काठमाडौं-प्राइम एडिबल उद्योगलाई सोना मनसुली चामललाई ‘परी' ब्रान्डको ‘ब्राउन राइस' (खैरो चामल) भन्दै बेचेको र दोब्बरभन्दा बढी मूल्य लिएर उपभोक्ता ठगेको आरोप लागेको छ। उद्योगले उक्त ‘ब्राउन राइस'ले मधुमेह र उच्च रक्तचापका बिरामीलाई फाइदा गर्ने प्रचार गरे पनि त्यसमा त्यस्तो कुनै गुण फेला नपरेको अधिकारीहरुले बताएका छन्।केही दिनअघि उद्योगमा अनुगमन गर्दा दाबी गरिए जस्तो कुनै पनि गुण चामलमा फेला नपरेको सरोकारवाला सरकारी निकाय र उपभोक्ता अधिकारकर्मीले बताएका छन्। उद्योगले धानको बोक्रामात्रै निकाल्ने मेसिन जडान गरी तराईमा फल्ने सोना मन्सुलीको चामलाई ब्राउन राइस भनेर महँगो मूल्यमा बेचेको पाइएको वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका निर्देशक हरिनारायण बेल्वासेले बताए।
‘चालमको मूल्य प्रतिकिलो १ सय १० रुपैयाँ तोकिएको छ। जबकि सोना मनसुली चामल बढीमा ६० रुपैयाँ किलोमा पाइन्छ,' निर्देशक बेल्वासेले भने, ‘उपभोक्ता ठग्ने र सर्वसाधारणको स्वास्थ्यमा खेलवाड गर्ने उद्योगविरुद्ध मुद्दा दायर गर्छौं।'
उद्योगले गत कात्तिकमा मधुमेह र उच्च रक्तचापका बिरामीलाई फाइदा गर्ने नारासहित यो चामल बजारमा ल्याएको थियो। सोना मन्सुली चामलको भातले मधुमेह र उच्च रक्तचापका बिरामीलाई उल्टो असर गर्ने खाद्य वैज्ञानिक बताउँछन्। उपभोक्तालाई झुक्याएर यस्तो चामल बेच्दा स्वास्थ्यमै गम्भीर असर पर्न सक्ने बेल्वासेले बताए।
‘वाणिज्य, गुणस्तर तथा नापतौल विभाग र आफ्नो संस्थाका प्रतिनिधिको संयुक्त टोलीले अनुगमन गर्दा सोना मन्सुली चामललाई खैरो चामल भनेर बेचेको पाइयो,' उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सेनाले भने, ‘परीक्षण गरेर हेर्दा तराईमा उत्पादन हुने चामलको बोक्रा मात्रै फालेर बेचेको खुल्यो।'
चामलमा अधिकतम खुद्रा मूल्यसमेत नदेखिने ठाउँमा राखेको र उपभोक्तामाझ भ्रमपूर्ण विज्ञापन गरेको भन्दै मुद्दा हाल्ने तयारी गरेको विभागले जनाएको छ। भैरहवामा सञ्चालित उद्योगको दैनिक क्षमता ६० क्विन्टल रहेको विभागले जनाएको छ।
विभागले एक हप्ताअघि काठमाडौंको विभिन्न स्थानबाट चामल जफत गरेर ल्याएको छ। त्यसमा उल्लेखित कुनै पनि भिटामिन नभएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ।
विभागका निर्देशक बेल्वासेले खैरो चामलको नाममा उपभोक्ता ठगेको पुष्टि भएको बताए। विभागले केही दिनअघि उद्योगका प्रबन्ध निर्देशक निशेष कुमारलाई बयानमा बोलाएको थियो। बयान दिन उनी पूर्वमन्त्री महेन्द्रराय यादवलाई लिएर आएका थिए।
‘पूर्वमन्त्रीलाई मुद्दा दायर गरेपछि आउनू, अहिले केही हुँदैन भनेर फिर्ता पठाइदियौं,' बेल्वासेले भने। चीनमा निर्मित चामलको बोक्रा फाल्ने मेसिन उद्योगमा जडान गरेको पाइएको उनले बताए। उद्योगले त्यसैको सहयोगमा चामललाई खैरो रंगमा बजार पठाएको थियो।
उद्योगका प्रबन्ध निर्देशक कुमारले एक केजीको प्याकेटमा चामल निकाल्नुपर्ने भएकाले महँगो पर्न गएको बताए। ‘सोना मन्सुली चालमलाई नै प्याकिङ गरेर बजार पठाएको हो,' उनले भने, ‘एक केजीको प्याकमा निकाल्दा महँगो भएको र सोहीअनुसार मूल्य राखिएको हो।' विभागले स्पष्टीकरण सोधेको उनले स्वीकार गरे।
बेल्वासेका अनुसार यो उद्योगलाई उपभोक्ता संरक्षण ऐनअनुसार मुद्दा दायर गर्ने तयारी छ। ‘उपभोक्तालाई झुक्याउने र स्वास्थ्यमा खेलवाड गर्नेलाई कारबाही हुन्छ,' उनले भने।
‘उसिनेर राखेको धानको बोक्रा हटाएर ब्राउन राइस भन्दै बेच्नु उपभोक्ता झुक्याउने काम हो,' उनले भने, ‘त्यस्ता उद्योगमाथि विभागले मुद्दा दायर गर्छ।' विभागले अबदेखि उद्योगमै अनुगमन गरेर कारबाही र मुद्दा दायर गर्ने तयारी गरेको छ। बजारमा साना व्यवसायीबाट खासै गल्ती हुँदैन। ठूलाको अनुगमन गरे साना आफैं ठिक ठाउँमा आउने विभागको अनुमान छ।