निर्माण गर्न काम गरिहरको छ। भैरहवा सेज उदघाटन भइसकेको छ। पाँचखाल, जुम्ला र सिमरामा काम धमाधम भइरहेको वैद्यले बताए। अन्य ठाउँका सेजको हकमा सम्भाव्यता अध्ययन मात्र भएको छ। भैरहवा पाइलट प्रोजेक्ट भएकाले यसको अनुभव अन्य सेज सञ्चालनको लागि पाठ हुने वैद्यले बताए।
उद्घाटन भएको भैरहवा सेजमा उद्योगीको रुची कम देखिएको छ। यसो हुनुमा ऐनको अभावलाई कारण भनिएको छ। भैरहवा सेजमा उद्योग खोल्न निजी क्षेत्रबाट जम्मा १२ वटा प्रस्ताव परेका छन्। ६८ प्लट भएको सेजमा धेरै कम मात्रामा प्रस्ताव आउनुमा ऐनकै अभाव भएको व्यवसायी बताउँछन्।  
नेपालमा करिब १५ वर्षअघि सेज स्थापनाको काम सुरु भएको थियो। छिमेकी देशहरू भारत, बंगलादेश, श्रीलंका, ताइवानमा सेज स्थापनाले उद्योग फस्टाएको अनुभवका आधारमा नेपालमा पनि यो अवधारण आएको वैद्यले बताए।


अर्को समाचार
पारित भयो सेज नियमावली
२५ भदौ २०७४
•
६ मिनेट पाठ
पारित भयो सेज नियमावली
काठमाडौं- सरकारले विशेष आर्थिक क्षेत्र (सेज) नियमावली लामो समयपछि पारित गरेको छ । मन्त्रिपरिषद्बाट नियमावली पारित भएसँगै सेज सञ्चालनमा थप सहज हुनेछ । सेज ऐनका प्रत्येक बुँदा कार्यान्वयन गर्न नियमावली आवश्यक थियो । सेज ऐन पोहोर भदौमा व्यवस्थापिका संसदबाट पारित भएको थियो ।




‘हप्ता दिनअघि सेज नियमावली पारित भएको छ,’ विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक चण्डिका भट्टले भने, ‘अब सेज ऐनमा उल्लेख भएका प्रावधान लागू गर्न सहज हुनेछ ।’ सेज ऐनमा निजी क्षेत्रले पनि सेज सञ्चालन गर्न पाउने उल्लेख छ । उक्त प्रावधान कार्यान्वयन गर्न नियमावलीले सहज बनाएको भट्टले बताए । त्यसैगरी, सेजमा उद्योग दर्ता, कर लगायत एकद्वार सेवा दिन पनि यसले सहयोग पु¥याउने छ ।

सेज नियमावली पारित भएसँगै मुलुकभर बन्न लागेका दर्जनभन्दा धेरै सेजमा काम गर्न सजिलो पर्ने प्राधिकरण्को भनाइ छ । प्राधिकरणले सातवटै प्रदेशमा सेज निर्माण गर्ने काम अघि बढाएको छ । सातवटै प्रदेशमा सेज निर्माण गर्ने काम अघि बढाएको र त्यसमध्ये पनि तीनवटालाई प्राथमिकतमा राखेर काम गरिरहेको प्राधिकरणको भनाइ छ ।

भट्टका अनुसार भैरहवा, सिमरा र पाँचखालको सेजलाई प्राथमिकतमा राखेर काम भइरहेको छ । सबै सेज एकैपटक सुरु गर्न खोज्दा आर्थिकदेखि अन्य बोझ हुने भएकाले पहिला तीनवटा सञ्चालनमा ल्याएर त्यसको अनुभवका आधारमा अन्यमा काम गर्ने सोच प्राधिकरणको छ ।

दुई महिनापछि भैरहवा सेज सञ्चालन हुने

१९ वटा उद्योग स्थापना गर्न प्राधिकरणसँग सम्झौता भइसकेको भैरहवा सेज सञ्चालन अबको दुई महिनापछि हुने भएको छ । अन्य सबै भौतिक पूर्वाधार तयार भए पनि विद्युत् अभाव हँुदा त्यहाँ उद्योग सञ्चालन हुन सकेको थिएन ।

‘अबको दुई महिनापछि उद्योग सञ्चालन हुने निश्चित भएको छ,’ कार्यकारी निर्देशक भट्टले भने, ‘दुई महिनाभित्रमा सेजमा बिजुली आउने भएको छ ।’ प्रधानमन्त्रीस्तरीय बैठकमा भैरहवा सेजमा दुई महिनाभित्र विद्युत् पु¥याउने निर्णय भएको भट्टले बताए । विद्युत् अभावले उद्योग सञ्चालन हुन नसकेको भन्दै प्रधानमन्त्री सहितको बैठकले दुई महिनाभित्र विद्युत् पु¥याउने निर्णय गरेको भट्टले बताए ।

उक्त क्षेत्रमा डेडिकेटेड फिडरबाट १५ मेगावाट बिजुली उपलब्ध गराइने छ । विद्युत् उपलब्ध नहँुदासम्म कुनै पनि उद्योग चल्न नसक्ने भएपछि सरकारले विद्युत्लाई प्राथमिकतामा राखेर काम गरेको जनाएको छ ।

भैरहवा विशेष आर्थिक क्षेत्रमा १९ वटा उद्योगसँग सम्झौता भएर दर्ता प्रक्रिया सुरु भइसकेको छ । १९ वटा उद्योगले उक्त सेजमा झन्डै सात अर्ब रुपैयाँ लगानी गर्ने सम्झौता गरिसकेका छन् ।

औद्योगिक क्षेत्र भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र भारतको नयाँ दिल्लीसँग हजार किलोमिटर दुरीमा छ । ३६ हेक्टर जमिनमा फैलिएको यो सेज कानपुर, हरियाणालगायत प्रदेशनजिक पर्छ भने लखनउ र गोरखपुर क्रमशः चार सय र ९५ किलोमिटर दुरीमा पर्छन् ।

सेजको अवधारणा नै उत्पादित वस्तु निर्यात गर्नु हो । नेपालमा स्थापना गर्न लागिएका केही विशेष आर्थिक क्षेत्र भारत नजिक छन् । जसको प्रमुख बजार केन्द्र भनेको नेपालका सिमानामा जोडिएका भारतीय बजार हुन् ।

भैरहवा सेजको प्रमुख निकासी केन्द्र नै भारत हो । नेपालसँग जोडिएको सुनौली नाका केही किलोमिटर मात्र पर छ । भैरहवाको सेज सञ्चालन गर्न सके यस क्षेत्रको सबैभन्दा ठूला बजार नै भारत हुने व्यवसायी बताउँछन् ।

यो क्षेत्रमा स्थापना भएको उद्योगले ७५ प्रतिशत सामान निकासी गर्नुपर्ने प्रावधान छ । उत्पादकले २५ प्रतिशतभन्दा धेरै उत्पादन नेपालको आन्तरिक बजारमा बिक्री गरेमा केन्द्रीय कार्यालयले जरिवानाको लागि सिफारिस गर्ने व्यवस्था छ ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस