काठमाडौं-वैदेशिक रोजागर प्रबर्द्धन बोर्डले दुई वर्षदेखि बिदेसिने नेपाली कामदारलाई अभिमुखीकरण तालिम दिने नयाँ संस्थालाई अनुमति दिएको छैन। पुरानो संस्थाको दबाबमा बोर्डले नयाँलाई इजाजत नदिएको सरोकारवालाले आरोप लगाएका छन्।वैदेशिक रोजगार विभागमा निवेदन दिएर उसले बोर्डलाई पत्र काटेपनि निर्णय नहुँदा १५ वटा संस्थाले इजाजत पाएका छैनन्। स्वीकृित नपाउँदा ती संस्थाको करिब ४ करोड लगानी अन्योलमा रहेको दाबी गरिएको छ। एउटा संस्थाले २० लाखदेखि ३० लाख लागतमा पूर्वाधार निर्माण गरेर घरभाडा तिर्दै आएका छन्। पुरानाको सिन्डीकेटले नयाँ संस्था दर्ता नगर्न दबाब दिँदै आएको इजाजत पर्खिएर बसेकाहरु बताउँछन।
मन्त्रालयको निर्देशनमा बोर्डले नयाँ संस्थाको ४ पटक अनुगमन र निरीक्षण गरिसकेको छ। बोर्डमा अभिमुखीकरण गर्ने संस्थाको तर्फबाट पनि प्रतिनिधित्व भएकाले नियोजित रुपमा नयाँ संस्थालाई रोकिएको व्यवसायीहरुको आरोप छ।
‘चार पटकसम्म निरीक्षण र अनुगमन गरेर मापदण्ड पुरा भए पनि अनेकन बहानामा रोकिएको छ,' दर्ता गर्ने तयारीमा रहेको पाथीभरा ओरियन्टेसन एन्ड ट्रेनिङ सेन्टरका सञ्चालक सुरेश भट्टराईले भने, ‘सबै प्रक्रिया पूरा गरे पनि बोर्डले निर्णय गरेको छैन।'
पाथीभरासँगै सक्सेस ओरियन्टेसन एन्ड ट्रेनिङ सेन्टर, सान टे्रनिङ सेन्टर, क्वालिटी ओरियन्टेसन सर्भिसेज, टेम्पल ओरेन्टेसन सेन्टर, जेन्युन ओरियन्टेसन ट्रेनिङ एन्ड रिसर्च सेन्टर, कमलामाई ओरियन्टेसन एन्ड स्किल डेभलपमेन्ट प्राली, नेपाल मेनपावर ट्रेनिङ प्राली, ह्वाइट हिल्स रिसर्च एन्ड कन्सल्ट्यान्सी प्राली, मेलिसा एजुकेसन फाउन्डेसन, एसएन एकेडमी एन्ड रिसर्च सेन्टर, आरआर टे्रनिङ सेन्टर, सहलहेसबाबा अभिमुखीकरण तालिम केन्द्र, त्रिपुरा मल्टिपल पर्पाेज प्राली, काठमाडौं ओरियन्टेसन प्रालीले पनि निवेदन दिएका थिए।
अर्काे एक सन्चालकका अनुसार बोर्डले १५ वटा संस्थालाई एकैचोटी स्वीकृति नदिइ ८ वटालाई मात्र दिने तयारी गरेको छ। पटके निरीक्षण र अनुगमन गर्दा भत्ता र कमिसन पाइने हुनाले सबैलाई एकैचोटी स्वीकृत नदिने तयारी बोर्डले गरेको हो। अभिमुखीकरण व्यवसायी समीक्षा ओरिन्टेसन सेन्टरकी सीता देवकोटा आफै बोर्डको प्रतिनिधि भएर अनुगमन जाने र निरीक्षण गर्दा नयाँले स्वीकृति पाउन समस्या भएको व्यवसायीहरुको आरोप छ। पुरानो संस्थाका सञ्चालक नै अनुगमनमा जाने भए पछि नयाँले स्वीकृति पाउन समस्या भएको ती सञ्न्चालकले बताए।
बोर्डको सदस्य समेत रहेकी देवकोटाले अनुगमनमा गएर फिल्डमा जे देखिएको थियो त्यही रिपोर्ट श्रम तथा रोजगार मन्त्रालयको सचिवलाई बुझाइएको बताइन्। ‘हामीले रिपोर्ट दिने हो स्वीकृतिका लागि हामीले रोकेका छैनौं,' उनले भनिन्।
बोर्डले स्वीकृति नदिएपछि लगानी डुब्ने चिन्ताले व्यवसायीले वैदेशिक रोजगार अभिमुखीकरण संघर्ष समिति बनाएर आन्दोलन समेत गरेका थिए। संस्था दर्ता तथा नवीकरण सम्बन्धि कार्यविधि २०७१ अनुसार मापदण्ड पुरा गरे स्वीकृति हुने भए पनि १५ वटाको २ वर्षदेखि दर्ता रोकिएको हो।
बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले नयाँ अभिमुखीकरण संस्थाका विषयमा बोर्डमा छलफल निरन्तर भैरहेकाले दुई दिन भित्रमा निर्णय हुने बताए। ‘हामीले यस विषयमा अध्ययन गरेर अन्तिम चरणमा पुगेका छौं एकदुई दिनमा फाइनल हुन्छ,' उनले भने।