चितवन-चुनखानी उत्खनबाट सरकारले पाउने राजस्वको मात्रा निकै कम छ। खानी तथा भूगर्भ विभागले उत्खनन स्वीकृति दिएबापत प्रतिटन १२ रुपैयाँ रोयल्टी लिने गरेको छ। उत्खनन गरेको चुन प्रतिटन १५ सय रुपैयाँमा सिमेन्ट उद्योगले किन्छन्। चुन पाउने जग्गा पनि स्थानीयले व्यवसायीलाई सस्तैमा बेचेको पत्ता लागेको छ।२०६३ जेठ २१ गते जिल्लाको पहाडी गाविस शक्तिखोर–३ कोलारमा १५ जना चेपाङ भेला भए। उनीहरुको भेलाले दुइटा निर्णय गर्योा। पहिलो आफ्नो नाममा भएको जग्गामा चुनढुंगा देखिएको र खानी उत्खनन गर्न काठमाडौंको स्टार लाइम कम्पनीले माग गरेबमोजिम प्रतिकट्ठा १५ हजार रुपैयाँको दरले दिने, दोस्रो– उक्त मूल्य लिएपछि जग्गा कम्पनीको नाममा रजिस्ट्रेसन पास गरिदिने। पदमबहादुर, दिलबहादुर, हरिलाल, मानबहादुर, मंगलबहादुर, सोममाया, शुद्धबहादुर, होमबहादुर, रामबहादुर र प्रेमबहादुरको नाममा रहेको नौ बिघाभन्दा बढी जग्गाको लालपुर्जा सोही वर्ष असार १ गतेबाट पूरा हक लाग्ने गरी स्टार लाइम कम्पनीको निस्कियो।
विभागले स्टार लाइमलाई दिनमा १ सय ६५ टनसम्म चुन उत्खनन गर्न स्वीकृति दिएको छ। कम्पनीले गत मंसिरबाट परीक्षण उत्खनन सुरु गरेर बिक्री लागेको थियो। तर नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा माओवादीले विरोध गरेपछि काम बन्द भएको छ। पर्यावरण र ऐतिहासिक उपरदाङगढी किल्लालाई प्रतिकूल प्रभाव पर्ने माओवादीको दाबी छ।
पर्यावरण र किल्ला संरक्षणको विषयबाहेक सरकारले पाउने राजस्व र स्थानीयले पाएको जग्गाको मूल्यमा कसैको ध्यान गएको छैन। लगभग डेढ ट्रक अर्थात १० टन चुन निकालेपछि कम्पनीले जग्गामा गरेको लगानी उठ्ने देखिन्छ। चुन निकालेर सकिएपछि पनि जग्गाको स्वामित्व कम्पनीकै हुने भयो। पहाडको राम्रो भूभागमा भएकाले सो ठाउँ होटल रिसार्टका लागि उपयोगी छ।
चुनढुंगा हुने जग्गा निकै सस्तोमा किनेको कम्पनीले सरकारलाई तिर्ने राजस्वको मात्रा पनि ठूलो छैन। चुनखानी उत्खनन गरेर लैजाँदा प्रत्येकपल्ट प्रतिटन १२ रुपैयाँ रोयल्टी तिर्नुपर्ने नियम छ। रोयल्टीको १० प्रतिशत जिल्ला विकास समितिलाई स्थानीय विकास शुल्क तिर्नुपर्ने व्यवस्था छ। चुनढुंगा उत्खनन गर्दा सम्बन्धित गाविसले राखेका सर्त पनि पूरा गर्नुपर्ने हुन्छ।
शक्तिखोर गाविसले कम्पनीसँग प्रतिटन चुन बराबर ४० रुपैयाँ शुल्क लिने सर्तमा उत्खननको मञ्जुरी दिएको छ। यो हिसाबले एक टन चुन निकाल्दा सरकारी निकायमा ५५ रुपैयाँभन्दा पनि कम राजस्व बुझाउनु पर्ने देखिन्छ। सरकारलाई तिर्ने राजस्व र चुनढुंगा बेच्दा लिने मूल्यमा ठूलो अन्तर छ। उद्योग सञ्चालकहरु उत्खननमा धेरै खर्च लाग्ने बताउँछन्।
‘औजार उपकरणमा खर्च लाग्छ। कामदारलाई दिनै पर्योन। ढुवानीमा पनि थुपै्र पैसा लाग्छ। राजस्व मात्र थोरै भयो भनेर हुँदैन। खानी क्षेत्रसम्म पुग्ने बाटोघाटो र स्थानीयले अघि सारेका मागमा पनि थुप्रै खर्च गर्नु पर्छ,' स्टार लाइम प्रालिका सञ्चालक विकास कोइरालाले भने। उनले एक टन चुन निकालेर बेच्दा मुस्किलले दुई सय रुपैयाँसम्म नाफा हुने बताए।
सरकारी जग्गामा झनै कम
चुनखानी उत्खनन गर्ने जग्गा सरकारी छ भने कम्पनीले उत्खनन गर्दा तिर्ने जग्गा भाडा झनै कम छ। सरकारी जग्गाको पहिलो पाँच वर्ष एक वर्ग किलोमिटरका लागि एक हजार रुपैयाँमात्रै बुझाए हुन्छ। त्यसभन्दा बढी जग्गा भए थप पाँच सय रुपैयाँ तिर्नुपर्ने हुन्छ।
पाँच–पाँच वर्षका दरले आठौंपटक थप गुर्नपरेको अवस्थामा एक किलोमिटर जग्गाको १५ हजार ५ सय रुपैयाँ तिर्नुपर्ने व्यवस्था छ। जग्गा १ वर्ग किलोमिटरभन्दा धेरै छ भने ५ वर्षका लागि आठौंपटक म्याद थप गर्दा प्रत्येक १ वर्गकिलोमिटरका लागि ७ हजार ७ सय ५० रुपैयाँ दरले सरकारलाई भाडा तिर्नुपर्ने खानी तथा खनिज पदार्थ नियमावलीमा व्यवस्था छ।