काठमाडौं-सरकारले ठूला उद्योगलाई जिल्लामै दर्ता गर्न सकिने गरी जिल्लास्तरमा कार्यालय खोल्ने भएको छ। राजधानीमा सीमित विभागलाई जिल्लास्तरमा विस्तार गरेर साना, मझौला र ठूला उद्योग जिल्लामै दर्ता गर्ने व्यवस्था मिलाउन लागेको हो। जिल्लामा अहिले बढीमा ३ करोड रुपैयाँसम्म लगानीका घरेलु उद्योग दर्ता हुँदै आएका छन्।घरेलु तथा साना उद्योग विभागलाई उद्योग विभागमै गाभेर जिल्लामा कार्यालय खोल्ने योजना मन्त्रालयको छ। ‘अहिले संगठन तथा व्यवस्थापन सर्भेक्षण (ओ एन्ड एम सर्भे) भइरहेको छ,' उद्योग मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरेले भने, ‘दुई विभाग गाभेर एक बनाउने योजना मन्त्रालयको छ।' सर्भेक्षण यसै आर्थिक वर्षमा सकिने घिमिरेले जानकारी दिए।
दुई विभाग किन भनेर प्रश्न उठिरहेकोले एउटै बनाएर काम छिटो र सजिलो बनाउन खोजिएको उनले बताए। काठमाडौंमा उद्योग विभाग छ। घरेलु तथा साना उद्योग विभागअर्न्तगत विभिन्न जिल्लामा घरेलु कार्यालय छन्। अहिले घरेलु तथा साना उद्योग विभागअन्तर्गत तराई, उपत्यका र पहाडका केही जिल्लामा गरी २७ घरेलु उद्योग कार्यालय छन्। ४८ पहाडी जिल्लामा घरेलु तथा साना उद्योग विकास समिति अर्न्तगतका कार्यालय छन्।
संगठन तथा व्यवस्थापन सर्भेक्षणअन्तर्गत काम भयो भने घरेलुअन्तर्गतका २७ जिल्लामा उद्योग विभागका कार्यालय खुल्नेछन्। अहिले उद्योग विभाग र घरेलु तथा साना उद्योग विभागले छुट्टाछुट्टै गरिरहेको काम उद्योग विभाग र मातहतका कार्यालयले गर्नेछन्। जिल्लाका घरेलु उद्योग कार्यालयलाई उद्योग विभागअन्तर्गतका कार्यालयमा गाभेर काम गर्दा समस्या समाधान हुने उद्योग विभागका महानिर्देशक महेश्वर न्यौपानेले बताए।
जिल्लास्तरमा अहिले ३ करोड रुपैयाँभन्दा कम लगानीका घरेलु उद्योग मात्र दर्ता हुन्छन्। त्योभन्दा बढी लगानी हुने साना, मझौला र ठूला उद्योग दर्ता गर्न काठमाडौं धाउनुपर्ने बाध्यता छ। जिल्लास्तरमा कार्यालय भएपछि २० करोड रुपैयाँसम्म लगानीका ठूला उद्योग दर्ता गर्न सकिने न्यौपानेले बताए।
दुई विभाग गाभिएर एउटै हुँदा प्रशासन एउटै हुनेछ। उद्योगसम्बन्धी अरु धेरै काम एउटै कार्यालयबाट हुनेछ। यसो हुँदा जनशक्ति कम लाग्ने र काम छिटोछरितो हुने न्यौपानेले बताए। विभागले एउटै कार्यालय बनाएर काम गर्दा सजिलो हुने प्रतिवेदन मन्त्रालयमा बुझाएको उनले जानकारी दिए।
मन्त्रालयले दुई विभाग गाभ्ने र बौद्धिक सम्पत्तिसम्बन्धी काम गर्न छुट्टै कार्यालय बनाउने योजना बनाएको छ। पेटेन्ट, ट्रेडमार्क, कपिराइट हर्न गरी छुट्टै कार्यालय खोलिने छ। अहिले बौद्धिक र औद्योगिक सम्पत्ति हेर्ने निकाय छुट्टाछुट्टै भएकोले तिनलाई गाभेर विभागस्तरको नेपाल औद्योगिक सम्पत्ति कार्यालय बनाउनेबारे अध्ययन भइरहेको विभागले जनायो। बौद्धिक सम्पत्तिसम्बन्धी छुट्टै कार्यालय र एउटै उद्योग विभाग हुँदा विश्व व्यपार संगठनको संरचनाअनुसार हँुदै जाने मन्त्रालयका सहसचिव घिमिरेले बताए।
जिल्लाका व्यवसायीले स्थानीय स्तरमा उद्योग दर्ता गर्ने सुविधा नहुँदा समस्या भइरहेको बताउँदै आएका छन्। केही दिनअघि नेपाल उद्योग वाणिज्य महासंघको सभामा जिल्लामा घरेलु उद्योग मात्र दर्ता गर्न पाइने व्यवस्थाले व्यवसाय गर्न असजिलो भएको सहभागीले बताएका थिए। घरेलु कार्यालयमा आवश्यक सुविधा नभएको, सानो काममा धेरै समय लागेको र केन्द्रसम्म धाउनुपरेको गुनासो जिल्लाका प्रतिनिधिले गरेका थिए। महासंघका जिल्ला प्रतिनिधिलाई सम्बोधन गर्दै उद्योगमन्त्रीले छिट्टै यो समस्या समाधान हुने जानकारी गराएका थिए।