‘मर्ने न बाँच्ने अवस्थामा छु'
२५ चैत्र २०७१
•
५ मिनेट पाठ
‘मर्ने न बाँच्ने अवस्थामा छु'
काठमाडौं-‘म निकै दुःखमा छु। तपाईँलाई थाहा छ, मलाई सुगर र ब्लड प्रेसर छ। क्याम्पमा उपचार हुँदैन। अब के गर्नुपर्छ तपार्इं आफैं बुझ्न सक्नुहुन्छ। नागरिकता पप्पुसँग छ, दाइसँग पठाइदिनुहोला।' मलेसियाको सिलङ्गोरस्थित सिमिनिया क्याम्प (घरफिर्ती केन्द्र) मा रहेका एक नेपालीले परिवारलाई लुकिछिपी पठाएको पत्रको पेटबोली हो यो। ती नेपाली अवैध रूपमा मलेसिया बसेको आरोपमा पक्राउ परी जेल सजाय काटेर घरफिर्ती केन्द्र पुगेका हुन्।मलेसियामा अध्यागमन क्याम्पलाई घरफिर्ती केन्द्र भनिन्छ। त्यही क्याम्पबाट छुटेर नेपाल फर्केका साथीको हातमा उनले यस्तो बेहोराको चिठी पठाएका हुन्।
सिमिनिया क्याम्पमा दर्जनौं नेपाली घर फर्कने पालो कुरिरहेका छन्। मलेसियास्थित नेपाली दूतावासले ट्राभल डकुमेन्ट (यात्रा अनुमतिपत्र) उपलब्ध गराएपछि र परिवारले हवाई टिकट पठाएपछि मात्र अध्यागमनले उनीहरूलाई स्वदेश पठाउने गर्छ। त्यही क्याम्पमा रहेका इन्डोनेसियाका नागरिक भने एक सातामै घर फर्कन्छन्। नेपालीलाई भने महिनौं लाग्छ।
पक्राउ परी जेल सजाय काटेर क्याम्पमा आउँदासम्म उनीहरूलाई परिवारजनसँग कुराकानीसमेत गर्न दिइँदैन। त्यही भएर उनीहरू क्याम्पबाट छुटेका साथीभाइका हातमा चिठी पठाउने गर्छन्, त्यो पनि लुकिछिपी। त्यहाँका अधिकारीले पत्र लेखेको देखे र लगेको थाहा पाए कट्टुसमेत खोल्न लगाई नांगै पारेर यातना दिने गरेको त्यहाँबाट फर्कनेहरूले बताएका छन्।
एक महिनाअघि स्वदेश फर्केका स्याङ्जा, निबुवाखर्क–७ का कृष्ण न्यौपानेले नेपाल आउँदा ५० जनाको पत्र बोकेर आएका थिए। उनको परिवारले पनि उनी जेल परेको ७ महिनापछि मात्र जानकारी पाएको थियो। उनले यसैगरी लुकिछिपी चिठी पठाएर आफू जेल परेकोबारे परिवारलाई अवगत गराएका थिए।

malesiya2

‘कसैको घरमै चिठी पुर्‍याएँ, कसैलाई फोन गरेर जानकारी दिएँ। अझै केही चिठी पुर्यारउन बाँकी छ,' न्यौपानेले नागरिकसँग भने।
उनका अनुसार क्याम्पमा चिठी लेख्न कागज, कापी केही पाइँदैन। क्याम्पका प्रहरीले फ्याँकेका चुरोटका खाली बट्टा, कागजका ससाना टुक्रामा लुकीलुकी लेख्नुपर्छ। ती कागजमा आफ्नो परिवारका सदस्यको नाम, ठेगाना, फोन नम्बर र सन्देश अटाउनुपर्छ।
‘अस्तिको टिकट के भयो केही पनि थाहा छैन। जसरी भए पनि अर्को टिकट फ्याक्स गर्नू। म यहाँ मर्ने न बाँच्ने अवस्थामा छु। म काठमाडौं आउने बेला शान्तिलाई बोलाउनू,' न्यौपानेले ल्याएको अर्को पत्रमा उल्लेख छ।

malesiya3
चिठीमा प्रायःले आफ्नो अवस्था खुलाउँदै जतिसक्दो छिटो हवाई टिकट पठाउन आग्रह गर्ने गरेका छन्।
‘म मलेसियाको जेलबाट रिहा भएर अहिले अध्यागमन क्याम्पमा छु। म यहाँ अर्कै नामबाट दर्ता भएको छु। नाम फेरिँदैमा डराउनुपर्दैन, अबदेखि मलाई यही नामले बोलाउँदा केही फरक पर्दैन। तपार्इंहरूले नेपाली दूतावासमार्फत हवाई टिकट पठाइदिनुभयो भने म एक महिनाभित्र फर्कन सक्छु,' क्याम्पबाट अर्का एक नेपालीले लेखेका छन्।
फर्केकाहरूका अनुसार क्याम्पमा रहने मलेसियाली प्रहरी तथा अधिकारीले सकेसम्म एयर एसियाकै टिकट किन्न दबाब दिने गर्छन्। अरू एयरवेजको टिकट ल्याए हराइदिने गरेको उनीहरूको भनाइ छ। यसैकारण त्यहाँबाट स्वदेश फर्कन चाहनेले सकेसम्म एयर एसियाकै टिकट मगाउने गर्छन्।
‘मिनलाई फोन गरेर भन्न लगाउनू, उसको तलबबाट एयर एसियाको एउटा टिकट काटेर फ्याक्स गरिदिनू। मंगलबार र बिहीबार पारेर काट्नू,' न्यौपानेले ल्याएको एक पत्रमा उल्लेख छ।
अर्को समाचार
जलेकी पत्नी अस्पतालमै छोडेर पति भागे
१९ पौष २०७१
•
४ मिनेट पाठ
जलेकी पत्नी अस्पतालमै छोडेर पति भागे
काठमाडौं-सँगै मर्ने–बाँच्ने कसम खाएका पतिले बिहे भएको आठ महिना नबित्दै छाडेर भाग्लान् भन्ने सिन्धुपाल्चोककी २३ वर्षीया सीता तामाङलाई लागेको थिएन। तर, नियतीले उनलाई एक्ल्याएको छ। त्यो पनि शरीर जलेर असक्त भएको अवस्थामा।

कात्तिक ७ गते खाना पकाउँदै गर्दा स्टोभ पड्केर उनको पूरै शरीर जल्यो। पति सुजन बमजनले हतार–हतार वीर अस्पताल पुर्याोए। धन्न उनको ज्यान जोगिएको छ। तर, जलेको घाउमा खाटा बस्न नपाउँदै उनलाई अर्को चोट थपिएको छ।

असक्त अवस्थामा अस्पताल ल्याउने पति अहिले उनीसँग छैनन्। मोबाइलको रिचार्ज कार्ड किन्छु भन्दै बाहिरिएका सुजन त्यसयता फर्किएका छैनन्।

वीरको वर्नवार्डमा उपचाररत उनी भन्छिन्, 'शरीरको घाउमा त खाटा बस्ला, मनको घाउ कसरी निको पार्ने?'

आफ्नो सुन्दर अनुहार जलेर हेरिसाध्य नभएपछि पतिले छाडेर हिँडेको उनको अनुमान छ। 'दुई महिनासम्म कुरेर बस्नुभयो, बेला–बेला अनुहारमा हेरेर अब तँ पहिलाजस्ती राम्री हुन्नस् है भन्नुहुन्थ्यो, त्यसैले होला फर्किएर आउनुभएन,' उनले भनिन्।

डेढ साताअघि मोबाइलको रिचार्ज कार्ड किन्छु भन्दै बाहिरिएका पति नफर्किएपछि अस्पतालको कोठामा एक्लै रोएर बसेको उनले सुनाइन्। 'भर्खरै घाँटीको घाउको अप्रेसन भएको थियो, हिँड्न पनि सक्दिनथें,' उनले भनिन्, 'सयौंपटक उहाँलाई फोन गरें तर लागेन, दिनरात रोएरै काटिरहेकी छु।'

उनका अनुसार छाडेर हिँडको केही दिनपछि सुजनले फोन उठाएर केही दिन काम गरेर फर्किने आश्वासन दिएका थिए। त्यसपछि फोन 'स्विचअफ' छ।

गम्भीर अवस्थामा बेसहारा पारेकाले पीडा थपिएको उनले बताइन्। माइतीबाट ऋण लिएर उपचार गराइरहेकी उनलाई त्यो ऋणको चिन्ताले सताउन थालेको छ।

सुजनले उपचारका क्रममा सीताको गाउँलेबाटै ८० हजार रुपैयाँ क्रण माग्न लगाएका थिए। 'तिमी मगाऊ, म तिर्छु भन्दै माग्न लगाउनुभयो,' उनले भनिन्। चिकित्सकले ढाडको शल्यक्रिया गर्नुपर्ने बताएका छन्। 'खै कसरी गर्ने?' उनी निरुपाय छिन्।

फर्पिङ माइतीघर भएकी उनका बाबुआमा अशक्त उमेरका भएकाले उनलाई हेर्नसम्म आउन सकेका छैनन्। बिबिएच संस्थाले दिएको खानेकुराको सहारामा बसेको उनी बताउँछिन्।

वीरको वर्न विभागका चिकित्सक पियुष दाहाल धेरैजसोले खर्च धान्न नसकेर बेसहारा अवस्थामा पत्नीलाई छाडेर हिँड्ने गरेको बताउँछन्। यो वर्षमात्रै आठजनाले पत्नीलाई अस्पतालमा छाडेर भागेको उनले जानकारी दिए।

'खर्च थेग्न नसकेर र पत्नीको अनुहार बिग्रेको देखेर भाग्ने गरेको पाइन्छ,' उनले भने। डा. दाहालका अनुसार धेरैजसो जलेका बिरामी विपन्न परिवारका छन्।

सिन्धुपाल्चोकको सुनखानी सानोपाखरका बमजनसँग गत वैशाखमा सीताको बिहे भएको थियो। सुजन र उनकी दिदीले अविवाहित भन्दै झुक्याएर विवाह गराएको उनले बताइन्। सुजनका श्रीमती र एक छोरा भएको थाहा पाएपछि पहिल्यै अलग्गिन चाहे पनि नदिइएको उनको गुनासो छ। 'दिदीसँग कुरा गरेपछि छाँगाबाट खसेझैं भएँ, उहाँले मिलेर बसौं भन्नुभएको थियो,' उनले भनिन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस