काठमाडौं-विद्युत उत्पादन गर्ने नाममा खोला ओगट्ने चलन जस्तै पेट्रोलियम उत्खननमा पनि धेरैजसो विदेशी कम्पनीले सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्ति बढेको छ।
सम्झौता गरेको लामो समयसम्म पनि खानी उत्खनन गर्नेतिर चासो नदेखाएपछि सरकारले नयाँ टेन्डर आह्वान गर्ने तयारी गरेको छ। खानी ओगटेर राख्ने र च्याँखे थाप्ने प्रवृत्तिमा विदेशी कम्पनी देखिएकाले उनीहरूलाई कारबाही गर्दै नयाँ टेन्डर खोल्न लागिएको हो।सरकारले ४ विदेशी कम्पनीसँग पेट्रोलियम पदार्थ अध्ययन, अन्वेषण र उत्पादन गर्ने भन्दै ३ वर्षअघि सम्झौता गरेको थियो। तीमध्ये ३ कम्पनीसँग त सम्पर्क नै हुन नसकेको उद्योग मन्त्री महेश बस्नेतले बताए। ‘यी कम्पनीको कुनै पनि बैंक ग्यारेन्टी नभएको, स्थानीय प्रतिनिधि कागजमा मात्र सीमित भएको र खानीलाई च्याँखे थाप्नमात्र ओगटेर बसेको पाइयो, मन्त्री बस्नेतले भने, ‘त्यसैले नयाँ प्रक्रियामा जान लागेका छौं।' आन्तरिक गृहकार्य गरेर छिट्टै नयाँ टेन्डर आह्वान गर्ने उनले जानकारी दिए।
सरकारले सम्झौता गरेको अमेरिकी टेक्साना रिसोर्स, टि्रपल बी च्याम्पियन र संयुक्त इमिरेट्सको इमिरेट्स एसोसिएटेड विजनेस ग्रुपको नियत नै खानी होल्ड गरेर राख्ने देखिएको मन्त्री बस्नेतले बताए। उनका अनुसार यी कम्पनीले नेपालमा अन्वेषण गर्न चासो नै देखाएनन्। उनीहरू नेपालमा आफ्ना आधिकारिक एजेन्ट, कार्यालय राख्दै नराखी बसेको पाइएको छ। ‘सम्पर्क ठेगानासमेत गलत दिएका छन् र इमेलमा जवाफै दिँदैनन्,' मन्त्री बस्नेतले भने, ‘उनीहरूलाई के गर्ने भन्ने छलफल हुँदैछ।' यी ३ कम्पनीलाई सरकारले ‘कालोसूची'मा राखिसकेको छ।
टि्रपल बीले विराटनगरमा १० नम्बर ब्लक ओगटेर बसेको थियो भने युएइको एमिरेट्सले राजविराज र जनकपुरको ८ नम्बर ब्लक उत्खनन गर्ने सम्झौता गरेको थियो।
बेलायतको केइरन इनर्जीले कालोसूचीमा नराख्न अनुरोध गरेपछि उसलाई क्षतिपूर्ति तिराइएको छ। यसले खानी मात्र ओगटेको र काम नगरेकाले ५ लाख २१ लाख डलर क्षतिपूर्ति लिने सम्झौता भएको मन्त्री बस्नेतले बताए। अघिल्लो हप्ता इनर्जीका प्रतिनिधिसँग मन्त्रालयमा छलफल भएको थियो। क्षतिपूर्ति तिराएर कालोसूचीमा नराखिएको मन्त्रालयले जनाएको छ।
बाँकी ३ कम्पनीले च्याँखे थाप्नेमात्र काम गरेकाले अब कसरी अघि बढ्ने भनेर मन्त्रालयका सहसचिव ऋषिराज कोइरालाको संयोजकत्वमा अर्थ, ऊर्जा, वाणिज्य तथा आपूर्ति लगायत मन्त्रालयका अधिकारी सदस्य भएको समिति गठन गरिएको छ। समितिले अहिले अध्ययन गर्दै गरेको र प्रतिवेदन आएपछि निर्णय हुने मन्त्री बस्नेतले बताए। उनीहरूलाई तिराउनुपर्ने क्षतिपूर्ति बेरुजुमा राखेर नयाँ प्रक्रियामा गएको उनले बताए।
मन्त्रालय स्रोतका अनुसार भारतमा तेल अन्वेषण गर्ने ठूला कम्पनी आएपछि नेपालमा यी कम्पनीले हतारहतार सम्झौता गरेका थिए। भारत आएका कम्पनीले नेपालमा पनि हात हाल्न सक्ने भएकाले उनीहरूसँग सौदावाजी गरेर खानी दिन सकिने अनुमान गर्दै नेपाल सरकारसँग सम्झौता गरेको स्रोतले बतायो।
यतिखेर सरकार अदालतमा जाने कि नजाने दोधारमा छ। अन्तर्राष्ट्रिय अदालत जाँदा नेपाल सरकारलाई नै उल्टै घाटा पर्ने भएकाले अदालत जान सकेको छैन। मन्त्रालयका सहसचिव कोइरालाले अदालत जाने समय सकिएको बताए। ‘अहिले त्यो समय गुजि्रसकेको छ,' कोइरालाले भने, ‘अब नयाँ टेन्डर गरेर प्रक्रिया सुरु हुन्छ।'
पहिला सम्झौता गर्दा भएका असावधानीलाई ख्याल गर्दै नयाँ सम्झौतामा जाने तयारी भएको कोइरालाले बताए। आवश्यकताअनुसार सम्झौताका बेला प्रयोग हुने ऐन कानुन संशोधन गरेर जाने मन्त्रालयको तयारी छ। यसका लागि पहिला प्रवर्द्धनात्मक कार्यक्रम गर्ने छ।
देशभरका १० ब्लकअर्न्तगत ८ वटामा पुरानो सम्झौताको सम्पूर्ण प्रक्रिया पूरा भएकाले टेन्डर आह्वान गर्न बाटो खुलेको कोइरालाले बताए। बाँकी दुईमा टेक्सानासँगको सम्झौता खारेजीको समय र कानुनी प्रक्रिया बाँकी रहेको मन्त्रालयले जनाएको छ।
नेपालको पूर्वदेखि पश्चिमसम्म १० ब्लक छुट्ट्याएर पेट्रोलियम उत्खनन र अन्वेषण गर्ने भनिएको छ। एक नम्बरदेखि १० सम्म क्रमशः धनगढी, कर्णाली, नेपालगन्ज, लुम्बिनी, चितवन, वीरगन्ज, मलंगवा, जनकपुर, राजविराज र विराटनगर भनेर छुट्ट्याइएको छ। खानी तथा भू–गर्भ विभागका अनुसार प्रत्येक ब्लकमा पाँच हजार वर्ग किलोमिटर क्षेत्रफल हुन्छ।