कुवेतमा ठगिए नेपाली
२६ चैत्र २०७१
•
१२ मिनेट पाठ
कुवेतमा ठगिए नेपाली
काठमाडौं-घरेलु कामदारका रूपमा कुवेत पुगेका नेपालीसँग बिमा र सेवाशुल्कबापत पाँच वर्षयता झन्डै ६४ करोड रुपैयाँ असुलेको स्थानीय एक कम्पनीले त्यसबापत क्षतिपूर्ति र सेवा दिन आनाकानी गरिरहेको खुलेको छ। कुवेतस्थित नेपाली दूतावासले नेपाली कामदारसँग बिमा र सेवाशुल्क उठाउन सन् २०१० जुनमा अल–हुकुक इन्टरनेसनल इन्सुरेन्स ब्रोकरिङ कर्पोरेसनसँग सम्झौता गरेको थियो।
त्यसबापत कम्पनीले कुवेतमा रहेका नेपाली घरेलु कामदार घाइते वा मृत्यु हुँदा क्षतिपूर्ति रकम दिनुका साथै अप्ठेरोमा परेकालाई सम्पूर्ण सेवा उपलब्ध गराउनुपर्छ। तर उक्त कम्पनीले एक वर्षदेखि आफ्नो जिम्मेवारी निर्वाह गरेको छैन जसले नेपाली दूतावास र नेपाली कामदार अप्ठेरोमा परेका छन्।नेपाली दूतावासले पाँच वर्षअघि सम्झौता गरेको अल–हुकुक नामक कम्पनी श्रीलंकाको कालोसूचीमा परेको कम्पनी हो। वैदेशिक रोजगारमा गएका कामदारको बिमा र सेवाशुल्क उठाएर सेवा नदिएको भन्दै श्रीलंकाले कालोसूचीमा राखेको कम्पनीसँगै तत्कालीन नेपाली राजदूत मधुवन पौडेलले सम्झौता गरेका थिए। तत्कालीन परराष्ट्रमन्त्री सुजाता कोइरालाले नै सम्झौता गर्न अनुमति दिएकी थिइन्।
दूतावाससँगको सम्झौताअनुसार अल–हुकुकले कुवेत पुगेका प्रत्येक नेपाली घरेलु कामदारसँग सुरुमा ५० कुवेती दिनार (१६ हजार ६ सय रुपैयाँ) उठाउने गरेको थियो। त्यसमध्ये साढे ८ दिनार बिमाशुल्क र बाँकी साढे ४१ दिनार सेवाशुल्कबापत उठाउँथ्यो। केही वर्षपछि सम्झौता संशोधन गरेर प्रतिव्यक्ति ३५ कुवेती दिनार (११ हजार ६ सय २० रुपैयाँ) कायम गरियो, जसमध्ये बिमाशुल्क ८.५ र सेवाशुल्क २६.५ दिनार थियो। बिमा रकम बहराइनको बिमा कम्पनीमा जान्थ्यो भने सेवाशुल्क ऊ आफैंले लिन्थ्यो। अल–हुकुक आफैं बिमा कम्पनी नभए पनि तत्काली नेपाली राजदूतले बिमासम्बन्धी सम्झौता गरेका थिए।
दूतावास स्रोतका अनुसार उक्त कम्पनीले बिमा र सेवाशुल्क तिरेका नेपाली कामदारलाई एक वर्षदेखि पर्याप्त सेवा उपलब्ध गराएको छैन। यस अवधिमा घाइते वा मृत्यु भएकालाई बिमा रकम र क्षतिपूर्ति तिर्न पनि मानेको छैन। अप्ठेरोमा परेका नेपाली महिलालाई राखिने सेल्टर (आवासगृह) को घरभाडासमेत नतिरेको स्रोत बताउँछ। भाडा बक्यौता रहेकैले दूतावासले सोमबारदेखि उक्त सेल्टर बन्द गरेको छ। सेल्टर बन्द हुनु एक दिनअघिसम्म अल–हुकुकले बिमा र सेवासुल्क उठाउँदै आएको थियो।
सेल्टर सञ्चालन गर्दा लाग्ने सम्पूर्ण खर्च, घरभाडा, त्यहाँ आश्रित महिलाको खाने, बस्ने, औषधिउपचार, आवतजावत, नेपाल फर्किंदा लाग्ने सबै खर्च अल–हुकुकले नै बेहोर्नुपर्ने सम्झौतामा उल्लेख छ।
‘दूतावाससँग भएको सम्झौताअनुसार सेल्टरको सम्पूर्ण खर्च अल–हुकुकले नै बेहोर्नुपर्छ, तर अहिले आएर उसले एक वर्षयताको घरभाडा नबेहोर्ने जानकारी गराएको छ,' दूतावास स्रोतले नागरिकसँग भन्यो, ‘बिमाबापतको क्षतिपूर्ति रकम पनि कोही कोहीले मात्र पाएका छन्।'




घरेलु कामदारका रूपमा कुवेत पुगेर विभिन्न कारण नेपाल फर्कन नसकी आफ्नो शरणमा आइपुगेका महिलालाई राख्न दूतावासले उक्त सेल्टर सञ्चालनमा ल्याएको हो। समस्यामा परेका महिलाले नेपाल नफर्कुन्जेल सेल्टरमै खानपान, औषधिउपचार र सुरक्षित आवासको सुविधा पाउँछन्।

सन् २०१० देखि सञ्चालनमा आएको सेल्टरका लागि दूतावासनजिकै मासिक ३ हजार कुवेती दिनार (करिब ९ लाख ९६ हजार रुपैयाँ) तिर्ने गरी घर भाडामा लिइएको थियो। अल–हुकुकले २०१४ अप्रिलपछिको भाडा तिरेको छैन। एक वर्षको घरभाडा ३६ हजार कुवेती दिनार (करिब १ करोड १९ लाख ५२ हजार रुपैयाँ) तिर्न बाँकी छ। सम्झौताअनुसार यसअघि चार वर्षको घरभाडा उसैले तिरेको थियो।
‘हामीले दूतावासमै बोलाएर भाडा तिर्न भन्यौं, उसले ठाडै तिर्दिनँ भन्छ। घरबेटी भाडा उठाउन दुईचोटि दूतावासै आइसके,' स्रोतले भन्यो, ‘पीडितहरूलाई बिमाबापत क्षतिपूर्ति रकम पनि दिएको छैन।'
विभिन्न देशबाट घरेलु कामदारका रूपमा कुवेत आई समस्यामा परेर स्वदेश फर्कन चाहनेलाई प्रक्रिया पूरा नहुन्जेल बस्ने, खाने तथा उपचारको सुविधा दिन कुवेतको सामाजिक मामिला तथा श्रम मन्त्रालयले हालै एक सेल्टर सञ्चालनमा ल्याएको छ। दूतावासले सोमबार आफ्नो सेल्टर बन्द गरी त्यहाँ रहेका नेपाली महिलालाई कुवेती सरकारले सञ्चालनमा ल्याएको त्यही सेल्टरमा सारेको छ।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०५०/५१ यता ९७ हजार ९ सय ७३ जना नेपाली रोजगार सिलसिलामा कुवेत पुगेका छन्। अल–हुकुकसँग सम्झौता भएपछि मात्र ५५ हजारभन्दा बढी नेपाली घरेलु कामदारका रूपमा कुवेत पुगेका छन्। तीमध्ये ३० हजार त कुवेतमै काम गरिरहेका छन्। सरकारले एक वर्षअघि घरेलु कामदारका रूपमा कुवेत जान रोक लगाएको छ, तर त्यसअघि नै त्यहाँ कार्यरतले घरबिदामा आएर फर्कन पाउने व्यवस्था छ।
विभागको तथ्यांकअनुसार अल–हुकुकले ५५ हजार नेपाली कामदारसँग प्रतिव्यक्ति ३५ कुवेती दिनारका दरले ६३ करोड ९१ लाख रुपैयाँ उठाएको छ। यो रकम के–कति खर्च भयो, कति बाँकी छ त्यसको हिसाब अहिलेसम्म दूतावासलाई बुझाइएको छैन। ‘अल–हुकुकले नेपाली कामदारमार्फत कति रकम उठायो, कति खर्च गर्योा, त्यसबारे दूतावास बेखबर छ,' स्रोतले भन्यो।
सम्झौताअनुसार कुवेत पुगेका नेपाली घरेलु कामदार दुर्घटनामा परे उपचारदेखि क्षतिपूर्ति रकम अल–हुकुकले उपलब्ध गराउनुपर्छ। मृत्यु भए पीडित परिवारलाई बिमाबापत क्षतिपूर्ति रकम उपलब्ध गराउने पनि सम्झौतामा उल्लेख छ। घाइते र शवलाई स्वदेश पठाउन लाग्ने सम्पूर्ण खर्च अल–हुकुकले नै बेहोर्नुपर्छ।
तर, उसले न घाइते र मृतकका परिवारलाई क्षतिपूर्ति रकम उपलब्ध गराएको छ न त सेल्टर राम्ररी सञ्चालन गरेको छ। नेपाली कामदारसँग उठाउनुपर्ने रकम भने नबिराई उठाउँदै आएको थियो। बरु वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले अल–हुकुकसँग सम्झौता भएयता कुवेतबाट सयभन्दा बढी नेपाली घरेलु कामदारको शव भिकाउने काम गरेको छ। शव झिकाउन र तिनका परिवारलाई क्षतिपूर्तिबापत बोर्डले १ करोड ८१ लाख ३५ हजार रुपैयाँ उपलब्ध गराएको छ। यतिमात्र होइन, कुवेतमा बिरामी तथा दुर्घटनामा परी अंगभंग भएका १९ नेपाली घरेलु कामदारलाई ९ लाख ५७ हजार ५ सय रुपैयाँ उपलब्ध गराइएको छ।
अल–हुकुकसँग दूतावासले गरेको सम्झौताको अवधि सकिन अब एक महिना बाँकी छ। उसले बिमा र सेवाशुल्क उठाएकामध्ये ३० हजार नेपाली घरेलु कामदार कुवेतमै कार्यरत छन्। ‘बिमा र सेवाशुल्क तिरेका यी ३० हजार कामदार दुर्घटनामा परी घाइते वा मृत्यु भए अब क्षतिपूर्ति रकम कसले बेहोर्छ। कोही घरेलु कामदार कारणवश दूतावासमा शरण लिन आइपुगे त्यो खर्च कसले बेहोर्छ। बिना सोचविचार सम्झौता गरिँदा दूतावास निस्कनै नसक्ने चक्रव्यूहमा फसेको छ,' स्रोतले भन्यो।
स्रोतका अनुसार अल–हुकुकले कुवेतमा मृत्यु भएका ६ पुरुष र १६ महिला गरी २२ जना नेपाली घरेलु कामदारका परिवारलाई बिमास्वरुप क्षतिपूर्ति रकम उपलब्ध गराएको छैन। ‘मृतकका परिवारलाई बिमाबापत दिनुपर्ने रकमसमेत अल–हुकुकले उपलब्ध नगराउँदा हामी आपतमा परेका छौं। त्यसै त आफ्ना छोरा, छोरी, श्रीमान, श्रीमती गुमाउनुको पीडा परिवारलाई छ, त्यसमाथि क्षतिपूर्ति रकम नदिँदा पीडामाथि पीडा थप्ने काम भएको छ,' स्रोतले भन्यो।

स्रोतअनुसार पछिल्ला वर्ष अल–हुकुकले सेल्टरमा रहेका महिलालाई राम्ररी खाना पनि उपलब्ध गराएको थिएन। अल–हुकुकले राम्रो व्यवहार नगरेको भन्दै केही महिनाअघि सेल्टरबाट २६ महिला निस्केका थिए। ‘सेल्टरको अवस्था निकै दयनीय थियो। सम्झौतामा उल्लेख भएका कुनै पनि बुँदा अल–हुकुकले पूर्ण रूपमा पालना गरेको छैन,' स्रोतले भन्यो, ‘के आधारमा यो कम्पनीलाई त्यस्तो सुविधा दिइयो बुझ्न सकेका छैनौं।'
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस