काठमाडौं-नेपाल–भारत व्यापार तथा ढुवानी सहजीकरण परियोजना (एनआइटिटिएफपी) ले नेपालको सडक, सुक्खा बन्दरगाह तथा अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल बनाउन १० अर्ब रुपैयाँ लगानी गर्ने भएको छ।यो रकम आगामी ४ वर्षभित्र निर्धारित परियोजनामा खर्च गरिनेछ। सन् २०१४ मा सुरु भएको एनआइटिटिएफपीका परियोजनामा विश्व बैंकले सहयोग गरेको हो।
परियोजनाअन्तर्गत काठमाडौं चोभारमा आधुनिक सुक्खा बन्दरगाह र अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल निर्माणमा १ करोड ७० लाख अमेरिकी डलर (झन्डै १ अर्ब ७० करोड) रुपैयाँ लगानी हुनेछ। सरकारले चोभारमा सुक्खा बन्दरगाह र प्रदर्शनीस्थल बनाउन आवश्यक जग्गा उपलब्ध गराइसकेको छ।
‘लामो धैर्यपछि सरकारले जग्गा उपलब्ध गराएकाले अब निर्माणको सम्भाव्यता अध्ययन, नक्सांकनलगायत काम अघि बढाइने छ,' परियोजनाका व्यापार सहजीकरण तथा भौतिक व्यवस्था सल्लाहकार हिमाल थापाले नागरिक भने, ‘अब निर्माण कार्य छिट्टै सुरु हुन्छ।'
नारायणगढ–मुग्लिन सडकखण्ड र वीरगन्ज तथा भैरहवास्थित सुक्खा बन्दरगाहको स्तरोन्नति सुरु भइसकेको उनले जानकारी दिए। ‘परियोजना निर्देशक भर्खर आएकाले रोकिएका अरु सबै काम अब अघि बढ्ने छन्,' उनले भने।
विश्व बैंकले उक्त परियोजनाअन्तर्गत १० करोड १० लाख अमेरिकी डलर (१० अर्ब १० करोड रुपैयाँ) खर्च गर्दैछ। त्यसअन्तर्गत नारायाणगढ–मुग्लिन सडक विस्तारमा ४ करोड ८० लाख डलर (४ अर्ब ८० करोड रुपैयाँ) खर्च गर्नेछ। त्यसका लागि सडक विभागमार्फत बोलपत्र आह्वानको अन्तिम तयारी भएको थापाले बताए। त्यसैगरी नेसनल सिंगल विन्डो निर्माणमा २ करोड ३० लाख अमेरिकी डलर (२ अर्ब ३० करोड) खर्च हुनेछ।
सिंगल विन्डोमा प्रायः सबै भन्सार कार्यालयलाई कागजविहीन बनाई सामानको जाँचपासमा लाग्ने समय, खर्च र गैरकानुनी गतिविधि निरुत्साहित गर्ने लक्ष्य छ। यसमा २० करोड रुपैयाँ अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)ले सहयोग गरेको छ। विश्व बैंकको उक्त परियोजनाअन्तर्गत हुने यी सबै काम आगामी ४ वर्षभित्र सक्ने लक्ष्य छ।
हेटौंडा–काठमाडौं सुरुङमार्ग तथा काठमाडौं–निजगढ फास्ट ट्र्याक बनेपछि काठमाडौंमा विभिन्न वस्तुको भण्डारण र वितरण प्रभावकारी बनाउन सुक्खा बन्दरगाह उपयुक्त भएको परियोजनाले जनाएको छ। लामो समयसम्म सामान सुरक्षित राख्ने सुविधासम्पन्न गोदामघरसहितको सुक्खा बन्दरगाहमा ट्रक तथा क्रेनको सुविधा उपलब्ध हुनेछ।
काठमाडौंको घना बस्तीमा आपूर्ति व्यवस्था सहज बनाउने उद्देश्यले सामानको भण्डारण, राजस्व, बैंकिङ, इन्स्योरेन्स सेवा एकीकृत रुपमा दिने गरी सुक्खा बन्दरगाह निर्माण अघि बढाइएको वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जीवराज कोइरालाले बताए। ‘चोभारस्थित हिमाल सिमेन्टको नाममा रहेको जग्गा सरकारले किनेर सुक्खा बन्दरगाह निर्माण गर्न लागेको हो,' उनले भने।
काठमाडौं उपत्यकामा बन्दरगाह नहुँदा कन्टेनरमा ल्याएका सामान श्रमिकले ‘लोड–अनलोड' गर्छन्। बन्दरगाह भए यो काम क्रेनले गर्ने हुँदा समय बच्ने, सामानको सुरक्षा हुने र श्रमिक समस्यासमेत कम हुने व्यवसायी बताउँछन्।
वाणिज्य मन्त्रालयको एक टोलीले डेढ वर्षअघि भारतको नयाँ दिल्लीमा रहेको सुक्खा बन्दरगाह अध्ययन गरेको थियो। त्यसपछि हिमाल सिमेन्टको जग्गामा निर्माणका लागि मन्त्रालय सकारात्मक भए पनि एउटै कामका लागि १० ठाउँमा समन्वय गर्नुपर्दा ढिला भएको वाणिज्यको भनाइ छ।
सुक्खा बन्दरगाह निर्माण काठमाडौं उपत्यकामा सम्भव नभए काभ्रेपलाञ्चोकको बनेपा वा धुलिखेलमा गर्न सकिने नेपाल फ्रेट फर्वार्डर्स एसोसिएसन (नेफा) ले एक वर्षअघि प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ। तर सरकारले हिमाल सिमेन्टको जग्गा पाएकाले सोही स्थानमा बनाउने तयारी भएको परियोजनाले बताएको छ।
एसोसिएसनले बनेपामा रहेको आइटी पार्कनजिक बन्दरगाह बनाउन पुग्ने जग्गा रहेकाले सो ठाउँलाई विकल्पका रूपमा लिएको थियो। अहिले वीरगन्ज सुक्खा बन्दरगाह हुँदै कन्टेनरबाट आएका सामान काठमाडौंको तीनकुनेमा पुनः लोड–अनलोड हुन्छ।
यसअघि नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनीले पनि काठमाडौंमा बन्दरगाह निर्माण गर्न मन्त्रालयमा ताकेता गरेको थियो। कम्पनीको मागलाई कुनै पनि निकायले सुनेका थिएनन्।