काठमाडौं-नेपाल एकीकृत व्यापार रणनीति (एनटिआइएस) र कृषिजन्य वस्तु निर्यात वृद्धि हुँदा वैदेशिक व्यापार घाटा ५ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ। व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रारम्भिक तथ्यांकअनुसार चालु आर्थिक वर्षको आठ महिनामा कुल वैदेशिक व्यापार अघिल्लो वर्षको तुलनामा ६.७ प्रतिशतले वृद्धि भई ५ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ।कुल व्यापारमा निकासी तथा आयातको योगदान क्रमशः १०.१ र ८९.९ प्रतिशत छ। समीक्षा अवधिमा मुलुकको कुल निकासी ८ प्रतिशतले घटेर ५६ अर्ब ९२ करोडमा अडेको छ। गत आर्थिक वर्ष २०७०/७१ को आठ महिनामा निकासी तथा आयात व्यापार अनुपात १ बराबर ७.५ भएकोमा चालु वर्ष १ बराबर ८.९ पुगेको छ।
नेपालबाट ऊनी गलैंचा, तयारी पोसाक, मुसुरो दाल, पोलिस्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टिल र तिनका उत्पादन, हस्तकलाका सामान, चाउचाउ, टुथपेस्ट, अलैंची, चिया, अदुवा, नेपाली हातेकागज, छाला, पश्मिना सल, जडिबुटी निकासी भएका प्रमुख वस्तुमा परेका छन्।
समीक्षा अवधिमा अघिल्लो वर्षको तुलनामा ऊनी गलैंचा निर्यात ४.८ प्रतिशतले घटेर ४ अर्ब ६० करोड रुपैयाँ, तयारी पोसाक १.३ प्रतिशतले ह्रास भई ३ अर्ब ६२ करोड पुगेको छ। त्यसैगरी फलाम तथा स्टिल र तिनका उत्पादन निर्यातमा ७.३ प्रतिशतले गिरावट आई ७ अर्ब ७५ करोड, पोलिस्टर तथा अन्य धागोमा ६.३ प्रतिशतले वृद्धि भई ४ अर्ब २८ करोड, मुसुरो दालमा २०.४ प्रतिशतले ह्रास आई १ अर्ब ६ करोडमा सीमित भएको निकासी केन्द्रले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ।
समीक्षा अवधिमा ९४ करोडको छाला, २ अर्ब ११ करोडको अलैंची, १ अर्ब ३२ करोडको चिया, २६ करोडको अदुवा, ६० करोडको चाउचाउ, १ अर्ब १८ करोडको जडीबुटी, ५६ करोडको टुथपेस्ट, ३ अर्ब ५४ करोडको टेक्सटाइल, १ अर्ब ५६ करोडको पश्मिना सल, ४८ करोडको हस्तकलाका सामान, र ४१ करोडको नेपाली हातेकागज निकासी भएको केन्द्रका कार्यकारी निर्देशक इश्वरीप्रसाद घिमिरेले जानकारी दिए।
भारत, अमेरिका, जर्मनी, चीन, बेलायत, अफगानिस्तान, टर्की, बंगलादेश, इटाली, फ्रान्स, जापान, क्यानडा, भियतनाम र अस्ट्रेलियामा नेपालको वस्तु निकासी भएको उनको भनाइ छ। चालु आर्थिक वर्ष आठ महिनामा अघिल्ल्ाो आर्थिक वर्षको तुलनामा फलाम तथा स्टिल र तिनका उत्पादन आयातमा २८.७ प्रतिशतले वृद्धि भई ५१ अर्ब ६३ करोड, पेट्रोलियम पदार्थमा १४.२ प्रतिशतले ह्रास आई ७५ अर्ब ६५ करोड, यातायात साधन र तिनका पार्टपुर्जामा २१.६ प्रतिशतले वृद्धि भई ३२ अर्ब ३८ करोड, इलेक्ट्रिक र इलेक्ट्रोनिक सामाग्रीमा १७.७ प्रतिशतलेे वृद्धि भर्ई २२ अर्ब २० करोड, औषधीमा १९.२ प्रतिशतलेे वृद्धि भई १२ अर्ब ३७ करोड, मेसिनरी तथा पार्ट्समा २९.३ प्रतिशतले वृद्धि भई ३३ अर्ब ११ करोड, पोलिथिन ग्रेन्युल्समा ११.८ प्रतिशतले ह्रास आई ९ अर्ब १४ करोड, कच्चा पाम आयलमा २३.१ प्रतिशतले वृद्धि भई ३ अर्ब ३० करोडको आयात भएको छ।
दुरसञ्चार सामाग्रीमा ३९.६ प्रतिशतले वृद्धि भई १३ अर्ब ३५ करोड, रसायनमा १४.५ प्रतिशतले वृद्धि भई ५ अर्ब ८२ करोड, ३ अर्ब ६० करोडको सुन, १७ अर्ब २३ करोडको चाँदी, ९ अर्ब ११ करोडको रासायनिक मल तथा ७ अर्ब ८० करोडको हवाईजहाज तथा त्यसका पार्ट्स आयात भएका छन्।
त्यसैगरी सिमेन्ट क्लिंकर ५ अर्ब ५ करोड, भटमासको कच्चातेल ७ अर्ब ८८ करोड, तयारी पोसाक ७ अर्ब ३२ करोड, अन्न २२ अर्ब ४९ करोड र ऊन २ अर्ब ३८ करोडको आयात भएको थियो।
नेपालको आयात व्यापारमा भारत, चीन, युएई, इन्डोनेसिया, अर्जेन्टिना, थाइल्याण्ड, फ्रान्स, मलेसिया, संयुक्त राज्य अमेरिका, जापान, युत्रे्कन, साउदी अरेविया, भियतनाम दक्षिण कोरियाको योगदान रहेको छ।