काठमाडौं-कूटनीतिमा दूतावासको ठेगाना परिवर्तन गर्नु राम्रो नमानिए पनि मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासले एकै वर्ष तीनपटक ठेगाना फेरेको छ। साँघुरो भन्दै गत वैशाख १८ गते दूतावास बन्सार ट्रेड सेन्टरको १५ औं तलामा सारिएको दूतावास त्यसको एक वर्ष बित्न नपाउँदै फेरि अर्को ठाउँमा सार्ने तयारी भइरहेको छ।मलेसियाका लागि नेपाली राजदूत निरञ्जनमानसिंह बस्न्यातका अनुसार चैत २३ गतेबाट नेपाली दूतावास नयाँ ठाउँ जलान आमपाङस्थित बिस्मा प्याराडाइजको पहिलो, तेस्रो र नवौं तलाबाट आफ्नो कार्य थाल्नेछ। सर–सामान नयाँ ठाउँमा सार्न दूतावासले पाँच दिनका लागि सबै सेवा स्थगन गरेको सूचना जारी गरिसकेको छ।
‘विभिन्न समस्या आएपछि दूतावास नयाँ ठाउँमा सार्नुपरेको हो। अर्को सातादेखि नयाँ ठाउँबाट दूतावासले सेवा प्रदान गर्नेछ,' मलेसियाका लागि नेपाली राजदूत बस्न्यातले नागरिकसँग टेलिफोनमा भने।
दूतावासले चैत १६ देखि २० गतेसम्मलाई सम्पूर्ण सेवा स्थगित गरेको हो। त्यसपछि क्रमैसँग केही सेवा सुचारु गर्दै चैत २३ गतेदेखि नयाँ ठेगानाबाट सम्पूर्ण सेवा सुचारु गर्ने दूतावासले जनाएको छ। यसै वर्षको सुरुमा दूतावास नयाँ ठाउँमा सार्दा पनि सम्पूर्ण सेवा पाँच दिन स्थगित गरिएको थियो।
ठेगाना परिवर्तन गर्ने नाउँमा यस वर्ष मात्र दूतावासले आफ्ना सम्पूर्ण सेवा १० दिन स्थगित गरेको छ। ‘ठेगाना परिवर्तन गर्दा सेवाग्राहीलाई पर्न जाने अफ्ठेरोप्रति हामी गम्भीर छौं। तर सार्नुपर्ने बाध्यात्मक स्थिति आएकाले दूतावास सार्न लागिएको हो,' परराष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोखरेलले भने।
हाल रहेको स्थान (बन्सार ट्रेड सेन्टर) बारे मुद्दा नै परेपछि अन्यन्त्र सारिएको हो। दूतावासमा नेपालीको अत्यधिक चाप, फोहरमैला, होहल्ला बढेपछि घरमालिकले नै दूतावास सार्न पटक–पटक आग्रह गरेका थिए। सेन्टरको १५औं तलामा दूतावास थियो भने एउटा मात्र लिफ्ट दूतावासलाई प्रयोग गर्न दिइएको थियो। भवनको ट्वाइलेट, भर्यावङ, भित्तामा अत्यधिक फोहोर गरिदिँदा, होहल्ला बढी हुँदा त्यहीँ रहेका अन्य कार्यालयले पनि अन्यत्र सर्न दूतावासलाई आग्रह गरेका थिए।
‘दैनिक १ हजारदेखि १ हजार ६ सयसम्म सेवाग्राही दूतावासमा आउँछन्। नेपालीको चाप बढ्दो छ। अहिले करिब ९ लाख नेपाली मलेसियामा रहेको अनुमान छ। प्रत्येक वर्ष २ लाख बढी नेपाली थपिँदैछन्। समस्या पनि त्यही अनुपातमा बढेका छन्,' राजदूत बस्न्यातले भने, ‘धेरै मानिस आउँदा होहल्ला त भइहाल्छ। यसलाई अरूले रुचाएनन्। दूतावासविरुद्ध मुद्दा नै हाले। कूटनीतिक निकाय झगडा गरेर बस्नुभएन। त्यसैले नयाँ ठाउँमा जाने निर्णय गरेका हौं।'
सुरुमा क्वालालम्पुरको पेट्रानस टि्वन टावरनजिक नेपाली दूतावास थियो। दूतावास जम्मा ३ हजार ५ सय स्क्वायर फिटमा रहेको थियो। सेवाग्राही बढ्दै जाँदा ठाउँ साँघुरो भएपछि बंसार ट्रेड सेन्टरमा दूतावास सरेको थियो। सेन्टरमा दूतावासले ७ हजार २० स्क्वायर फिट भाडामा लिएको थियो। अहिले सरेको नयाँ ठाउँ जलान आमपाङमा ८ हजार ६ सय स्क्वायर फिट दूतावासले भाडामा लिएको छ।
दूतावास भवनमा फोहोर बढेपछि सफा गर्न घरमालिकले मासिक थप १८ लाख रिंगेट (करिब ५ लाख रुपैयाँ) सम्म मागेपछि दूतावास अफ्ठेरोमा पर्दै आएको थियो। ‘दूतावासको ठेगाना फेरिरहनु राम्रो होइन तर अरूले डिस्टर्ब भयो भनेपछि र घरमालिकले नै सम्झौताअनुसार सर्न भनेपछि हामी सर्न बाध्य भयौं,' प्रवक्ता पोखरेलले भने।