काठमाडौं-नियमित भइरहेको बजार अनुगमनबाट उपभोक्ता हितविपरीत र कालोबजारी गरी व्यवसाय गरेको पुष्टि भएका साना र ठूला फर्मलाई सरकारले गर्ने कारबाही विभेदपूर्ण हुने गरेको खुलेको छ।
सरकारले तुलनात्मक रुपमा थोरै लगानीका उद्योग र फर्म दोषी भेटिए उपभोक्ता संरक्षण ऐन, २०५४ अन्तर्गत मुद्दा दायर गर्छ। ठूलो लगानीमा सञ्चालित बहुराष्ट्रिय कम्पनी र पाँचतारे होटलमा अनुगमनै हुँदैन।वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले दैनिकजसो गर्ने अनुगमनमा क्यान्टिन, खाद्य पसल तथा औषधी पसलनै केन्द्रमा रहन्छन्। ठूलो परिमाणमा खाद्य पदार्थ उत्पादन गर्ने उद्योग र पाँचतारे होटल यसको अनुगमन दायरामा अझसम्म परेका छैनन्।
सरकारका दुई अनुगमनकारी निकाय वाणिज्य तथा आपूर्ति व्यवस्थापन र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पछिल्लो समय अस्पताल वरपरका क्यान्टिन, खाद्य पसल, पेट्रोल पम्प र दूध उद्योगमा छापा मार्दा उपभोक्ता हितविपरीत व्यवसाय गरेको पाइपछि कारबाहीको सिफारिस गर्दै मुद्दा दायर गरेका छन्।
पाँचतारे होटलमा भने तीन वर्षदेखि सरकारी अनुगमन टोली नपुगेको उपभोक्ता अधिकारवादी बताउँछन्। ‘जहिले पनि सानो लगानीका पसलमा मात्रै अनुगमन हुन्छ,' उपभोक्ता अधिकार अनुसन्धान मञ्च नेपालका अध्यक्ष माधव तिमल्सेना भन्छन्, ‘पाँचतारे होटल, खाद्य र औषधी उद्योगमा कहिल्यै अनुगमन गरेको पाइएन।'
पछिल्लो ६ वर्षदेखि विभागका अनुगमन निरीक्षक बजारबाट उपभोग्य मिति सकिएका पेय पदार्थ ओसार्ने र नष्ट गर्ने काममा मात्र सीमित भएको उनले बताए। महँगो मूल्य लिने पाँचतारे होटलमा आजसम्म अनुगमन नभएको विभागका अधिकारी पनि स्वीकार गर्छन्।
चार महिनाअघि भारतीय मिठाइ उत्पादक कम्पनी विकानेरवालाको नेपाल युनिट मानिएको पशुपति फुड्सको मिठाइ पसल आ“गनले तौल र मूल्यमा ठगी गरेको विभागले पुष्टि गरे पनि कारबाही गर्नुको साटो ‘अबदेखि यसो नगर्नू' भनेर सचेतमात्र गराएको छ। पशुपति फुड्सले मिठाइको तौल र मूल्यमा ठगेको, अनुमतिबेगर ६ स्थानमा रेस्टुरेन्ट सञ्चालन गरेको र अवैध रुपमा आँगन लोगो प्रयोग गरेको पुष्टि हुँदा पनि विभागले कारबाही प्रक्रिया अघि बढाएको छैन।
उपभोक्ताको गुनासो आउनासाथ अनुगमनमा दौडिहाल्ने र दोषी पुष्टि भए कारबाही माग गर्दै मुद्दा दायर गर्ने विभागले उपभोग्य मिति सकिएका खाद्य पदार्थ बेच्ने उद्योग र पाँचतारे होटलमा अनुगमन नगर्नु अचम्मको विषय भएको उपभोक्ता अधिकारकर्मी बताउँछन्।
विभागका निर्देशक हरिनारायण बेल्वासेले सामान्य उपभोक्तालाई असर पर्ने ठाउँमा मात्रै अनुगमन गरेको बताए। ‘पाँचतारे होटलमा सामान्य उपभोक्ता दैनिक खाना खान जाँदैनन्,' उनले नागरिकसँग भने, ‘त्यहाँको खानाले सर्वसाधारणलाई असर नगर्ने भएकाले अनुगमन नगरेको हो।'
पाँचतारे होटलमा गएर खाना खाने धेरै नेपालीको बानी नभएको उनको भनाइ छ। ‘त्यस्ता ठाउँमा धेरै महँगो हुन्छ,' उनले भने।
मिति गुजि्रएका पेय पदार्थ बिक्री गर्ने कोक र पेप्सीलाई कारबाही गर्न पटकपटक उजुरी दिए पनि सुनुवाइ नभएको उपभोक्ता अधिकारवादीको गुनासो छ। ‘दोषी ठहरिएपछि ऐनअनुसार सबैलाई समान कारबाही हुनुपर्ने हो। तर अनुगमनकारी निकायले सानालाई कारबाही गर्ने र ठूलाको दोषलाई सुधारको निर्देशन दिने बहानामा छाडिदिने प्रवृत्तिले उपभोक्ता मारमा परेका छन्,' राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भने।
ठूला फर्मका उत्पादन बहुसंख्यक उपभोक्ताले प्रयोग गर्ने भएकाले त्यस्ता फर्मलाई कारबाही नगरी छाड्दा धेरै उपभोक्तालाई असर पर्ने भएकाले अनुगमन निकाय सचेत हुनुपर्ने उनको भनाइ छ। ‘पाँचतारे होटलनजिकै भएका अन्य खाद्य स्टोर तथा क्यान्टिनमा दैनिक अनुगमन हुन्छ; बेलुका त्यो रिपोर्ट पनि सार्वजनिक हुन्छ,' महर्जनले भने, ‘तर आजसम्म पाँचतारे होटलमा अनुगमन भएको सूचना बाहिर आएको छैन।'