अर्को वर्ष चार ठाउँमा औद्योगिक ग्राम
२१ चैत्र २०७१
•
७ मिनेट पाठ
अर्को वर्ष चार ठाउँमा औद्योगिक ग्राम
काठमाडौं- सरकारले देशका विभिन्न ठाउँमा औद्योगिक ग्राम स्थापना गर्ने तयारी गरेको छ। उद्योग मन्त्रालयले आगामी आर्थिक वर्षमा चार ठाउँमा ग्राम स्थापना गर्ने तयारी गरेको हो। नेपालमा अहिलेसम्म औद्योगिक ग्राम छैन।आगामी आर्थिक वर्ष कैलाली, सुर्खेत, पाल्पा र धनकुटामा औद्योगिक ग्राम स्थापना गर्न तयारी थालिएको उद्योग मन्त्रालयकी प्रवक्ता यामकुमारी खतिवडाले बताइन्। 'चार ठाउँमा ग्राम स्थापना गर्न सम्भाव्यता अध्ययनलगायत सबै तयारी भएको छ,' खतिवडाले भनिन्, 'आवश्यक रकम आगामी आर्थिक वर्षको बजेटमार्फत जुटाएपछि काम सुरु हुनेछ ।'

उनका अनुसार यीबाहेक मन्त्रालयले अरु २० ठाउँमा ग्राम स्थापना गर्न सम्भाव्यता अध्ययन गर्नेछ। चार ठाउँको लागि आगामी बजेटको नीति तथा कार्यक्रममा आउने छ। सम्भाव्यता अध्ययन गर्न ठाउँको पहिचान गरिनेछ। स्थानीय तहबाट धेरै पहिलादेखि औद्योगिक ग्राम स्थापनाको माग हुँदै आएको छ।

सरकारले स्थानीय स्तरमा उत्पादित वस्तु प्रवर्द्धन गर्ने उद्देश्यले औद्योगिक ग्राम स्थापना गर्न लागेको हो। औद्योगिक क्षेत्र ठूलो लगानी र ठूलो ठाउँमा हुन्छ। ग्रामले गाउँ वा सानो ठाउँलाई प्रतिनिधित्व गर्छ। 'औद्योगिक ग्रामले परम्परागत रुपमा उत्पादित वस्तु, घरेलु उत्पादनको प्रवर्द्धन गर्छ,' खतिवडाले भनिन्, 'नेपालमा धेरै प्रकारका औद्योगिक ग्राम स्थापना गर्न सकिन्छ।'

नेपाली खुकुरीको प्रवर्द्धन गर्न धेरै पहिलेदेखि औद्योगिक ग्रामको माग हुँदै आएको खतिवडाले बताइन्। नेपाली खुकुरी चर्चित भएकाले यसको प्रवर्द्धन र निर्यातसमेत गर्नलाई कुनै ठाउँमा नेपाली खुकुरी औद्योगिक ग्राम स्थापना गर्न सकिन्छ।

उनका अनुसार परम्परागत उत्पादनका लागि छुट्टाछुट्टै औद्योगिक ग्राम बनाउन सकिन्छ। ढाका औद्योगिक ग्राम, पञ्चेबाचा औद्योगिक ग्राम, अल्लो औद्योगिक ग्राम बनाउन सकिन्छ। पाल्पाको करुवालाई पनि औद्योगिक ग्राममार्फत प्रवर्द्धन गर्न सकिन्छ। यस्तो औद्योगिक ग्रामले वस्तु प्रवर्द्धनमा सहयोग पुग्ने खतिवडाले बताइन्। यसमा पर्यटकको समेत चासो हुने हुनाले व्यवसायीलाई बजार खोज्न पनि सजिलो हुनेछ।

त्यस्तै सरकारले लामो समयको अन्तरालपछि औद्योगिक क्षेत्र घोषणा गर्ने तयारी गरेको छ। आगामी आर्थिक वर्षमा कञ्चनपुर, बुटवल र हेटौंडामा औद्योगिक क्षेत्र स्थापना गर्न लागिएको हो। देशमा तीन दशकदेखि औद्योगिक क्षेत्र घोषणा हुन सकेको छैन। अहिल १२ वटा औद्योगिक क्षेत्र छन्। काठमाडौं बालाजु, ललितपुरको पाटन, हेटौंडा, नेपालजन्ज, पोखरा, धरान, भक्तपुर, वीरेन्द्रनगर, बुटवल, धनगढी, राजविराज र धनकुटामा औद्योगिक क्षेत्र छन्।

नयाँ बन्न लागेको औद्योगिक व्यवसाय ऐनमा समेत औद्योगिक क्षेत्र र औद्योगिक ग्राम स्थापना गर्न सकिने व्यवस्था गर्न लागिएको छ। 'ऐनमा सरकारले देशको कुनै पनि ठाउँमा औद्योगिक क्षेत्र र औद्योगिक ग्राम स्थापना गर्न सक्ने उल्लेख छ,' खतिवडाले भनिन्, 'त्यसैले पनि आगामी बजेटमा नयाँ कार्यक्रमअर्न्तगत यी राखेका हौं।'

मन्त्रालयले देशका विभिन्न ठाउँका औद्योगिक करिडोरको अध्ययन गर्न समितिसमेत गठन गरेको छ। चार महिनाअघि मन्त्रालयका सहसचिव ऋषिराज कोइरालाको संयोजकत्वमा अनुगमन समिति गठन भए पनि अहिलेसम्म काम सुरु गर्न सकेको भने छैन। मन्त्रालयमा बजेट अभावले काम सुरु हुन नसकेको कोइरालाले बताए। बजेट आउँनेबित्तिकै काम सुरु हुने उनले जानकारी दिए। समितिले सुनसरी–मोरङ, वीरगन्ज–सिमरा, भैरहवा–बुटवल र नेपालगन्ज–कोहलपुर क्षेत्रमा रहेका उद्योगको अवस्था र समस्याबारे अध्ययन गर्नेछ।

समितिले स्थलगत भ्रमण गरेर, स्थानीय र उद्योगी, व्यवसायीसँग छलफल गर्नेछ। करिडोरमा रहेका उद्योगमा के के समस्या छन्, कसरी सञ्चालन भइरहेका छन्, वातावरणिय पक्ष कस्तो छ लगायत विषयमा अध्ययन गरेर प्रतिवेदन तयार गर्नेछ। अध्ययनले पनि नयाँ औद्योगिक क्षेत्र स्थापना कसरी र के के पूर्वाधारमा ध्यान दिनुपर्छ भन्न सजिलो हुने खतिवडाले बताइन्।

सरकारले रत्न पत्थर प्रवर्द्धन गर्न दुई ठाउँमा रत्न पत्थर वस्तु विकास केन्द्र स्थापना गर्न लागेको छ। दिपायल र धादिङमा केन्द्र स्थापना गर्न लागिएको खतिवडाले बताइन्। उनका अनुसार रत्न पत्थरको उत्पादन, प्रशोधन, बिक्री र निर्यात समेत गर्न विकास केन्द्र स्थापना गर्न लागिएको हो। अहिले सुर्खेतमा एकमात्र वस्तु विकास केन्द्र सञ्चालनमा छ। यस केन्द्रलाई पनि स्तरोन्नति गर्ने योजना मन्त्रालयको छ।

रत्न पत्थर वस्तु विकास केन्द्र स्थापनासँगै व्यवसायमा लाग्ने युवालाई तालिम दिने कार्यक्रम मन्त्रालयले ल्याउन लागेको छ। आगामी आर्थिक वर्षमा एक हजार युवालाई तालिम दिने योजना छ।

अहिले देशमा सात ठाउँमा विभिन्न वस्तु विकास केन्द्र स्थापना भएका छन्। धादिङमा मह, तनहुँमा ढाका, रोल्पामा प्राकृतिक रेशालगायतका वस्तु विकास केन्द्र स्थापना भएका छन्।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस