प्लास्टिक झोला नबोक्दै राम्रो!
३० चैत्र २०७१
•
७ मिनेट पाठ
प्लास्टिक झोला नबोक्दै राम्रो!
काठमाडौं-बजार जाँदै हुनुहुन्छ? कपडा या कागजको झोला बोक्नुस्। प्लास्टिक झोला त नबोकेकै वेश। अनाहक कारबाहीमा पर्नुहोला!
किनकि, उपत्यकामा निश्चित साइज र वजनका प्लास्टिक २०७२, वैशाख १ देखि निषेधित भएको छ। उत्पादन, किनबेच, प्रयोग केही गर्न पाइन्न।
सरकारले वातावरण संरक्षण ऐन, २०५३ को दफा ७, उपदफा (३) अनुसार गत चैत १८ मै राजपत्रमा सूचना प्रकाशित गरी २० इन्च चौडाइ एवं ३५ इन्च लम्बाइ र ४० माइक्रोनभन्दा पातलो प्लास्टिक प्रयोगमा वैशाख १ देखि लागू हुने गरी प्रतिबन्ध लगाएको हो।विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयका अनुसार निषेधित साइजको प्लास्टिक र यसका झोला आयात, भण्डार, बिक्रीवितरण र प्रयोग गर्न पाइनेछैन।
मन्त्रालयका अनुसार प्लास्टिकरहित सहरकै अवधारणाअनुसार पहिलो चरणमा यो निर्णय भएको हो।
‘प्लास्टिक प्रयोग त अब छाड्नैपर्ने अवस्था आइसक्यो,' वातावरण सचिव कृष्णचन्द्र पौडेलले नागरिकसँग भने, ‘बागमती सफा गर्दा पनि ७० प्रतिशत प्लास्टिक झोलाजन्य फोहर भेटियो। यसको विकल्प कागज वा कपडाका झोलालाई बनाउनुपर्छ।
उनका अनुसार मन्त्रालयकै सहयोगमा राजधानीमा ८० जना महिलाले कागज र कपडाका झोला बनाइरहेका छन्। बिस्तारै यसलाई बढाउने योजना उनले सुनाए।
प्लास्टिक प्रयोग निषेध गरेर राजधानीलाई वातावरणमैत्री सहर बनाउने योजना नयाँ भने होइन। काठमाडौं महानगरपालिकाले पाँच वर्षअघि नै यो योजना ल्याएको थियो। पटक–पटकका प्रयास तुहिएपछि मन्त्रालय नै अघि सरेको हो।
प्लास्टिक प्रयोगलाई निरुत्साहित गर्न सरकारले मंगलबार जनचेतना र्याकलीसहित औपचारिक घोषणा कार्यक्रम राखेको छ। बिहान भृकुटीमण्डपबाट निकालिने र्यााली सहिदगेट, सुन्धारा, न्युरोड, असन, भोटाहिटी हुँदै पुनः भृकुटीमण्डप आएर घोषणासभामा परिणत हुनेछ।
कार्यक्रममा उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंह, संसदीय विकास समिति सभापति रवीन्› अधिकारी, जलस्रोत तथा कृषि समितिका सभापति एवं सभासद गगन थापा, काठमाडौं महानगरपालिका प्रमुख तथा कार्यकारी अधिकृतलगायतले प्लास्टिक प्रतिबन्धका लागि प्रतिबद्धता गर्ने कार्यक्रम छ।
उक्त योजनाअनुसार कसैले प्लास्टिक झोला प्रयोग गरेको देखिए पहिलोपटक सम्झाउने, स्टोर या व्यावसायिक रुपमा बिक्री गरेको भेटिए जफत गर्ने एवं ५० हजार रुपैयाँसम्म जरिवाना गराउने तयारी रहेको सचिव पौडेलले जानकारी दिए।
‘पसलेले सित्तैमा झोला दिएको ठानिन्छ, तर यस्तो होइन,' उनले भने, ‘सामानको मूल्यमै त्यसको खर्च पनि जोडेर लिएका हुन्छन्।' मासिक ९ हजार रुपैयाँको झोला बाँड्ने व्यापारीले १ वर्षमा १ लाख रुपैयाँसम्म बाँड्छ। त्यो पैसा बचाउन सके व्यापारीले उपभोक्तालाई सामानमा छुट दिन सक्ने उनले औंल्याए।
उपत्यकामा प्लास्टिकका झोला उत्पादन गर्ने उद्योग बन्द गराउन उद्योग विभागमार्फत सरकारले सघाउने उनले जानकारी दिए। सरकारले भदौ १ गते नै प्लास्टिकका झोला उत्पादन बन्द गर्न उद्योगहरुलाई सूचना जारी गरिसकेकाले अहिले कसैलाई अफ्ठेरो नपर्ने उनले जनाए।
‘पानी पर्दा छाता, अँध्यारोमा लाइट व्यवस्था गरेझैँ उपभोक्ताले आफ्नै झोला लैजानुपर्छ,' उनले भने, ‘यस्तो नपाइए अपराध हेरेर वातावरण संरक्षण ऐनअनुसार कारबाही हुन्छ।'
महानगरपालिकाका प्रवक्ता शान्ताराम पोखरेलले पाँच वर्षअघि नै प्लास्टिकका झोला प्रतिबन्ध गर्ने तयारी गरिएको बताए। ‘अदालतको अन्तरिम आदेशले हामी रोकिएका थियौं,' उनले भने, ‘तर अहिले सरकारले बलियो तयारी गरेर सफल भयो।' प्लास्टिक वातावरणमा ठूलै समस्या बनेकाले यसलाई पूर्ण रुपमै प्रतिबन्ध गर्नुपर्ने उनको भनाइ छ।
महानगरमा २०६९ जेठ १ देखि नै प्लास्टिक बन्द गर्ने निर्णय भएकामा सर्वोच्च अदालतको अन्तरिम आदेशबाट रोकिएको थियो। ‘५ वर्षअघि महानगरपालिकाले निर्णय गरेसँगै व्यापारीले रिट हालेर रोकिदिए,' उनले भने, ‘हामी पनि सरकारसँगै तयारीमा रह्यौं।'
सरकारको तयारीविरुद्ध अन्तरिम आदेश लिन चैत १७ गते सर्वोच्च अदालत पुगेका निजी व्यवसायीलाई सर्वोच्चले अन्तरिम आदेश नदिएपछि प्रतिबन्धका लागि बाटो खुलेको हो। नकुहिने हुँदा फोहर व्यवस्थापनमा समेत प्लास्टिक ठूलो चुनौती बन्ने गरेको छ। यसले माटोको उर्वरा शक्तिसमेत घटाउँछ, ढलजाम गराउँछ।
प्लास्टिक झोला प्रतिबन्ध अभियानमा सक्रिय हिमालयन क्लाइमेट इनिसिएटिभको ‘पर्दैन मसँग आफ्नै झोला छ' अभियानका प्रमुख प्रदीप खतिवडा प्लास्टिक झोलाको विकल्प कागज र कपडाका झोला बन्नसक्ने औंल्याउँछन्। ‘सरकारी मापदण्डअनुसारका प्लास्टिक झोला अत्यन्तै महँगो पर्छ,' उनले भने, ‘त्यसैले यस्ता झोला प्रयोग नगर्दै सबैलाई लाभ हुन्छ।'
खतिवडाले गरेको एक अध्ययनअनुसार उपत्यकामा दैनिक ४७ लाख प्लास्टिक झोला प्रयोग हुन्छ जुन पुनः प्रयोग गर्न मिल्दैन।


अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस