काठमाडौं-सरकारले बहराइनमा कार्यरत नेपाली कामदारको सुविधा बढाउन त्यहाँका प्रतिनिधिसँग आग्रह गरेको छ। बहराइनका श्रम बजार नियमन बोर्डका प्रमुख असमान अब्दुलाह अल अवासी नेतृत्वको टोली नेपालमा छ।वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयका प्रमुख विश्वप्रकाश सुवेदीको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डल र उताको टोलीबीच बुधबार भएको छलफलमा नेपाली अधिकारीले बहराइनमा कार्यरत नेपाली कामदारको तलब र सुविधा न्यून भएकाले त्यसमा पुनर्विचार गर्नुपर्ने बताए।
‘विशेष गरी कामका नयाँ क्षेत्र, तलब र सुविधा बढाउन हामीले आग्रह गर्यौं ,' छलफलमा संलग्न वैदेशिक रोजगार प्रबर्द्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले बुधबार नागरिकसँग भने, ‘नेपाली कामदारको तलब बढाउन र सुविधा थप्न राखेको मागमा उनीहरु सकारात्मक छन्।'
बहराइनमा गैरकानुनी भएर जेल परेका ३ सय नेपालीलाई रिहा गरी स्वदेश पठाउनसमेत आग्रह गरिएको उनले बताए। काफ्लेका अनुसार उनीहरुले यस विषयमा प्रक्रिया थाल्ने आश्वासन दिएका छन्। छलफलमा नेपाली कामदारलाई निःशुल्क बहराइन पठाउने वातावरण मिलाउन र कोटा बढाउनसमेत आग्रह गरिएको थियो।
बहराइनी प्रतिनिधिले क्रमिक रुपमा नेपाली कामदार लिने र उनीहरुको सुविधामा ध्यान दिने बताएको छ। छलफलमा अल अवासीले नेपाली कामदार मेहनती भएकाले उनीहरुलाई अवसर दिन बहराइन इच्छुक रहेको र कामको आधारमा सुविधा तय हुने बताएको काफ्लेले जानकारी दिए। अल अवासीका अनुसार बहराइनका रोजगारदाताले नेपाली कामदार मन पराएका छन्।
बहराइनमा अहिले करिब ५० हजार नेपाली रहेको अनुमान छ। उनीहरु सुरक्षा गार्ड, निर्माण, पूर्वाधार, डिमार्टमेन्टल स्टोर, लगायतमा कार्यरत छन्। बहराइनले यिनै क्षेत्रमा कामदारको माग बढाउने तयारी गरेको हो। नेपालले कामको क्षेत्र पनि बढाउन आग्रह गरेको छ। बहराइनी अधिकारीले पर्यटन, होटललगायत सेवा क्षेत्रमा पनि कोटा बढाउन सकिने संकेत गरेका छन्। चालू आर्थिक वर्षको आठ महिनामा बहराइनमा ३ हजार १ सय १४ जना कामदार पुगिसकेका छन्।
त्यहाँ नेपाली कामदारले न्यूनतम २१ हजार रुपैयाँ तलब पाउँछन्। ५५ हजारदेखि ९० हजारसम्म खर्च गरेर बहराइन पुगेका अदक्ष कामदारले २१ हजार रुपैयाँ तलब, खान र बस्ने सुविधा पाउँछन्। अर्धदक्षले २५ हजारसँगै खाना र बस्ने सुविधा पाएका छन्। दक्षले ८० हजारसम्म तलब पाउँछन्।
बहराइन कामदार पठाउने वैदेशिक रोजगार व्यवसायी रोहन गुरुङले त्यहाँको भिसा मगाउन ९१ हजार रुपैयाँसम्म बुझाउनुपर्ने अवस्था रहेको भन्दा हटाउने माग गर्नुपर्ने बताए। ‘मेडिकल फेल भएर फर्के भने त्यो रकम कम्पनी वा कामदारले तिर्नुपर्छ। नेपाल सरकारले यो विषयमा समाधानको पहल गर्नुपर्छ। फ्री रिप्लेसमेन्टको माग पनि उठाउनुपर्छ,' उनले भने।
उनका अनुसार भिसाको कुनै ग्यारेन्टी हुँदैन। नेपालमा मेडिकल गरेर बसेका कामदारको ५५ सय त्यसै खेर जान्छ। गाम्कामा आबद्ध मात्र नभएर सबै मेडिकलमा स्वास्थ्य जाँच गराउन पाउनुपर्ने माग पनि छलफलमा राख्नुपर्ने उनको सुझाव छ।
यही टोलीसँग बिहीबार श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ, श्रम मन्त्रालयका सचिव भोलाप्रसाद शिवाकोटीलयागतले छलफल गर्दैछन्। राज्यमन्त्री गुरुङले कामदारको सुविधा, कामदार पठाउने मोडेल, श्रम सम्झौता लगायत विषयमा छलफल गर्ने कार्यक्रम छ। ६ दिने भ्रमणमा रहेको टोलीसँग शुक्रबार सम्झौता हुनसक्ने स्रोतले बतायो।