काठमाडौं-कीर्तिपुरस्थित क्रिकेट मैदानको माहोल शनिबार निकै भावुक थियो।
विपक्षी खेलाडीको बाउन्सर लाग्दा मृत्यु भएका अस्ट्रेलियाली क्रिकेटर फिलिप ह्युजको सम्मानमा आयोजित खेल हेर्न पुगेका दसौं हजार दर्शकका अनुहार मलिन देखिन्थे।
त्यो भावुकताको कारक भने ह्युजको विस्मयी सम्झना मात्र थिएन।
नेपाली क्रिकेटका निर्विवाद हस्ती विनोद दास अन्तिम अन्तर्राष्ट्रिय खेलका लागि मैदानमा थिए।भावुकताको बाँध त्यतिबेला टुट्यो जब विनोदले खेलको इनिङ ब्रेकका लागि मैदान छाड्ने क्रममा दर्शकलाई नमस्कार गर्दै बिदाइका हात हल्लाए। मैदान फन्को मारिरहँदा उनका आँखाबाट निकैबेरदेखि ढिक्का भएर जमिरहेका आँसु बरर्रर झरे, आफ्ना प्रिय क्रिकेटर विछोडको पीडाले भक्कानिँदा ताली बजाइरहेका दर्शकले पनि मन थाम्नै सकेनन्।
सिंगो मैदान दुलही अन्माउने बेलाको आँगनझैँ बन्यो।

विनोदका पिता मदन दास शनिबार पहिलोपटक छोराको खेल हेर्न कीर्तिपुर क्रिकेट मैदान आएका थिए।
छोराले डेढ दशकसम्म खेलाडीका रुपमा त्यो मैदानसँग नङ–मासुको नाता गाँसे पनि कीर्तिपुर टेकेका थिएनन् मदनले। पितासँगै श्रीमती करुणा, पाँचवर्षे छोरी बिदिसा र २० महिनाका छोरा सनी कीर्तिपुर मैदान आएका थिए, अन्तिम खेल हेर्न।
पूरै परिवार खेलअवधिभर ताली पिटिरहेको थियो।

‘विनोद आउट भएर पबेलियन फर्कंदा रंगशालामा दसौं हजार दर्शकले उठेर ताली बजाउँदै उसलाई सम्मान गर्दाको क्षण मलाई उसको बाबु हुनुको गौरवबोध भयो,' मदन भावुक बने, ‘पहिले सबैले उसलाई मेरो छोरा भनेर चिन्थे, अहिले मलाई विनोदका बुबा भनेर चिन्छन्। एउटा बाबुका लागि योभन्दा ठूलो कुरा के होला!'
विनोदले आँसु झार्दै हात जोडेर दर्शकसँग बिदा मागिरहँदा स्ट्यान्डमा पछाडि फर्केर घुँक्क–घुँक्क गरिरहेका थिए मदन। छोराको खेलजीवनको उपलब्धि पहिलोपटक नजिकबाट अनुभूति गररहेका थिए उनी।
‘पहिला म उसलाई खेल्न जाँदा गाली गर्थेँ। आज थाहा भयो, उसले खेलेको होइन रहेछ, लाखौं नेपालीको माया जितेको रहेछ,' मदनले भने, ‘मेरो छोरालाई यति माया गरेकोमा म नेपाली समर्थक र क्रिकेट संघलाई धन्यवाद दिन चाहन्छु।'
अस्ट्रेलियालीमूलका चार तथा बाँकी नेपाली खेलाडीको समूहलाई निलो र रातो गरी दुई टोलीमा विभाजित गरेर ह्युजको सम्मानमा कीर्तिपुरमा ६३ ओभरको खेल गराइएको थियो।
गत वर्षको एक घरेलु खेलमा ६३ रन बनाइरहँदा बलले लागेर घाइते भएका ह्युज त्यसपछि कहिल्यै मैदानमा फर्कन सकेनन्। त्यसैले कीर्तिपुरमा खेलाइएको खेलमा दुवै टोलीले ३१.३ ओभरका दरले खेलेका थिए।

जसमा नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान विनोदले निलो टोलीको कप्तानी गरेका थिए। ह्युजको टोली न्यु साउथवेल्सका कप्तान रायन कार्ट्सको नेतृत्वमा रातो टोली मैदान उत्रिएको थियो।
टस जितेपछि बलिङ अलराउन्डर विनोदले फिल्डिङ रोजे। संयोग! रातो टोलीले पूरा ३१.३ ओभर खेल्दै १ सय ६३ रन बनायो। फिल्डिङ टोलीको नेतृत्व गरिरहेका विनोदले इनिङ ब्रेकका लागि मैदान छाड्ने क्रममा कीर्तिपुरमा उपस्थित करिब १२ हजार दर्शकसँग हात जोडेर बिदा मागे। मैदान फन्को मार्दै बिदा मागिरहँदा उनको सम्मानमा सबै दर्शक उठेर ताली बजाइरहेका थिए। जसले विनोदलाई थप भावुक बनाएको थियो। लगातार आँसु झार्दै दर्शकलाई दसऔंला जोडिरहे। अनि अधिकांश दर्शकले पनि आँसु बगाउँदै विनोदलाई बिदा गरे।
विनोदसँग पूरा रंगशाला रोइरहँदा उनकी पत्नी करुणा पनि आँसु रोक्न असमर्थ भइन्।
‘फिलिप ह्युजलाई सगरमाथा पुर्यावउने खेलमा संन्यास लिन पाउँदा खुसी छु। लामो यात्राको एउटा अध्याय सकिएको छ तर मेरो करिअर सकिएको छैन। म अझै पनि क्रिकेटमै हुनेछु्,' विनोदले भने, ‘यस अवसरमा मलाई स्कुलमा पहिलोपटक ब्याट देखाउने दाइहरु विशाल शर्मा र गोपाल शर्मालाई सम्झन चाहन्छु। मेरा बुबा आज पहिलोपटक खेल हेर्न कीर्तिपुरसम्म आउनुभएको छ। मेरो करिअर यहाँसम्म ल्याउन उहाँ र मेरी पत्नी करुणाको भूमिका अतुलनीय छ।'
बिदाइका अवसरमा विनोदले राष्ट्रिय टिम र आफ्ना सबै सहकर्मी र प्रशिक्षकसँगै नेपाल क्रिकेट संघ (क्यान), समर्थक र सञ्चार माध्यमलाई धन्यवाद दिन भुलेनन्। डेढ दशकसम्म लगातार दर्शकसाथ रमाइरहेका उनलाई कीर्तिपुर मैदानबाट बिदा हुनु सहज थिएन। त्यसैले टसका लागि गएका उनी करिब ५ मिनेटसम्म एक्लै आफूले पूरा करिअर समर्पित गरेको कीर्तिपुरको पिचतिर टोलाइरहे। खेल सकिएपछि पनि धेरैबेर उनले आफ्नो कर्मभूमिलाई ढोगिरहे।

नेपाली क्रिकेटका पहिलो सुपरस्टार विनोदको कोही ‘गडफादर' थिएनन्। उनलाई सेलिब्रिटी बनाउनुमा समर्थकको भूमिका सबभन्दा बढी थियो। त्यसैले उनले मैदानपछि सबैभन्दा बढी तिनै ‘गडफादर' लाई नमस्कार गरे, ‘धेरै–धेरै धन्यवाद' भन्दै।
‘हरेक मानिसले सपना देखेको हुन्छ। मैले पनि बिदाइको पनि सपना देखेको थिएँ। मेरो बिदाइ भव्य होस् भन्ने लागेको थियो। तर शनिबार कीर्तिपुरमा मैले देखेको सपनाभन्दा पनि राम्रो बिदाइ पाएँ,' विनोद भावुक भए, ‘मेरो करिअरमा केही खेलपत्रकारसँगै समर्थकको भूमिका सबभन्दा ठूलो छ। कीर्तिपुर मैदानको दक्षिण र पूर्वमा रहने तिनै समर्थकले मलाई पूरा करिअरमा साथ दिए। बिदाइमा पनि मैले समर्थकबाट ठूलो साथ पाएँ। यसको बदला केही गरेर पनि चुकाउन सक्नेछैन।'
चोटका कारण लामो समय बल र ब्याटसँग टाढिएका विनोद शनिबार करिब दुई वर्षपछि मैदानमा फर्कंदा पनि प्रभावशाली प्रदर्शन गर्न सफल भए। एक विकेट लिएका उनले ब्याटिङमा ४१ रनको महत्वपूर्ण योगदान गरे।
‘भगवानले हेर्छन् भन्ने साँचो रहेछ। भगवानले मलाई बिदाइका बेला राम्रो सिँढी बनाइदिए,' फिलिप ह्युजले खेलेको ब्याटसँगै रहेका विनोदले भने।
ह्युजको ब्याटसँगै आफूले आठ वर्षको उमेरमा पहिलोपटक पाएको ब्याटको स्मरण गरे विनोदले। माता–पिताले भारत बाबाधामको तीर्थ गर्न जाँदा २०४८ सालतिर ल्याइदिएको प्लास्टिकको सानो ब्याट नै विनोदको जीवनमा पहिलो थियो। ‘धेरै कराएपछि बुवा–आमाले मलाई त्यो ब्याट ल्याइदिनुभएको थियो। आज मसँग साथमा ह्युजको ब्याट छ र त्यही ब्याटको सम्झना जुन मेरालागि आफैमा अपत्यारिलो बनिरहेको छ,' उनले भने।