काठमाडौं-आफूखुसी आयात गरेर जथाभावी विषादी बेच्ने व्यवसायीलाई ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना गर्ने गरी कानुन बन्न थालेको छ। जीवनाशक विषादी ऐन २०४८ संशोधन गरेर सरकारले यस्तो प्रावधान राख्न लागेको हो।व्यापारीले प्रतिबन्धित विषादी आयात गरेर किसानालाई जथाभावी बेचेको भेटिए ५० हजारदेखि एक लाख रूपैयाँसम्म जरिवाना र पहिलोपटक ६ महिना कैद वा दुवै सजाय हुन सक्ने प्रावधान ऐनमा राख्न लागिएको छ।
आयातकर्ता र बिक्रेताले आफूखुसी विषादी भित्र्याएर किसानलाई अनियन्त्रित रूपमा बेचेका कारण पछिल्लो समय हरियो तरकारीमा बढी विषादी अवशेष भेटिएको र त्यसले सर्वसाधारणको स्वास्थ्यमा गम्भीर नकारात्मक असर परेको भन्दै सरकारले ऐन संशोधन गर्न लागेको हो।
कालीमाटीस्थित तरकारी बजारमा द्रुत विषादी अवशेष विश्लेषण एकाइ स्थापना गरेर बाहिरबाट भित्रिने तरकारीमा विषादी मात्रा परीक्षण गर्न थालिए पनि नीतिगत रूपमा कडाइ गर्न ऐन नै संशोधन गर्न लागिएको हो। ‘यो ऐनमा सजाय अत्यन्त न्यून भएकाले आयातकर्ता र बिक्रेताले आफूखसी विष बेच्छन् र किसानले पनि लापरबाहीपूर्वक प्रयोग गर्छन्,’ बाली विकास निर्देशनालयका निर्देशक डिल्लिराम शर्माले भने, ‘बढ्दो विषादी प्रयोग नियन्त्रण गर्न अब ऐनै संशोधन गरेर कडा व्यवस्था गर्न लागिएको हो।’
उनका अनुसार समयसापेक्ष ऐन संशोधन गरेर स्वीकृतिबेगर र मापदण्डविपरीत विषादी बेच्नेलाई कारबाहीको दायरामा ल्याउन कारबाहीको क्षेत्र फराकिलो पार्न लागिएको हो। साबिक ऐनमा अधिकतम पाँच हजार रूपैयाँसम्म जरिवाना गर्ने व्यवस्था छ। यो बढाएर ५० हजारदेखि एक लाख पुर्यािइनेछ।
दोषीलाई ६ महिनासम्म कैद हुनसक्ने व्यवस्था पनि प्रस्तावित ऐनमा थपिएको निर्देशक शर्माले जानकारी दिए। उनका अनुसार संशोधित ऐनमा हाल प्रयोग भइरहेको रासायनिक विषादी प्रयोग दर न्यून गर्दै निरूत्साहित गर्ने प्रावधान थपिएको छ। त्यसको ठाउँमा जैविक विषादी प्रयोग दर बढाउदै लैजाने र जैविक विषादी उत्पादन गर्ने कारखाना खोल्न अनुदानसमेत दिने व्यवस्था गरिएको छ।
निर्देशनालयका वरिष्ठ बाली संरक्षण अधिकृत दिनेशबाबु तिवारीका अनुसार संशोधित मस्यौदामा आयातकर्ता, बिक्रेता र प्रयोगकर्ता किसानको हकमा छुट्टाछुट्टै व्यवस्था छ। विषादी आयातकर्ता कम्पनीको हकमा म्याद नाघेको विषादी भित्र्याउन नपाइने, सरकारले निर्धारण गरेको मापदण्डभित्रको स्वीकृत विषादीमात्र आयात गर्न पाउने, म्याद नाघेका विषादीको व्यवस्थापन तथा फिर्ता पठाउने व्यवस्था आयातकर्ताले आफैं गर्नुपर्ने, सरकारले स्वीकृत गरेका विषादीमात्र आयात गर्नुपर्ने लगायत नयाँ व्यवस्था छ।
यसअघिको ऐनमा म्याद नाघेका विषादीको व्यवस्थापन कसले गर्ने भन्नेमा कुनै व्यवस्था थिएन। ‘जसका कारण आयात भएका तर म्याद नाघिसकेका विषादी व्यवस्थापन गर्न सरकारलाई निकै समस्या परेको थियो,’ अधिकृत तिवारीले भने। बिक्रेताको हकमा पनि केही कडाइ गरिएको छ। विषादी बिक्री गर्न चाहने व्यक्तिले लिनुपर्ने प्रशिक्षण अवधि तीन दिनबाट बढाएर एक साता पुर्यासइएको छ।
प्रशिक्षित व्यक्तिले निर्देशनालयद्वारा लिइने परीक्षा पास गरेपछि मात्र बिक्रेताको अनुमति पत्र (लाइसेन्स) पाउने व्यवस्था छ। यस्ता बिक्रेताले सरकारले इजाजत दिएको विषादी मात्र किसानका समस्याको आधारमा बेच्न पाउँछन्।
किसान तहमा पनि सुधार गर्ने प्रावधान प्रस्तावित मस्यौदामा थपिएको छ। कृषि विकास मन्त्रालयका प्रवक्ता उदयचन्द्र ठाकुरका अनुसार अबदेखि किसानले आफूखुसी होइन अनुमति प्राप्त गरेका बिक्रेताले समस्या सुनेको आधारमा उपलब्ध गराउने विषादीमात्रै प्रयोग गर्नुपर्नेछ। सरकारले किसानमा जैविक विषादी प्रयोगसम्बन्धी चेतना जगाउनुका साथै असल कृषि अभ्यास (गुड एग्रिकल्चर प्राक्टिस) सम्बन्धी प्रशिक्षण दिनेछ।
मस्यौदालाई टुंगोमा पुर्यातएर चाँडै नै स्वीकृतिका लागि संसद लगिने उनले बताए। ‘कानुन मन्त्रालयबाट राय सुझावसहित आइसकेको छ,’ उनले भने, ‘अन्तिमपटक थपघट गरेर निकट समयमै संसदमा प्रस्ताव गर्न लागेका छौं।’ अमेरिका र युरोपमा प्रतिहेक्टरमा एक सय ४५ ग्राम विषादीको प्रयोग भइरहे पनि नेपाली किसानले प्रतिहेक्टरमा एक हजार चार सय ग्रामसम्म प्रयोग गरेको निर्देशनालयले गरेको अध्ययनले देखाएको छ।
नेपालमा बार्षिक तीन सय ४५ टनसम्म विषादी आयात हुन्छ। निर्देशनालयका अनुसार तरकारीमा ९५ प्रतिशत किसानले रसायनिक विषादी प्रयोग गर्छन्। आयात हुने विषादीमध्ये ८५ प्रतिशत बारा, काभ्रे र धादिङका किसानले तरकारीमा प्रयोग गर्छन्। ती तीन जिल्लाका किसानले ६ प्रतिशत हाराहारीमा प्रतिबन्धित १५ वटा विषादीसमेत प्रयोग गर्दै आएको निर्देशक शर्माले जानकारी दिए। सरकारले प्रयोग र आयातमा प्रतिबन्ध लगाए पनि आयातकर्ता, बिक्रेता तथा किसानले खुला सिमानाको फाइदा उठाएर लुकिछिपी क्लोरडाइन, डिडिटी, डाइलड्रिन, एलड्रिन, हेप्टाक्लोर, टोक्साफेन, माइरेक्स, लिन्डेन, बिएचसी, फोस्फाइडन, ओरगानो मर्कनी, फंगिसाडड, मिथाइल प्याराथिन, मोनोक्रोटोफोस र इन्डोसल्फेन नामक विषादी भित्र्याएर प्रयोग गर्दै आएका छन्।