काठमाडौं-अर्को वर्ष श्रमशक्ति सर्वेक्षण हुने भएको छ। केन्द्रीय तथ्यांक विभागले आगामी आर्थिक वर्षमा सक्ने गरी सर्वेक्षण गर्न लागेको हो। पाँच वर्षपछि नेपाली श्रमशक्तिको अवस्था बारे सर्वेक्षण गर्न लागिएको हो।विभागका उप–महानिर्देशक रुद्र सुवालका अनुसार देशको श्रमको अवस्था कस्तो छ पत्ता लगाउन अध्ययन गर्न लागिएको हो। ‘यसले हाम्रो जनशक्तिबारेको यथार्थ जानकारी बाहिर ल्याउने छ,' सुवालले भने।
विभागले गर्न लागेको यो सर्वेक्षण तेस्रो हो। उसले हरेक पाँच वर्षमा श्रमशक्ति सर्वेक्षण गर्दै आएको छ। देशमा श्रमको अवस्था कस्तो छ? कुन उमेरमा कस्तो श्रम गर्छन्?, कति गर्छन्? लगायत श्रमसँग जोडिएका सबै पक्षको सर्वेक्षण हुने सुवालले बताए।
यो सर्वेक्षणमा पाँच वर्षमाथि उमेरका काम गर्ने जनशक्ति समेटिने छ। अन्तर्राष्ट्रिय स्तरमा १६ वर्षमाथिको उमेर मात्र समेटिने गरे पनि यहाँ बालश्रमिक भएकाले उनीहरूको अवस्थाबारे पनि सर्वेक्षण गर्नुपर्दा तल्लो उमेर राखिएको हो।
यो नमूना सर्वेक्षण हो। देशभरको प्रतिनिधित्व हुने गरी नमूना सर्वेक्षण गरिने विभागले जनाएको छ। देशलाई क्षेत्रगत रुपमा बाँडेर सर्वेक्षण गर्न लागिएको सुवालले जानकारी दिए। पहिलो तरिका अनुसार हिमाल, पहाड र तराई क्षेत्रलाई आधार मानेर सर्वेक्षण गरिने छ। यी तीन क्षेत्रमा बासिन्दाको कामबारे छुट्टाछुट्टै सर्वेक्षण हुने छ। हिमाल, पहाड र तराईमा श्रमका प्रकृति, ज्याला, उमेर, शैली फरक हुने भएकाले भौगोलिक विविधता अनुसार सर्वेक्षण गर्न लागिएको हो।
त्यस्तै दोस्रो तरिकाअनुसार सहर र ग्रामीण क्षेत्र छुट्याएर सर्वेक्षण गरिने छ। सहर र ग्रामीण क्षेत्रको श्रममा केही फरक छ। यी क्षेत्रमा हुने श्रमलाई आधार मानेर कस्तो फरक छ?, तात्विक भिन्नता के हो?, उमेर अवस्था कस्तो छ? भनेर सर्वेक्षण गरिने छ।
यसपालि काठमडौं उपत्यकालाई एक क्षेत्र मानेर सर्वेक्षण गर्न लागिएको सुवालले बताए। देशको राजधानी, सबैको केन्द्र बिन्दु र यहाँ सबै किसिमका श्रम गरिने भएकाले काठमाडौं उपत्यकालाई एक क्षेत्र मानेर सर्वेक्षण गर्न लागिएको हो। ‘काठमाडौं देशकै केन्द्र हो,' सुवालले भने, ‘यहाँ श्रम पनि बढी हुने र देशभरका प्रतिनिधि भेटिने भएकाले एक क्षेत्र मानेर सर्वेक्षण गर्न लागेका हौं।' समग्रमा विभिन्न क्षेत्र छुट्ट्याएर गरिन लागेको सर्वेक्षणमा महिला, पुरुष, कामको प्रकार, उमेर, ज्याला लगायतका सूचाकांकलाई आधार मानिनेछ।
सर्वेक्षण अन्तर्राष्ट्रिय स्तरको हुने र यसलाई अन्य देशको श्रम सर्वेक्षणसँग तुलना गरेर अध्ययन समेत गरिने सुवालले बताए। ‘यो सर्वेक्षण अन्तर्राष्ट्रिय स्तरको हो,' उनले भने, ‘अन्य देशमा पनि हाम्रो सर्वेक्षणबाट आएका तथ्यांकको तुलनात्मक अध्ययन हुनेछ।' सर्वेक्षणमा अन्तर्राष्ट्रिय श्रम संगठनले प्राविधिक सहयोग गर्ने छ।