काठमाडौं-सरकारले महिलालाई उद्यमी बनाउने उद्देश्यले उद्योग सञ्चालन गर्न सक्नेलाई विशेष सुविधा दिने व्यवस्था गर्न लागेको छ। नयाँ बन्न लागेको औद्योगिक व्यवसाय ऐनमार्फत महिला उद्यमीका लागि विशेष सहुलियतका प्रावधान ल्याउन लागिएको हो।उद्योग मन्त्रालयका अनुसार ऐनमा महिला उद्यमीको मात्र स्वामित्व रहने गरी उद्योग दर्ता भए त्यस्ता उद्योगलाई सरकारले विभिन्न दस्तुरमा ३५ प्रतिशतसम्म छुट दिने प्रावधान राखिएको छ।
विधेयकको मस्यौदालाई फागुन २७ को मन्त्रिपरिषद् विधेयक समितिको बैठकले पारित गर्दै चालु व्यवस्थापिका संसदमा पेस गर्ने निर्णय गरेको थियो।
महिला उद्यमीले सम्पत्ति दर्ता गराउँदा पनि छुट पाउनेछन्। मस्यौदामा उल्लेख भएअनुसार महिला उद्यमीको मात्र स्वामित्व रहने गरी दर्ता भएको उद्योगमा प्रयोग गरिने औद्योगिक सम्पत्ति दर्ता गराउँदा प्रचलित कानूनबमोजिम लाग्ने दस्तुरमा बीस प्रतिशत छुट हुनेछ ।
महिला उद्यमीको लागि औद्योगिक क्षेत्र छनोटमा पनि सुविधा दिइएको छ। महिला उद्यमीले औद्योगिक क्षेत्रमा उद्योग स्थापना गर्न चाहेमा औद्योगिक क्षेत्रभित्रको स्थान प्राथमिकताका आधारमा तोकिएबमोजिम उपलब्ध गराइनेछ।
निर्यात सुविधाको विशेष सुविधालाई महिला उद्यमीको लागि थप व्यवस्था गरिएको छ। सरकारले निर्यात प्रवर्द्धन गर्न विभिन्न ऐनमार्फत सहुलियत सुविधा दिँदै आएको छ। यस ऐनमा महिला उद्यमीको लागि कर्जा दिने सुविधा ल्याइएको छ। महिला उद्यमीको मात्र स्वामित्व रहेको उद्योगले आफ्नो औद्योगिक उत्पादन निर्यात गर्ने प्रयोजनको लागि कर्जा माग गरेमा महिला उद्यमीको व्यवसायको वित्तीय स्थितिको आधारमा तोकिएबमोजिम निर्यात कर्जा उपलब्ध गराउन सकिने मस्यौदामा उल्लेख गरिएको छ।
ऐनको मस्यौदा छलफलको चरणमा रहेका बेला महिलालाई विशेष सुविधा दिनु पर्ने माग आइरहेको थियो। मस्यौदा तयार हुँदा महिला उद्यमीका मागलाई विशेष सम्बोधन गर्ने प्रतिबद्धता मन्त्रालयले गरेको महिला उद्यमी महासंघका अध्यक्ष रिता भण्डारीले बताइन। ‘औद्योगिक व्यवसाय ऐनले सबैका लागि राम्रो पक्कै हुन्छ,' भण्डारीले भनिन्, ‘यसमा महिला उद्यमीको लागि दिइएका सुविधाले हौसला हुनेछ।' उनका अनुसार यस ऐन अनुसार दुई पक्षबाट महिला लाभान्वित हुनेछन्। उनका अनुसार पहिलो त महिलाको लागि भनेर नै विशेष सुविधा दिइएको छ। अर्को लघु, घरेलु तथा साना उद्योगीको लागि दिइएको सुविधाले पनि महिलालाई फाइदा पुग्ने भण्डारीले बताइन्।
‘लघु तथा घरेलु उद्योगमा महिला धेरै छन्,' भण्डारीले भनिन्, ‘घरेलुमा सुविधा दिनु भनेको महिलाको लागि पनि सुविधा हो।'
नयाँ बन्न लागेको मस्यौदामा चार प्रकारमा उद्योग वर्गिकरण गरिएको छ। यसमा घरेलु, साना, मझौला र ठूला उद्योग भनी छुट्याइएको छ। लघु र घरेलु उद्योगमा महिलाहरूको धेरै सहभागिता रहेको छ। मस्यौदाअनुसार घरजग्गा बाहेक बढीमा दुई लाख रुपैयाँसम्मको स्थीर पुँजी रहेको उद्योगलाई लघु भनी वर्गिकरण गरिएको छ। परम्परागत सीप र प्रविधिमा आधारित उद्योगलाई घरेलु उद्योगको रुपमा लिइएको छ। लघु र घरेलु बाहेक दस करोड रुपैयासम्मको स्थिर पुँजी भएको उद्योगलाई घरेलु र दस करोडदेखि २५ करोडसम्मको स्थीर पुँजी भएको उद्योगलाई मझौला भनि वर्गिकरण गरिएको छ। त्यस्तै २५ करोड रुपैयाँभन्दा बढी स्थीर पुँजी भएको उद्योगलाई ठूला उद्योगको रुपमा मस्यौदामा राखिएको छ।