सुनचाँदी मापदण्ड र निर्देशिका अलपत्र, दुई वर्षदेखि अनुगमन छैन
१६ चैत्र २०७१
•
८ मिनेट पाठ
सुनचाँदी मापदण्ड र निर्देशिका अलपत्र, दुई वर्षदेखि अनुगमन छैन
काठमाडौं-गहनामा व्यवसायीले उपभोक्ता ठगे भन्दै २ वर्षअघि सरकारले सुनचाँदी पसलमा छापा मारेर ८ ठूला व्यवसायीविरुद्ध मुद्दा दायर गर्योै। सरकारले मापदण्ड र निर्देशिका नबनाई आतंकित पार्न छापा मार्ने र मुद्दा दायर गर्ने काम गरेको व्यवसायीले आरोप लगाए। पछि सरकार र व्यवसायीबीच वार्ता भई निर्देशिका बनाउने सहमति भयो। तर दुई वर्षसम्म न निर्देशिका आयो, न त त्यसयता सुनचाँदी पसलको अनुगमन नै भयो।सरकारले सुनचाँदी व्यवसायको अनुगमन दुई वर्षदेखि रोकेको छ। घोषणा गरेको निर्देशिका बनाएको छैन। सम्बद्ध स्रोतका अनुसार सरकार र व्यवसायी दुवैको अडानले अनुगमन निर्देशिका बन्न नसकेको हो।
सुनचा“दी कारोबारलाई ‘व्यवस्थित गर्न' अनुगमन गर्दै आएको वाणिज्य विभागले २०७० वैशाख र जेठमा अनुगमन तीव्र बनाए पनि त्यसयता निरन्तरता दिएको छैन। निर्देशिका नआई अनुगमन गर्न नहुने व्यवसायीको अडानपछि विभागले अनुगमन गर्न छाडेको हो। विभागले ऊबेला अनुगमन गर्दा दोषी भेटिएको भन्दै ठूला आठ सुनचाँदी पसलविरुद्ध मुद्दासमेत दायर गरेको थियो।
निर्देशिका बनाउन सरकारी अधिकारी र व्यवसायी सम्मिलित ९ सदस्यीय समिति गठन भएको छ। सरकारलाई दबाब दिन आफूहरुले नै अनुगमन निर्देशिका बनाएर बुझाए पनि जिम्मेवार अधिकारीको बेवास्ताका कारण प्रक्रिया अघि नबढेको व्यवसायीको आरोप छ। विभाग भने व्यवसायीकै अडानले आउन नसकेको बताउँछ।
विभागका निर्देशक हरिनारायण बेल्वासेले व्यवसायी र सरकार दुवै अतिवादी हुँदा निर्देशिका नआएको बताउँछन्। ‘व्यवसायी पनि आफ्नै अडानमा बस्ने, सरकारी पक्ष पनि निर्णय गर्न डराउने, त्यही भएर निर्देशिका नआएको हो,' उनले भने, ‘सरकारी अधिकारीलाई निर्देशिका बनाउँदा तलमाथि भए अख्तियारले समात्छ कि भन्ने डर छ। व्यवसायी यही मौकामा आफ्नो माग र सर्त स्थापित गराउन चाहन्छन्।' जर्ती र टोलेरेन्समा कुरा नमिलेको उनले जानकारी दिए। ‘तैपनि धेरै कुरा मिलेको हुनाले सचिव मन्त्रालय फर्केपछि निर्देशिका जारी हुन सक्छ,' उनले भने।
अनुगमन निर्देशिकाको मस्यौदा तयार भइसके पनि व्यवसायीका केही सर्तका कारण जारी हुन नसकेको विभागको भनाइ छ। विभागका अनुसार व्यवसायीहरु नाफाका विषयमा स्पष्ट हुन चाहेका छैनन्। ‘जर्तीका नाममा लाभ लिन खोज्ने, प्रतिस्पर्धाको बजार अनुसार ज्याला नलिने, गुणस्तरमा ध्यान नदिने प्रवृत्ति छ। यसमा आपत्ति छैन भनेर व्यवसायीले बोले भने निर्देशिका जारी हुन्छ,' बेल्वासेले बताए।
अहिले अनुगमन नै नभएको पनि उनले स्वीकारे। ‘अनुगमन भएको छैन। हामीलाई पनि निर्देशन आएपछि गर्ने हो,' उनले भने, ‘दुई वर्षदेखि अनुगमन नहुँदा बजारको समस्या कस्तो छ, थाहै छैन।'
सुनचाँदी व्यवसायीले २०७० वैशाखमा अनुगमनको विरोध गर्दै पसल बन्द गरेका थिए।  त्यसबेला मूल्य एक्कासि घट्दा व्यापारीले कालोबजारी गरेको आशंकामा वाणिज्य विभाग, उपभोक्ता अधिकारवादी संस्था र स्थानीय प्रशासनसहितको टोलीले वैशाख ९ गते तीनवटा पसलको अनुगमन गरेको थियो। त्यसको विरोधमा १० गतेदेखि व्यवसायी पसल बन्द गरेर आन्दोलनमा उत्रिए। व्यवसायीले अव्यवस्थित अनुगमनको मात्र विरोध गरेको तर्क गरेका थिए। अनुगमन व्यवस्थित बनाउन मापदण्ड हुनुपर्ने तथा सुनका गरगहनाको गुणस्तर निर्धारण गर्न सरकारले प्रविधि र संयन्त्र तयार गर्नुपर्ने उनीहरुको माग छ।
नेपाल सुनचाँदी, रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनले १५ दिनभित्र बनाउने सहमति भएको निर्देशिका दुई वर्षसम्म नआउँदा व्यवसायी अन्योलमा रहेको बताए। २०७० वैशाख १३ गते सरकार र व्यवसायीबीच १५ दिनभित्र निर्देशिका बनाउने सहमति भएको उनले सम्भि्कए। ‘व्यवसायीले सुरुदेखि नै निर्देशिका मागिरहेका छन्। सरकार आफैंले दिन सकिरहेको छैन,' उनले भने। दुई साताअघि वाणिज्य विभागमा यस विषयमा छलफल हुँदा निर्देशिका बनाउने विज्ञनै नभएको तर्क गरेर अधिकारीहरु पन्छिन खोजेको उनले बताए। ‘व्यवसायीले आफ्नो धारणा र मस्यौदा दिइसक्दा पनि निर्देशिका नआउनु दुर्भाग्य हो,' उनले भने।
‘जर्तीका विषयमा व्यवसायीले शून्यदेखि १४ प्रतिशतसम्म माग गरेका छन्। सरकार जर्ती नै हुनुहुन्न भन्छ। गहना बनाउँदा रसायन राख्नुपर्छ, अनि जर्ती नराखी सम्भवै छैन,' उनले भने। सरकारले यो व्यवसायमा अनेकथरी सिलिङ तोक्ने काम गरेको उनको आरोप छ। यो पनि अरु व्यवसाय जस्तै हुनुपर्ने उनको तर्क छ।
‘गलत गर्नेलाई कारबाही हुनुपर्छ। राम्रो गर्नेका लागि राम्रो वातावरण हुनुपर्छ,' उनले भने, ‘निर्देशिका नहुँदा राम्रो गर्नेलाई पनि वातावरण भएन।'
पसल अनुगमनको क्रममा २४ क्यारेटको सुन भन्दै कम गुणस्तरको बेचेको, ज्याला बढी लिएको, बिक्री गर्दा जर्ती बढी काट्ने गरेको, ढक तराजु बेठिक भेटिएको भन्दै विभागले व्यवसायीलाई कारबाही गरेको थियो। व्यवसायीले अनुगमन मापदण्ड, कारोबार निर्देशिका र कारबाही फिर्ताको माग राख्दै सरकारलाई नै दबाब दिएका थिए। वैशाखपछि व्यवसायीले जेठ अन्तिम सातादेखि ११ दिन पसल बन्द गरेर आन्दोलन गरेका थिए।
आन्दोलनपछि असार ७ गते १५ दिनभित्र सरकार र व्यवसायीबीच अनुगमन मापदण्ड बनाउने र कार्यदलमार्फत कार्यविधि बनाउनेलगायत सम्झौता भएको थियो।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस