चितवन-जिल्ला विकास समिति (जिविस) चितवनमा आन्तरिक आयको अवस्था नाजुक छ। जिविसले खर्च गर्ने रकमको ठूलो हिस्सा केन्द्रीय अनुुदान र गैरसरकारी संस्थाको बजेटमा निर्भर हुने गरेको छ। आउँदो आर्थिक वर्षका लागि प्रस्तावित बजेटमा आन्तरिक आय विगत तीन वर्षयताकै सबैभन्दा कम छ।आन्तरिक आयभन्दा दोब्बर जिविसको बेरुजु छ। जिविसले परिचालन गर्ने रकमकै हाराहारीमा गैरसरकारी संस्थाको बजेट छ। फागुन २८ मा सम्पन्न जिल्ला परिषदमा स्थानीय विकास अधिकारी भरतमणि पाण्डेले ९२ करोड ९९ लाख ४६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका थिए।
बजेटको आकार बढे पनि आन्तरिक आयस्रोत घट्दो अवस्थामा छ। अघिल्लो आर्थिक वर्षमा जिविसले परिचालन गर्ने बजेट ५३ करोड रुपैयाँ थियो। चालु वर्षको बजेट साढे ७१ करोडको छ भने आउँदो आर्थिक वर्षका ९२ करोड रुपैयाँ प्रस्ताव गरिएको छ। तर आन्तरिक आयको अवस्था भने उल्टो छ।
अघिल्लो आर्थिक वर्षमा आन्तरिक आय पौने चार करोड रुपैयाँ थियो। चालु वर्ष चार करोड ३४ लाख छ। आउँदो वर्ष तीन करोड एक लाख रुपैयाँ हुने अनुमान गरिएको छ।
‘जिल्लामा नगरपालिका थपिँदा गाविसको संख्या १६ मात्रै छ। नगरपालिका आफैंले मालपोत संकलन थालेपछि यसबाट प्राप्त हुने ७५ प्रतिशत घट्ने अवस्था छ,' परिषद उद्घाटन सत्रमा पाण्डेले भने। अन्य दररेटका कारण आन्तरिक आय तीन करोड रुपैयाँ नाघ्ने देखिएको हो।
परिपक्व आन्तरिक स्रोतबाट आउने राजस्व जम्मा २ करोड ८० लाख रुपैयाँ हुने अनुमान छ। जसमा मालपोतबाट १ करोड ३५ लाख, विद्युत रोयल्टीबाट १ करोड ७ लाख, वन रोयल्टीबाट २३ लाख, निकुञ्जबाट १० लाख र खानीबाट पाँच लाख रुपैयाँ आउने अनुमान छ। निकुञ्जबाट जिविसले अहिलेसम्म रोयल्टी पाएको छैन।
निकुञ्जको रोयल्टी जस्तै खनिजको पनि अनिश्चित छ। शक्तिखोर कोलारमा उत्खनन सुरु भएको चुनखानी उद्योगले विप्लव माओवादीको विरोधका करण उत्पादन रोकेको छ। दैनिक १ सय ६५ टनसम्म उत्खनन स्वीकृति पाएको उद्योगले प्रतिटन १२ रुपैयाँ खानी विभाग र त्यसको १० प्रतिशत स्थानीय निकायलाई रोयल्टी बुझाउनुपर्ने कानुनी व्यवस्था छ।
स्थानीय स्वायत्त शासन ऐनमा व्यवस्था भएबमोजिम निकुञ्जबाट रोयल्टी नपाएको भनेर चितवन जिविसले पछिल्लो समय त्यो रोयल्टीका लागि निकै सक्रियता देखाएको छ। निकुञ्जले वर्षमा झन्डै २५ करोड रुपैयाँ आम्दानी गर्छ। त्यसको आधा निकुञ्ज आसपास पर्ने ४ जिल्लाका मध्यवर्ती क्षेत्रमा जाने गर्छ।
त्यसबाट बचेको आधा रकमबाट जिविसलाई रोयल्टी आउँदा पनि अहिलेको आन्तरिक आयभन्दा धेरै प्राप्त हुने अवस्था छ। स्थानीय स्वायत्त शासन ऐनले निकुञ्ज आम्दानीको ३० प्रतिशत जिविसलाई रोयल्टी दिने व्यवस्था गरेको छ। यस्तो ठूलो आयस्रोत रहेको कृषिमा स्थानीय विकास शुल्क लगाउन जिविसले सकेको छैन।
कुखुरापालन फस्टाएर औद्योगिकीकरणको अवस्थामा पुगे पनि यसबाट चितवन जिविसले एक पैसा स्थानीय विकास शुल्क लिन सकेको छैन। अघिल्लो परिषदमा निर्णय भए पनि कुखुरापालनमा कर लगाउन नसक्दा अन्य कृषिमा कर उठाउन जिविसले सकेको छैन।
कुखुरा व्यवसायीले स्थानीय विकास शुल्कको विरोध गर्दै आएका छन्। कृषि कर सम्बन्धमा अहिले सम्पन्न जिल्ला परिषदले कुनै निर्णय गरेको छैन। कृषिकरबाट करोडभन्दा बढी आम्दानी हुने सम्भावना छ। आउँदो आर्थिक वर्षदेखि जिविसले नगर क्षेत्रका सडकबाट पटके कर समेत नउठाउने हुँदा राजस्व संकलन प्रभावित हुने छ।
जिविसमा बेरुजुको अवस्था डरलाग्दो छ। आन्तरिक कोषतर्फ मात्रै पाँच करोड ३१ लाख रुपैयाँ बेरुजु देखिएको विवरण जिल्ला परिषदमा सार्वजनिक गरियो। आन्तरिक आय ३ करोड हाराहारी गर्ने जिविसको यो बेरुजु साह्रै लज्जाको विषय भएको छ।
आन्तरिक स्रोत र अनुदानबाट संकलन गरेर ९२ करोड रुपैयाँ जिविसमार्फत परिचालन हुने गरेको विवरण परिषदमा सार्वजनिक भयो। साथै जिविससँग समन्वय गरेर काम गर्ने गैरसरकारी संस्थाले पनि लगभग यही हाराहारी बजेट परिचालन गरेको पाइएको छ।
परिषदमा सार्वजनिक गरे अनुसार आउँदो वर्ष चितवनमा ७५ गैरसरकारी स्ंथाले ८० करोड ४६ लाख रुपैयाँ परिचालन गर्नेछन्। जिविससँग समन्वय नै नगरी काम गर्ने गैरसरकारी संस्था योभन्दा अझै धेरै छन्। यो हिसाबले गैरसरकारी संस्थाले परिचालन गर्ने बजेटको मात्रा अझै धेरै हुने अनुमान छ।
जिविसको परिचालन, समन्वय गर्न आएका गैरसरकारी संस्थाको बजेट र जिल्लामा रहेका २२ वटा सरकारी कार्यालय (विषयगत कार्यालय)को बजेटसमेत जोड्दा आउँदो वर्षको बजेट चार अर्ब ६४ करोड ५० लाख पुग्ने छ। विषयगत कार्यालयले दुई अर्ब ९१ करोड रुपैयाँ परिचालन गर्ने छन्।