काठमाडौं-खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बिरामीलाई दूषित खाना खुवाउने अस्पतालका होटल सञ्चालक र अस्पतालविरुद्ध मुद्दा दायर गरेको छ। बिरामीलाई निःशुल्क खाना दिने तीन सरकारी अस्पतालका होटल सञ्चालकविरुद्ध मुद्दा दायर गरिएको हो।बिरामीलाई निःशुल्क दिइने दाल, भात, तरकारी र अचारमा कोलिफर्म भेटिएको आधारमा विभागले प्रसूतिगृह, टिचिङ र वीर अस्पतालमा सञ्चालित होटल मालिकविरुद्ध मुद्दा दायर गरेको जनाएको छ।
विभागका खाद्य निरीक्षण सुमन धितालका अनुसार प्रसूतिगृहका प्रशासन प्रमुख अम्बर अमात्य र डाइट सेक्सन (खाना विभाग) का प्रमुख कुवेर मालाकारविरूद्ध पनि मुद्दा दायर गरिएको छ। उनीहरुले बनाएको खानामा अत्यधिक कोलिफर्म भेटिएको विभागको भनाइ छ। वीर अस्पतालमा सञ्चालित होटलका सञ्चालक सुमन गौतमविरूद्ध मुद्दा दायर गरिएको छ। सो होटलको मुला अचारमा कोलिफर्म भेटिएको थियो।
अनुगमन क्रममा अस्पतालले बिरामीलाई निःशुल्क बाँड्ने दाल, भात, तरकारी, साग, जाउलो र सुपमा पनि अत्यधिक कोलिफर्म भेटिएको थियो। ‘अस्पतालले बिरामीलाई निःशुल्क बाँड्ने खानामा पनि कोलिफर्म भेटियो,' खाद्य निरीक्षक धितालले भने, ‘जिम्मेवार अधिकारीविरुद्ध मुद्दा दायर गर्न सरकारी वकिल कार्यालयमा पत्राचार गरेका छौं। राय, सुझाव आउनासाथ अस्पताल प्रशासनविरूद्ध मुद्दा दायर गर्छौं।'
विभागले वीर अस्पतालका निर्देशक स्वयंप्रकाश पण्डित र खाना विभागका प्रमुखलाई डाकेर बयान लिएको छ। ‘कोलिफर्मयुक्त खाना खाँदा बिरामीलाई थप रोग लाग्ने सम्भावना हुन्छ,' खाद्य निरीक्षक धितालले भने। विभागले खाद्य ऐन २०२३ को ‘दूषित खाद्य पदार्थ उत्पादन र वितरण' अन्तर्गत हदैसम्म कारबाही माग्दै जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेको थियो।
खाद्य ऐनमा दूषित खाद्य पदार्थ उत्पादन, बिक्री बितरण, निकासी वा पैठारी गर्ने व्यक्तिलाई ५ हजारदेखि १० हजार रूपैयाँसम्म जरिवाना वा एक वर्षदेखि दुई वर्षसम्म कैद वा दुवै हुन सक्ने व्यवस्था छ। जिल्ला प्रशासन कार्यालयले सबैजनालाई धरौटीमा छाडेको छ। अहिले उनीहरु तारिख धाइरहेका छन्। काठमाडौंका जिल्ला प्रशासन कार्यालयका मुद्दा शाखाका प्रसाशकीय अधिकृत कृष्ण गैरेले धरौटी लिएर तारेखमा रिहा गरिएको बताए।
प्रशासनले प्रसूतिगृहका प्रशासन प्रमुख अमात्य र डाइट सेक्सन प्रमुख मालाकारलाई जनही २८–२८ हजार रूपैयाँ धरौटी लिएर तारेखमा रिहा गरिएको छ। वीर अस्पतालस्थित क्यान्टिन सञ्चालक सुमन गौतमसँग १० हजार धरौटी लिएको छ।
खाद्य विभागको सहयोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजधानीको चार ठूला सरकारी अस्पताल वीर, शिक्षण, प्रसूति र कान्ति बालमा अनुगमन गरेको थियो। बढी रकम असुल गरेर पनि स्वस्थ्यकर खाना उपलब्ध नगराएको भन्दै सर्वसाधारणले उजुरी दिएको आधारमा आयोगले अनुगमन गरेको थियो।
अनुगमन क्रममा वीर, प्रसूति र शिक्षण अस्पतालको तयारी खाद्य पदार्थमा अत्यधिक परिमाणमा कोलिफर्म भेटिएको थियो। कान्तिको खाद्य पदार्थ स्वस्थ्यकर भेटिएको थियो। विभागले साउनदेखि चैत १५ गतेसम्म सरकारी अस्पतालसहित ३९ वटा पानी, मिठाइ, पिठो, चिकेन भुजिया उद्योगविरूद्ध मुद्दा दायर गरेको छ।
विभागलाई टेर्दैनन् उद्योगी
गुणस्तरहीन खाद्य पदार्थ उत्पादन गरेर उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गर्दै आएका उद्योगीले विभागलाई टेर्न छाडेका छन्। विभागले दोषी भनिएका उद्योगका जिम्मेवार व्यक्तिलाई पटकपटक आउन ताकेता गरे पनि उनीहरूले टेरेका छैनन्। यसले गर्दा मुद्दा दायर गर्न नसकिएको विभाग अधिकारीको भनाइ छ। ‘दोषी सावित भएर बयानसमेत लिसकेका छौं। मुद्दा दायर गर्ने बेला दोषी उपस्थित नहुँदा थप कारबाही अघि बढाउन सकेका छैनौं,' खाद्य निरीक्षक धितालले भने,' पटक–पटक फोन गरे पनि सम्पर्कमा आउन मानेका छैनन्।' अब प्रहरीमा पत्राचार गरेर झिकाउने प्रक्रियामा जान लागेको उनले बताए।
विभागका अनुसार गोपिकृष्ण खाद्य उद्योग, पशुपति स्पि्रङ वाटर उद्योग, बालाजी वेभरेज, वैद्यनाथ घ्यु उद्योग, वर्षा मिनरल नेपाल, अक्वा टप मकालु, सहभागिता वाटर एन्ड वेभरेज, श्रीकृष्ण वेभरेजलगायत उद्योगका पदाधिकारीलाई डाकिए पनि अनुपस्थित हुँदा मुद्दा दायर हुन सकेको छैन।